२ वडा बालविवाह मुक्त
मकवानपुरमा जिल्लालाई बालविवाहमुक्त घोषणा गर्ने अभियान छ । यसअन्तर्गत मनहरी गाउँपालिकाले ८ र ९ नम्बर वडालाई बालविवाहमुक्त घोषणा गरेको छ । ८ र ९ लाई यस्तो घोषणा गरेको छ । जिल्लाका १०२ वडामध्ये २ वटा वडालाई आइतवार एक कार्यक्रमको आयोजना गरेर बालविवाह मुक्त वडा घोषणा गरेको हो । प्लान इन्टरनेशनल र बाल कल्याण समाजसँगको सहकार्यमा एक समारोहबीच बालविवाहमुक्त वडा घोषणा गरिएको हो । सिमपानीमा आयोजित कार्यक्रममा जनप्रतिनिधि र स्थानीयवासीले वालविवाहलाई निरन्तर रुपमा रोक लगाउने प्रतिबद्धता गरेकाले वडालाई बालविवाहमुक्त घोषणा सम्भव भएको गाउँपालिका उपाध्यक्ष मनिला विष्टले बताइन् । जिल्लामै १ सय २ वडामध्ये मनहरीमा दुई वडा बालविवाह मुक्त घोषणा भएका पहिलो हुन् । प्रदेश सरकारले प्रदेश ३ का १३ वटै जिल्लालाई २०७८ सम्म बालविवाहमुक्त घोषणा गर्ने लक्ष्य लिएको छ।
२०७६ जेठ २७ गते ९:३३ मा प्रकाशित