A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioncpur1fs7jqqe4f9vqkt9rquvt0gfmn4c): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,१७ असोज, कञ्चनपुर ।

माटोको ढिस्कोले पुरिएर कञ्चनपुरकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–१ बन्साहकी १० वर्षीया जानकी विष्ट रहेकी छन् ।

Read More

गोठाटारबाट बच्चा अपहरणको आशंकामा प्रहरी परिचालन

थाहा खबरमा प्रकाशित,१७ असोज, काठमाडौं ।

काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेका छन्। बालक अपहरणमा परेको भन्ने सूचना पाएलगत्तै खोजीका लागि महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट प्रहरी टोली परिचालन भइसकेको एसएसपी धीरज प्रताप शाहले जानकारी दिएका छन्।

Read More

जो विद्यालय जादैनन्

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१७ असोज, तेह्रथुम ।

काँधमा झोला बोकेर ‘जय गोरखनाथ’ भन्दै म्याङलुङ बजारका प्रत्येक घर– घर धाउँछन्, फेदाप ओयाक्जुङका १४ वर्षीय भानुभक्त जोगी। ३ कक्षासम्म पढेका भानुभक्त बुवा देवरानारायसँगै फेरी लगाउन बजार र गाउँ घुम्ने गर्छन्। 

Read More

सामूहिक बलात्कार गर्ने ५ किशोरलाई १० वर्ष जेल

अनलाइनखबरमा प्रकाशित,१७ असोज, गाईघाट ।

उदयपुरको कटारी नगरपालिका–४ कि १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालत, उदयपुरले दश वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको छ ।

Read More

अनाथ बालबालिकालाई गाउँपालिकाले पढाउने

नयाँ पत्रिकामा प्रकाशित, १६ असोज, डोटी ।

सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाउने भएको छ । गाउँपालिका क्षेत्रका अनाथ बालबालिकालाई पढाइ खर्चबापत प्रत्येक महिना १५ सय रुपैयाँ सहयोग गर्ने निर्णय गाउँसभाले गरेको अध्यक्ष तेजबहादुर डुम्रेले जानकारी दिए ।

Read More

विकराल बन्दै कुपोषण

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१६ असोज, नेपालगन्ज ।

१३ वैशाख २०७५ मा डुडुवा गाउँपालिकाको नयाँ चौफेरीका रामछविले बर्माकी १८ महिने छोरी रीता वर्मालाई गुमाए। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका पोषण फोकल पर्सन जागेश्वर बस्नेत वर्माको मृत्यु कुपोषणले भएको बताउँछन् । 

Read More

शिक्षकका सन्तान पढ्न थालेपछि गुणस्तर वृद्धि

नागरिक न्युजमा प्रकाशित,१६ असोज, काठमाडौं ।

सार्वजनिक विद्यालयका शिक्षकहरुले आफूले पठनपाठन गराउँदै आएका स्कुलमा आफ्ना नानी पढाउन थालेपछि स्कुलको पठनपाठन, सरसफाई, शैक्षिक वातावरण तथा अनुसानसमा सुधार हुन थालेको छ।

Read More

आफ्नै छोरी बलात्कार गर्ने बावुविरुद्ध जबरजस्ती करणी मुद्दा

उज्यालो अनलाइनमा प्रकाशित,१५ असोज, ओखलढुंगा ।

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ । १३ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरी मुद्दा चलाइएको हो । 

Read More

एउटै वडाका दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मी परिचालन

रातोपाटीमा प्रकाशित,१५ असोज, खोटाङ ।

केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल खोटाङबाट स्वास्थ्यकर्मीको टोली पठाइएको छ ।  साविकको फेदी–१ का १७ दिनको छोरा र साविकका फेदी–३ की २८ दिनको छोरीको असोज १२ गते शुक्रबार मृत्यु भएपछि सोमबार जिल्ला अस्पताल खोटाङबाट डा नवीन देवकोटा, विश्वनाथ यादव लगायतको टोली फेदीतर्फ पठाइएको हो । 

Read More

कैलालीमा फेरि बालिका बलात्कार, एकजना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,१५ असोज, कैलाली ।

घोडाघोडी नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । नगरपालिकाका बालिकालाई घरमा कोही नभएको मौका पारी जबर्जस्ती बलात्कार गरेको आरोपमा कञ्चनपुरको त्रिभुवन बस्ती नगरपालिका–७ का किरण विकलाई प्रहरीले पक्राउ गरेको हो । 

Read More

डोटीमा १७ वर्षीया किशोरी बलात्कृत

रातोपाटीमा प्रकाशित,१५ असोज, डोटी ।

डोटी जिल्लामा एउटी किशोरी बलात्कारको शिकार भएकी छन् । बलात्कार अभियोगीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । शिखर नगरपालिका–  ६ का २८ वर्षीय योगेश बलायरद्धारा १७ वर्षीया किशोरी बलात्कृत भएको त्यहाँको प्रहरीले जनाएको छ ।

Read More

दाङमा पनातिनी बलात्कार गर्ने ६५ वर्षीय पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, १५ असोज, दाङ ।

दाङमा पनातिनी बलात्कार गर्ने एकजना पक्राउ परेका छन्। असोज १४ गते दिउँसो पनातिनी बलात्कार गरेको आरोपमा दाङ प्रहरीले लमही नगरपालिका ६का ६५ वर्षीय कलिराम चौधरीलाई पक्राउ गरेको छ।

Read More

नाबालिका बलात्कार आरोपमा पक्राउ

कान्तिपुरमा प्रकाशित,१५ असोज, तेह्रथुम ।

नाबालिकालाई करणी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई पटकपटक बलात्कार गरी फरार रहेका लालीगुराँस नगरपालिका-३ मुसाङखेलका ५४ वर्षीय अभियुक्त शंकर थापालाई प्रहरीले एक वर्षपछि काठमाडौंबाट पक्राउ गरी जिल्ला ल्याइएको हो ।

Read More

पर्वतमा पनि १२ वर्षीया बालिका बलात्कृत

उज्यालो अनलाइनमा प्रकाशित,१५ असोज, पर्वत ।

मोदीगाउँपालिका १ भूक देउरालीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । भूक देउरालीमै बस्ने २२ वर्षीय सविन छन्त्यालले असोज १३ गते शनिबार राति बालिका बलात्कार गरी फरार भएका हुन् ।

 

Read More

बलात्कारको प्रयास गर्ने अभियुक्त जेल चलान

नागरिक न्युजमा प्रकाशित,१५ असोज, खोटाङ ।

बालिकालाई बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका खोटाङका एक पुरुष जेल चलान भएका छन्। ११ वर्षीय बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका खोटेहाङ गाउँपालिका ४ बड्कादियालेका ३५ वर्षीय रामकुमार भुजेल पुर्पक्षका लागि सोमवार कारागार चलान भएका हुन्।

Read More

विद्यार्थीमाथि दुराचार अभियोगमा शिक्षक पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ असोज, बेनी ।

बेनी नगरपालिका-२ बगरफाँट स्थित सरस्वती आधारभुत विद्यालयका शिक्षक यामबहादुर जिसीलाई विद्यार्थीहरुमाथि दुराचरजन्य क्रियाकलाप गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

Read More

१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

उज्यालो अनलाइनमा प्रकाशित,१३ असोज, डडेल्धुरा ।

जिल्लाको परसुराम नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार किशोरीलाई स्थानीय २ युवकले बलात्कार गरेका खुल्न आएको छ ।

Read More

चङ्गा उडाउँदा करेन्ट लागेर बालकको मृत्यु

रातोपाटीमा प्रकाशित,१३ असोज, कास्की ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं १ टुसेमा शुक्रबार साँझ चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका १२ वर्षीय छोरा राकेश पुनको विद्युत् पोलमा अड्किएको चङ्गा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिए । 

Read More

३ महिनादेखि बेपत्ता बालकको कंकाल भेटियो

अनलाइनमा प्रकाशित,१२ असोज, जुम्ला ।

३ महिनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कंकाल भेटिएको छ । गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट हराएका बालकको ३ महिनापछि कंकाल भेटिएको हो ।

Read More

होटेलमा किशोरी बलात्कृत, एकजना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,१२ असोज, बाँके ।

नेपालगञ्ज उपमहानगरपालिकाको पासाङल्हामु मार्ग नजिकै एक होटलमा १३ वर्षकी किशोरीमाथि बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा १८ वर्षका होटल सञ्चालकका छोरा सुरेन्द्र जोशी पक्राउ परेका छन् ।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: