समाचारमा बालबालिका

कोरोना आशंकामा उपचारमा लापरवाही गर्दा वीरगञ्जमा बालकको मृत्यु

https://www.onlinekhabar.com/2020/08/888820

२७ साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणको आशंकामा उपचारमा लापरवाही गर्दा एक बालकको मृत्यु भएको छ ।

झाडापखाला, ज्वरो र वान्ता आउने समस्या देखिएका बाराको बारागढी गाउँपालिका–२ का ९ वर्षीय सुशीलकुमार साहको मृत्यु भएको हो ।

Read More

आर्थिक अभावमा क्यान्सरपीडित बालकको उपचारमा समस्या

https://www.newsofnepal.com/2020/08/07/342638/, २३ श्रावण २०७७, शुक्रबार

जाजरकोटका एक बालकलाई ब्लड क्यान्सर भएको छ । भेरी नगरपालिका–१३ कुदुका २० महिनाका बालक युनिक रोकायलाई ब्लड क्यान्सर भएको हो । गत माघदेखि बिरामी भएका बालकको कान्ति बाल अस्पताल काठमाडांैमा ब्लड क्यान्सरसँग लडिरहेका छन् ।

गत माघमा युनिक एक्कासि बिरामी भएपछि उनको पश्चिम रुकुमको चौरजहारी अस्पतालमा उपचार गराइएको थियो । डाक्टरको सल्लाहअनुसार करिब एक हप्ता अस्पतालमै राखेर उपचार गरे पनि रोग पत्ता लाग्न नसकेपछि नेपालगन्ज अस्पतालमा लगियो ।

Read More

डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

https://www.onlinekhabar.com/2020/08/888569

२७ साउन, डोटी  । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

स्थानीय गोविन्द पार्कीले दिएको जानकारी अनुसार गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।

Read More

मुगुमा एक महिनामा ३४ बालबालिकामा कुषोषण

https://www.nayapatrikadaily.com/news-details/48974/2020-08-10,  मुगु २०७७ श्रावण २६ सोमबार १५:५३:००

पछिल्लो समयमा हिमाली जिल्ला मुगुका बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ । कुपोषणका कारण ५ वर्ष मुनिका बालबालिकाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

विशेषगरी २ वर्ष मुनीका बालबालिकामा कुपोषणको समस्या धेरै छ । गलत खानपान, स्तनपानको कमी गरीबी लगायतका कारणले बालबालिकामा कुपोषको समस्या बढ्दै गएको हो ।

विगतका वर्ष भन्दा यो वर्षको सुरुमै कुपोषणका बिरामीको संख्या उच्च देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । 

Read More

होटेलमा काम लगाइदिने भन्दै किशोरीमाथि बलात्कार

https://www.nayapatrikadaily.com/news-details/48946/2020-08-10, सल्यान, २०७७ श्रावण २६ सोमबार १०:०७:००

होटेलमा काम लगाइदिने भन्दै एक किशोरीमाथि बलात्कार भएको छ । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सल्यानको शारदा नगरपालिका– १ श्रीनगरनिवासी ४५ वर्षीय हिमराज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।  

आर्थिक अवस्था कमजोर भएकी ती बालिकाका बुबासँग साउन २३ गते छोरीलाई श्रीनगरमा सञ्चालनमा रहेको रोयल गेस्टहाउसमा काम लगाइदिन्छु भनी घरबाटै लिएर आएको र होटेलमा नलगी चल्ला फर्ममा जाम भन्दै भगवतीखोलाको जंगलमा लगी  बलात्कार गरेको पीडित बालिकाले बताइन् । 

Read More

केयर बाल गृहबाट ११ बालिकाको उद्धार

https://www.setopati.com/social/213081

सेतोपाटी संवाददाता, काठमाडौं, साउन २१

कपनको केयर बाल गृहबाट ११ जना बालिकाको उद्धार गरिएको छ।

कपनको चउरमा बालिका भेटिएको भन्दै झूटो प्रचार गरेको खुलेपछि बुधबार राष्ट्रिय बालअधिकार परिषदले त्यहाँका ११ जना बालिकाको उद्धार गरेको हो।

'त्यहाँको सञ्चालिकाले झूटो प्रचार गरी बच्चा फेला परेको कुरा बाहिर आएपछि हामी स्थलगत रूपमै बुझ्न गयौं,'परिषदका अधिकृत तथा सूचना अधिकारी राम बहादुर चन्दले सेतोपाटीसँग भने,'घटना र मापदण्डलाई हेरेर हामीले ११ जना बालिकाको उद्धार गर्‍यौं'

Read More

बलात्कारको आरोपमा गोरखाका एक वडाध्यक्ष पक्राउ

https://www.prasashan.com/2020/08/04/188794/?fbclid=IwAR1I2bRtHGKKIND_8YCc33P-HWuM89sWGJhygK51WmUvuCa2y8ur7QYu3mA

गोरखा । जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् ।

चौध वर्षीया किशोरीलाई ‘बिहे गर्छु भन्दै पटक-पटक जवरजस्ती करणी गदै आएका वडा अध्यक्ष परिवारले दिइएको जाहेरीको आधारमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेको प्रहरीले जनाएको छ ।

Read More

महोत्तरीमा पोखरीमा डुबेर बालककाे मृत्यु

https://www.onlinekhabar.com/2020/08/887258

२१ साउन, जनकपुरधाम । महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका-१ शर्मा चोक बस्ने १३ वर्षीय सुदीप महतो रहेका छन् । घर नजिकै रहेको पोखरीमा भैंसी पखाल्न पस्दा उनी पोखरीमा डुब्न पुगेको प्रहरीले जनाएको छ ।

Read More

बँदेललाई थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु, बुबा घाइते

https://www.onlinekhabar.com/2020/08/886682

१९ साउन, तुलसीपुर । दाङमा करेन्ट लागेर दुई दाजुभाइको सोमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उनको १० वर्षीय भाइ तेजबहादुरको मृत्यु भएको हो ।

मकैबारीमा जंगली बँदेल मार्नका लागि थापिएको विद्युतीय धरापमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । बँदेलले मकै सखाप पार्न थालेपछि त्यसलाई मार्न र धपाउनका लागि बारीमा विद्युत् लगिएको थियो । 

Read More

बालिकालाई बलात्कार प्रयास गर्ने युवक पक्राउ

https://www.onlinekhabar.com/2020/08/886550

१८ साउन, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा ४ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जगरनाथ गाउँपालिका-२ दसौता बस्ने १९ वर्षीय रुपेश कुशवाहा पक्राउ परेका हुन् । उनले गाउँकै चार वषिर्या बालिकालाई ललाई फकाई ओरिया खोलको बाँध नजिकै रहेको खर घारीमा बलात्कारको प्रयास गरेको आरोप छ ।

Read More

कालिकोटमा पहिरो : पहिरोबाट दुई बालबालिकासहित तीनको मृत्यु, एक बेपत्ता

https://www.nayapatrikadaily.com/news-details/48263/2020-07-30, २०७७ श्रावण १५ बिहीबार

कालिकोटको विभिन्न ठाउँमा बुधबार गएको पहिरोमा परेर थप तीनजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । 

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका– ७ क्युरीमा पहिरोमा परी ६२ वर्षीय पर्शुराम सज्यालको मृत्यु भएको छ भने अन्दाजी २९ वर्षीया तारा धमाला सज्याल बेपत्ता भएकी छिन् । 

त्यस्तै, महावै गाउँपालिका– ७ कोडबाडामा घर भत्किँदा दुई बालबालिकाको ज्यान गएको छ । 

Read More

कालीकोटमा पहिरोमा परी एकै घरका ७ जनासहित बालबालिकाको मृत्यु

https://www.onlinekhabar.com/2020/07/885438 १३ साउन, काठमाडौं । कालीकोटको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको हो । Read More

दाङमा पहिरोमा पुरिएर आमा-छोरीको मृत्यु

https://www.setopati.com/social/212449, रासस दाङ, साउन १४

दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण बुधबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका-५ साकिनेकी २६ वर्षीया  बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरूको मृत्यु भएको हो। घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधामात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ। यस विषयमा थप विवरण आउन बाँकी छ।

Read More

दार्चुलामा पहिरोमा पुरिएका बालकको शव फेला

https://www.setopati.com/social/212318

दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ ।

महाकाली नगरपालिका वडा नम्बर- २ बडाली गाउँ नजिक शुक्रबार सुख्खा पहिरो जाँदा नौगाड गाउँपालिका वडा नम्बर- २ तल्लो सुण्डमुण्डका ६ वर्षीय जेनिस ठगुन्ना बेपता भएका थिए।

Read More

पहिरोले घर बगाउँदा रुकुम पश्‍चिममा २ जनाको मृत्यु

https://ekantipur.com/pradesh-6/2020/07/28/159591063309165238.htmlhttps://ekantipur.com/pradesh-6/2020/07/28/159591063309165238.html, श्रावण १३, २०७७

रुकुम पश्‍चिम — बाँफिकोट गाउँपालिका–९, स्यालामा पहिरोले एक घर बगाउँदा २ जनाको मृत्यु भएको छ । रातभर परेको अविरल वर्षापछि आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाएको हो। पहिरोले घर बगाउँदा जसबीरका २२ वर्षीय छोरा नवीन विक र छिमेकी हस्तबहादुर सुनारका १६ वर्षीय छोरा बलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

बलात्कार आरोपमा युट्युबर शिवाकोटी जेल चलान

https://www.onlinekhabar.com/2020/07/885100

१३ साउन, काठमाडौं । विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबरका रुपमा आफूलाई चिनाउने अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो ।

 

Read More

बागलुङको निसीखोला र तमानखोलामा पहिरो : ३ जना बालबालिकाको मृत्यु

https://ekantipur.com/pradesh-4/2020/07/28/15959004566371422.html, श्रावण १३, २०७७

बागलुङ — लगातारको वर्षापछि खसेको पहिरोले पुरिएर बागलुङको तमानखोला र निसीखोला गाउँपालिकामा ३ जना बालबालिकाको मृत्यु भएको छ । मंगलबार बिहान ३ बजेतिर खसेको पहिरोले तमानखोला गाउँपालिका वडा नम्बर २ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा उनकी १२ वर्षीया छोरी रीता र १३ वर्षीय छोरा खिमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । दुई बालबालिकासँगै सुतेकी आमा ३४ वर्षीय होमकुमारी विक भने घाइते भएकी छिन् ।

Read More

राति पिसाब गर्न निस्किएकी बालिका बलात्कृत

https://www.onlinekhabar.com/2020/07/885189

१३ साउन, जनकपुरधाम । धुषाको क्षिरेश्वनाथ नगरपालिकामा १८ बर्षीया युवती बलात्कृत भएकी छन् ।

नगरपालिकाको वडा नम्बर ३ कि दलित समुदायकी युवतीलाई स्थानीय कलाम राइनले घरबाटै लगी बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । सोमबार राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्केकी युवतीलाई ३० बर्षीय राइनले जबर्जस्ती लगी बलात्कार गरेको पीडित परिवारको भनाइ छ ।

Read More

हत्या अभियोगमा एक बालकसहित पाँच जना विरूद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता

https://www.setopati.com/social/212346, मंगलबार, साउन १३, २०७७

भरतपुर महानगरपालिका–१४ का राजकुमार गुरुङको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सोमबार कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ । भरतपुर महानगरपालिका–१० मैयादेवी कन्याकलेज नजिकको झाडीमा गत असार २३ गते ४१ वर्षीय गुरुङको शव भेटिएका थियो ।

Read More

१४ वर्षीया बालिका बलात्कार गरेकाे अभियाेगमा एक पक्राउ

https://www.setopati.com/social/212230

प्रहरीले १४ वर्षीया बालिकामाथि बलात्कार गरेकाे अभियाेगमा एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त, सातदोबाटोले लुम्किचुहा नगरपालिका-२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्कीलाई पक्राउ गरेको हो।

Read More