A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionbvi613841gbvun3r3qn9gv3a9q307qj0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कुटपिटबाट विद्यार्थीको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१८ फागुन, मुगु ।

फरक क्षमता (सुस्त श्रवण) भएका एक छात्रको कुटपिट कारण मृत्यु भएको छ । छात्राबासका सहयोगीको कुटपिटबाट छाँयानाथ रारा नगरपालिका–१को नमुना माध्यामिक विद्यालयका १३ बर्षिय दिलीप भामको मृत्यु भएको हो।

Read More

बालबालिका अधिकारसम्बन्धि विधेयक पारित

नागरिक न्युजमा प्रकाशित,१८ फागुन, विराटनगर ।

प्रदेश नं १ को बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि विचार गरियोस् भनि प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ। प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सामजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सो प्रस्ताव सदनमा पेश गरेका थिए।

Read More

विद्यालयले फारम भराउँदैनन्, फारम भरेर छनोट भएका विद्यार्थीले पनि बैंक खाता नहुँदा छात्रवृत्ति पाउँदैनन्

नयाँ पत्रिकामा प्रकाशित,१८ फागुन,पर्वत।

विपन्नलक्षित छात्रवृत्तिका लागि विद्यालयले चासो नदेखाएपछि विपन्न विद्यार्थी मारमा परेका छन् । जिल्लाका ७२ सामुदायिक विद्यालयको कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने पाँच हजारभन्दा बढी लक्षित तथा विपन्न वर्गका विद्यार्थी वञ्चित भएका हुन् । धेरैजसो दलित विद्यार्थी छन्।

Read More

शिक्षक अभावमा तीन विषय पढाइ भएन

कान्तिपुरमा प्रकाशित,१८ फागुन,सिरहा ।

वार्षिक परीक्षा आउन महिना दिन बाँकी भए पनि सिरहाको लहान नगरपालिका ११ स्थित आधारभूत विद्यालय पिडरबोनीमा तीनवटा विषयको पठनपाठन नै भएको छैन । शिक्षक अभावमा पठनपाठन नभएको हो।

Read More

सेनिटरी प्याड मेसिन जडानपछि विद्यालयमा छात्राको उपस्थिति नियमित

थाहा खबरमा प्रकाशित,१८ फागुन, बैतडी ।

विद्यालयमै सेनिटरी प्याड (भेन्डिङ) मेसिन जडान भएपछि बैतडीका सामुदायिक विद्यालयहरुमा छात्राको उपस्थिति नियमित हुन थालेको छ। महिनावारी भएका बेला विद्यालयमा अनुपस्थित हुने छात्राहरु मेसिन जडानपछि नियमित रुपमा उपस्थित हुन थालेका हुन्।

Read More

३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १३ वर्षीय किशोर पक्राउ

कान्तिपुरमा प्रकाशित,१७ फागुन,सल्यान ।

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानको शारदा नगरपालिकामा एक १३ वर्षीय किशोरलाई पक्राउ गरेको छ । फागुन ११ गते बालकले बालिकामाथि बलात्कार गरेको भन्दै पीडित परिवारले फागुन १२ मा प्रहरीमा उजुरी दिएका थिए । कक्षा ६ मा पढने बालकले आफ्नै कोठामा लगेर बलात्कार गरेको पीडित परिवारले बताएको छ।

Read More

करेन्ट लागेर एक किशोरको मृत्यु

थाहा खबरमा प्रकाशित,१७ फागुन, बागलुङ ।

बागलुङको पालामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। काठेखोला गाउँपालिका १ पालाका १६ वर्षीया स्वदेश थापाको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।

Read More

विद्यालयमा घट्दो उपस्थिति :छात्रालाई घाँसदाउरा, छात्र मजदुरी गर्न भारत

कान्तिपुरमा प्रकाशित,१७ फागुन, अछाम।

अभिभावकमा छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने सोच कम छ । यसमा सामाजिक परम्परा र अन्धविश्वास, विद्यालयको पहुँच, गुणस्तरीय अध्ययन, आर्थिक अवस्थालगायत विभिन्न कारणहरू जोडिएर आउँछन् । पढ्न पाउने छात्राहरूले पनि घरको काम सकाएर मात्रै विद्यालय जान पाउँछन्।

Read More

राष्ट्रपतिको स्वागत गर्न बालबालिकालाई घन्टौं लाइनमा उभ्याइयो

कान्तिपुरमा प्रकाशित,१६ फागुन, बैतडी/दार्चुला

बैतडीको पाटन नगरपालिकामा बिहीबार आयोजित राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागत कार्यक्रममा बालबालिकालाई प्रयोग गरिएको छ । कार्यक्रमको शोभा बढाउन भन्दै उनीहरूलाई घन्टौंसम्म लाममा उभ्याइएको थियो ।

Read More

सिर्सिया नदीमा शिशुको शव भेटियो

अनलाइनखबरमा प्रकाशित,१६ फागुन, वीरगञ्ज ।

वीरगञ्जमा एक वर्षीय शिशु मृत भेटिएका छन् । भारत बिहार रतनपुरी घर भइ वीरगञ्ज चण्डाल चोकमा ग्यारेजमा काम गर्दै आएका रमोद साहका एक वर्षीय छोरा प्रशान्त साह मृत भेटिएका हुन्।

Read More

चितुवाको आक्रमणबाट बालक घाइते

अन्न्पूर्ण पोस्ट्मा प्रकाशित,१५ फागुन, स्याङ्जा ।

घरमै सुतिरहेका १२ वर्षीय युनीस गुरुङ चितुवाको आक्रमणबाट घाइते भएका छन् । भीरकोट नगरपालिका ९ ठूलीभन्ज्याङका गुरुङ आफ्नै घरको कोठामा सुतिरहेका बेला एक्कासी चितुवाले आक्रमण गरी घाइते बनाएको वडा अध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिए।

Read More

बेवारिसे शिशुले पाइन् अभिभावक

कान्तिपुरमा प्रकाशित,१५ फागुन, काभ्रे ।

बेवारिसे भेटिएकी शिशुले ‘अभिभावक’ पाएकी छिन् । फागुन ४ गते पनौती–४ स्थित टौखालमा रहेको इनारको छेउमा भेटिएको शिशुलाई एसओएस बालग्राम श्रीखण्डपुरले न्वारन गरिदिएर ‘तेजस्वी’ नाम राखिदिएको हो । २३ वर्षको उमेरसम्म उनी अब बालग्रामकै संरक्षणमा हुनेछिन् ।

Read More

१७ वर्षीया किशोरीलाई बन्धक बनाएर राज्यमन्त्रीकै आर्थिक सल्लाहकारले गरे बलात्कार

सेतोपाटीमा प्रकाशित,१४ फागुन, काठमाडौं ।

१७ वर्षीया किशोरीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक सल्लाहकार अमृतकुमार घलेले बन्धक बनाएर बलात्कार गरेको खुलेको छ। किशोरीलाई आफ्नो कोठामा चार दिन बन्धक बनाएर बलात्कार गरेको भन्ने सूचना पाएपछि गत फागुन १ गते घलेलाई प्रहरीले पक्राउ गरेको हो।

Read More

बर्दघाट रोकिएन बाल विवाह :१४ वर्षमै विहे, १५ वर्षमा आमा

थाहा खबरमा प्रकाशित,१४ फागुन, नवलपरासी ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ बाँसखोलाकी पुनम गाहा १६ वर्षकी भइन्। उनकी एक डेढ वर्षकी छोरी छन्। उनका श्रीमान केशर पनि बल्ल २१ वर्षका भए। उनको नत कुनै जागिर छ नत कुनै आम्दानीको श्रोत। बुवाआमासँगै भएकाले पनि अहिलेसम्म उनले पारिवारिक जिम्मेवारी लिनुपरेको छैन।

Read More

बालविवाह रोक्न घरमै प्रहरी र प्रतिनिधि

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ फागुन, राजविराज ।

१४ वर्षीया बालिकालाई अभिभावक अन्माउने तयारीमा थिए। सप्तरीको राजविराज नगरपालिका ५ स्थित बिहे घर जन्तीको प्रतिक्षामा थियो। झमक्क साँझ परेको थियो। मैथिल ब्राह्मण समुदायमा भीडभाड गरेर र बाजागाजा बजाएर जन्ती जाने चलन नभएकाले धेरैले बिहे भएको पत्तो पनि पाउँदैनन्।

Read More

विद्यालयको दिवा खाजामा कोदो, पिँडालु र सिस्नुको साग

गोरखापत्र अनलाइनमा प्रकाशित, १४ फागुन, बैतडी ।

बैतडीका स्थानीय तहले विद्यालयको दिवा खाजामा स्थानीय उत्पादनलाई जोड दिएर विद्यार्थीलाई अर्ग्यानिक दिवा खाजा खुवाउन थालेका छन् । बैतडीका १० वटै स्थानीय तहले विद्यालयमा दिवा खाजाका रुपमा दैनिक सूची नै तयार गरेर कोदो, घिउ, हरियो साग, सिस्नोको साग, उसिनेको आलु, पीँडालु, अण्डा, दाल र गेडागुडी र फलफुल खुवाउन थालेका छन्।

Read More

अन्दाजी तीन दिने शिशु मन्दिरमा बेवारीसे अवस्थामा भेटिए

ईमेजखबरमा प्रकाशित,१३ फागुन,मेलम्ची ।

मेलम्ची नगरपालिका वडा नम्बर ११ मेलम्ची बाजर स्थित शिव मन्दिर परीसरमा एक शिशु बेवारीसे अवस्थामा भेटिएका छन् । ईन्द्रेश्वरी मावि जाने बाटो माथी रहेको कृष्ण मन्दिरमा करीब ३ दिनको शिशु बेवारिसे अवस्थामा सोमबार साँझ फेला परेका हुन्।

Read More

लमजुङमा ११ बालविवाह रद्द

ईमेजखबरमा प्रकाशित,१३ फागुन,लमजुङ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले  तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका ११ वटा बालविवाहलाई रद्द गरिदिएकोे छ । मुलुककी कानून ऐनका अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । जिल्ला प्रहरी कार्यालय अन्तर्गतको सो केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीले बालविवाह रोक्न प्रहरी सफल भएको बताए।

Read More

अनुमतिबिना बालगृह चलाए कारबाही

कान्तिपुरमा प्रकाशित,१२ फागुन, मोरङ ।

प्रदेश सरकारको अनुमतिबिना बालगृह सञ्चालन गर्नेलाई एक लाख जरिबाना गरिने भएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशसभा सचिवालयमा दर्ता गराएको बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ मा यस्तो व्यवस्था गरिएको छ।

Read More

छोरी बलात्कार गर्ने बाबु जेल चलान

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ फागुन, डडेल्धुरा ।

छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई कारागार चलान गरिएको छ। माघ २० गते छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका गन्यापधुराका एक जनालाई जिल्ला अदालत डडेल्धुराले पुर्पक्षका लागि कारागार चलान गरिएको हो।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: