A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionie5o48okfuk6sm7c1vmopj7ffqs2infn): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पर्खालमा च्यापिएका बालकलार्इ जोगाउन जाँदा काकीको पनि ज्यान गयो

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२५ जेठ, बर्दिया ।

बढैयाताल गाउँपालिका–५ स्थित कच्ची घरको पर्खाल भत्किँदा दुईजनाको मृत्यु भएको छ । स्थानीय ललित पुनको घरको पर्खाल भत्किँदा उनका १२ वर्षीय छोरा दीपेन्द्र पुनको घटनास्थलमा र ३१ वर्षीया भाइबुहारी सुनिता पुनको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।

 

Read More

बलात्कारका मुद्दा बढे

कान्तिपुरमा प्रकाशित,२५ जेठ, स्याङ्जा ।

केही दिन पहिले १४ वर्षीया बालिका बलात्कृत भएको घटनाको उजुरी प्रहरीमा आयो । चापाकोटकी कक्षा ७ मा पढ्ने बालिकालाई उनकै शिक्षकले बलात्कार गरेको आरोप छ । गत चैतमा बलात्कृत भएकी उनलाई पीडकले प्रलोभन दिएर चुप लगाएका थिए ।

 

Read More

सीमाक्षेत्रबाट १८ बालबालिकाको उद्धार, भारत लैजान खोज्ने दुईजना पक्राउ

 थाहा खरबमा प्रकाशित,२५ जेठ, कञ्चनपुर ।

 पश्चिमी सीमा नाका गड्डाचौकीबाट प्रहरीले १८ बालबालिकाको उद्धार गरेको छ। रोजगारीको प्रलोभनमा परी भारत जाँदै गरेका अछाम ढकारी गाँउपालिका–७ का १२ बालक र छ बालिकालाई बिहीबार साँझ उद्धार गरिएको इलाका प्रहरी कार्यालय गडडाचौकीका प्रहरी नायव निरिक्षक डिकरदेव पन्तले बताए।

Read More

दलित विद्यार्थी कुट्नेमाथि कारबाही गर्न प्रहरी प्रशासन मौन

रातोपाटीमा प्रकाशित,२४ जेठ, रुपन्देही ।

रुपन्देहीको गैडहवा गाँउपालिका–५ स्थित एक विद्यालयमा दलित विद्यार्थी कुट्नेमाथि कारवाही गर्न प्रहरी प्रशासन मौन देखिएको छ । कुटपिट गरेको एक साता बितिसक्दा पनि निजमाथि प्रहरीले अझै कानूनी प्रक्रिया अगाडी बढाउन नसकेको कारण प्रहरी प्रशासन मौन देखिएको हो ।

Read More

दुई महिनादेखि किशोरी बेपत्ता

कान्तिपुरमा प्रकाशित,२४ जेठ, झापा ।

झापाको बुद्धशान्ति ७ सुनमाईकी १३ वर्षीया एलिसा गदाल डेढ महिनादेखि बेपत्ता छिन् । उनी वैशाख २ गते बुधबारे बजार जान्छु भनेर घरबाट निस्किएकी थिइन् । आमा भीममाया र बुवा हेमबहादुर छोरी फर्किने आशामा सधैं बाटो हेरिरहन्छन् ।

 

Read More

बालबालिकामा मुटुरोग : काठमाडौंको तुलनामा जाजरकोटमा ७ गुणा बढी

कान्तिपुरमा प्रकाशित,२४ जेठ, जाजरकोट ।

यहाँका धेरै बालबालिका मुटु रोगबाट पीडित रहेको तथ्य फेला परेको छ । काठमाडौंको तुलनामा जाजरकोटका बालबालिकामा मुटु रोग हुनेको संख्या सात गुणा बढी रहेको नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जनाएको छ ।

Read More

लागुऔषधसहित दुई पक्राउ

थाहा खबरमा प्रकाशित,२३ जेठ, उदयपुर ।

उदयपुरमा लागुऔषधसहित दुई पक्राउ परेका छन् भने एक जना फरार भएका छन। गाईघाट बजारमा लागुऔष ल्याई बिक्री गर्ने त्रियुगा नगरपालिका १२ बस्ने १४ वर्षे पुष्पपारस राई र त्रियुगा नगरपालिका १६ बस्ने १६ वर्षे मिलन राईलाई प्रहरी चौकी लालपत्ताले त्रियुगा नगरपालिका ६ चुरिया जंगलबाट पक्राउ गरेको बुधबार विहान पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको हो।

Read More

चार बालकको उद्धार गरी परिवारको जिम्मा

नागरिक न्युजमा प्रकाशित,२२ जेठ, जाजरकोट ।

 यहाँको नलगाड नगरपालिका– १ का चार बालबालिकालाई जाजरकोट सदरमुकामबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । भेरी नगरपालिका–४ मा प्रहरी देख्नासाथ लुक्न खोज्ने नलगाड–१ का कालीबहादुर विक, रामबहादुर विक, श्याम विक र ललित विकलाई नलगाड–१ मै लगेर परिवारको जिम्मा लगाइएको जाजरकोट प्रहरी प्रमुख रवीन्द्रकुमार सिंहले जानकारी दिए ।

Read More

प्रधानमन्त्रीले भने, प्रारम्भिक बालविकास सरकारको उच्च प्राथमिकता

कान्तिपुरमा प्रकाशित,२२ जेठ, काठमाडौं ।

 एसिया प्रशान्त क्षेत्रीय प्रारम्भिक बालविकास सम्मेलन र प्रारम्भिक बाल स्याहार तथा शिक्षा नीति मञ्चको बैठक मंगलबारबाट राजधानीमा सुरु भएको छ ।

Read More

बालविवाह अन्त्य गर्न घर-घरमा पत्र

नयाँ पत्रिकामा प्रकाशित,२२ जेठ, रुकुम(पश्चिम) ।

रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका वडा नं. १० ले दुई वर्ष भित्र वडालाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्य राखेको छ । जसको तयारी स्वरुप वडाले प्रत्येक वडावासीलाई बालविवाह रोक्न पत्र पठाएको छ ।

Read More

कक्षा कोठामा कहिले गाईगोरु, कहिले जन्ती

अनलाइनखबरमा प्रकाशित,२१ जेठ, पर्सा ।

पर्सामा एउटा यस्तो विद्यालय छ, जहाँ पढाउनका लागि ब्ल्याकबोर्डसमेत प्रयोग हुँदैन । विद्यार्थी पढ्ने कोठामा सिमेन्टलगायतका अन्य विविध सामाग्रीको थुप्रो छ ।

Read More

जबर्जस्ती करणी गर्ने दुई युवा पक्राउ

रातोपाटीमा प्रकाशित,२१ जेठ, पर्वत ।

अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पर्वतको कुस्मा बजारस्थित माझमेलाको जंगलमा लगेर युवतीलाई जबर्जस्ती गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको हो भने पर्वतको जलजला गाउँपालिकामा एक अपांग बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने युवा पनि पक्राउ परेका हुन् । 

Read More

दलित विद्यार्थीले पाउने भए गुरुकुलमा भर्ना

थाहा खबरमा प्रकाशित,२१ जेठ, झापा ।

यसअघि दलित विद्यार्थीलाई भर्ना लिन नमानेको भद्रपुर नगरपालिका–६ स्थित श्री कृष्ण दै्रपायन गुरुकुल वेद विद्याश्रमले दलित विद्यार्थीलाई भर्ना लिएको छ।

 

Read More

विद्यार्थी दिनहुँ बिरामी

कान्तिपुरमा प्रकाशित,२१ जेठ, रुकुम (पश्चिम)।

बाँफिकोट गाउँपालिका–१, लागिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी सातादेखि विरामी पर्न थालेका छन् । दैनिकजसो विद्यार्थी विरामी हुन थालेपछि अभिभावक चिन्तामा छन् । जेठ १३ गतेदेखि हरेक दिनजसो  विरामी विद्यार्थी पर्न थालेका हुन् । 

Read More

शिक्षकद्धारा विद्यार्थी बलात्कार, प्रहरीमा निवेदनपछि अभियुक्त फरार

नयाँ पत्रिकामा प्रकाशित,२१ जेठ ,स्याङ्जा ।

स्याङ्जाको चापाकोट न.पा ७ गंगालाल मा.वीका शिक्षकले सोही विद्यालयमा पढ्ने विद्यार्थीलाई बलात्कार गरेको खुल्न आएको छ । कक्षा ७ मा पढ्दै आएकी १४ वर्षीय सिमा नेपालीलाई शिक्षक रामभक्त आचार्यले जर्बजस्ती गरेको आरोप पीडित नेपालीको छ ।

Read More

किशोरीलाई ललाइफकाई भारत लान खोज्ने तीनजना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,२० जेठ, कञ्चनपुर ।

किशोरीलाई ललाईफकाई भारत लैजान लागेका तीनजना कञ्चनपुरमा पक्राउ परेका छन् । कन्चनपुरको महाकाली नगरपालिका ७ लक्ष्मी उच्च माविमा अध्ययनरत १७ वर्षीय किशोरीलाई पूजा गर्न भन्दै फकाएर भारत लैजान लागेका भारतको उधमसिंह जिल्ला खटिमाका महेन्द्र पाल, महाकाली नगरपालिका ७ बाबाथानका कर्णबहादुर सुनार र त्यसै वडाको कञ्जभोज बस्ने दलबहादुर सुनार पक्राउ परेका हुन् । 

Read More

नारायणी नदीमा एक नाबालिकाको शव फेला

कान्तिपुरमा प्रकाशित,२० जेठ, नवलपरासी ।

गैडाकोट स्थित नारायणी नदीमा एक नाबालिकाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका वडा नम्बर १० स्थित पितौजी घाटमा अन्दाजी ७ ,८ वर्षकी एक नाबालिकाको शव आइतबार फेला परेको हो।

Read More

बलात्कार आरोपी दुई जनालार्इ एक वर्षपछि कैद सजाय तोकियो

उज्यालो अनलाइनमा प्रकाशित,२० जेठ, पाँचथर ।

पाँचथरमा छुट्टाछुट्ट्टै बलात्कारमा संलग्न दुई जनालाई पक्राउ परेको करिब एक वर्षपछि जिल्ला अदालत पाँचथरले आइतबार कैद सजाय तोकेको छ ।

 

Read More

भर्ना अभियानमा समेटिएनन् ६० हजार बालबालिका

नागरिक न्युजमा प्रकाशित,२० जेठ, काठमाडौं ।

‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नारासाथ सञ्चालित विद्यालय भर्ना अभियन सम्पन्न भएको छ। यस वर्ष विद्यालयबाहिर रहेका ३ लाख १३ हजार २ सय ८९ बालबालिकालाई विद्यालयभित्र ल्याउने लक्ष्यसाथ सञ्चालित अभियानले अझै विद्यालयबाहिर रहेका करिब ६० हजार विद्यालय तहका बालबालिकालाई विद्यालयभित्र ल्याउन सकेको छैन ।

 

Read More

भारतबाट एक बलिकाको उद्धार, युवक पक्राउ

थाहा खबरमा प्रकाशित,२० जेठ, भद्रपुर ।

अपहरण शैलीमा १३ बर्षीया बालिकालाई भारत लैजाने एक युवकलाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ८ निवासी अन्दाजी २४ बर्षीय फरे परबतिया शेख रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ।

 

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: