A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionethunv9bmu2qb5qr4s4bqpm9lr58vi4t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एक वर्षदेखि बाबुबाटै बलात्कृत

विराटनगर महानगरपालिका(४ मा एक बालिका आफ्नै बाबुबाट निरन्तर बलात्कृत भएको खुलेको छ। १४ वर्षीया छोरीमाथि बलात्कार गरिरहेका बाबुले देखाएको डर, त्रास र धम्कीका कारण घटना अहिलेसम्म ‘गुपचुप’ रहेको खुलेको छ। बालिका पढ्ने विद्यालयबाटै घटना सार्वजनिक भएपछि प्रहरीले बाबुलाई पक्राउ गरेको छ। मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार ३७ वर्षीय बाबुमाथि अनुसन्धान सुरु भएको छ। प्रहरीले शनिबार राति बाबुलाई घरैबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बलात्कारमा संलग्न बाबुले पढ्नका लागि छोरीलाई विद्यालय जान नदिन अनेक हर्कत गर्न थालेपछि घटना बाहिर आएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार बाबुले अन्तिम पटक जेठ २१ गते मंगलबार घरमै बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। ‘छोरीमाथि गरिरहेको कर्तुत बाहिर आउने डरले विद्यालय जानबाट नै बञ्चित गर्न खोजिएछ,’ श्रेष्ठले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा एक वर्षदेखि बारम्बार बलात्कार गरेको खुलेको छ। बाबुलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा स्थानीय बासिन्दाले आइतबार दिउँसो बालिका पढ्दै आएको बुढीगंगा गाउँपालिकाको लीला(भक्तराम आधारभूत विद्यालय घेराउ गरेका छन्। गाउँलेले सोझो मान्छेलाई झुठो आरोप लगाउँदै विद्यालयले पक्राउ गर्न लगाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। दुई सय बढी स्थानीयले विद्यालयमा घेराउ गरेको प्रधानाध्यापक राममाया थापाले बताइन्। ‘आक्रोशित भिडको नेतृत्व गर्नेलाई सम्झाएर प्रहरी कार्यालयमा पठाएका छौँ’, थापाले भनिन्। ‘बालिकाका बाबुले केही समयदेखि छोरीलाई स्कुल नजान दबाब दिँदै आएका रहेछन्। त्यो कुरा छोरीले साथीलाई सुनाइछन्,’  थापाले भनिन्, ‘बाबुले छोरीलाई स्कुल जान बञ्चित गर्न खोजेको कुरा साथीमार्फत् हामीसम्म आइपुग्यो।’ यो सबै थाहा पाएपछि विद्यालय प्रशासनको तर्फबाट घटना प्रहरीसम्म पुगेको हो। ‘स्कुल नजा भनेर बुवाले कुट्ने र पिट्ने गर्नुहुन्छ। किताब कापी पनि फ्यालिदिनु हुन्छ, बालिकालाई उद्धृत गर्दै थापाले भनिन्, ‘अबदेखि पढ्न आउँदिन होला भनेर साथीलाई सुनाइछन्।’  त्यसपछि घरमा भएका समस्यादेखि लिएर सबै कुरा सोधपुछ गर्दा शिक्षिकालाई बलात्कारबाट पनि पीडित हुनु परेको बालिकाले बताएकी थिइन्। प्रहरीले आक्रोशित स्थानीयलाई सम्झाएर पठाएको डीएसपी श्रेष्ठले जानकारी दिए। प्रहरीले बालिकालाई आफ्नो सम्पर्कमा राखेर अनुसन्धान सुरु गरेको श्रेष्ठको भनाइ छ। मानसिक रुपमा कमजोर देखिएकी बालिकाको उपचारमासमेत ध्ययन दिइएको उनको भनाइ छ। बालिकाले लामो समयदेखि बाबुबाट बलात्कृत भइरहेको जानकारी प्रहरीलाई पनि दिएकी छन्। ‘कुट्ने, पिट्ने र विभिन्न डर, त्रास देखाउने गरेका कारण छोरीले प्रतिकार गर्न र घटना बाहिर ल्याउन सकेकी रहिनछिन्,’ श्रेष्ठले भने, ‘पढ्न छाड्न लागेको थाहा पाएर विद्यालयले सोधपुछ गर्दा मात्रै यति ठूलो जघन्य अपराध बाहिर आयो। बाबुविरुद्ध जबरजस्ती करणी ऐन अन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको श्रेष्ठको भनाइ छ।

२०७६ जेठ २६ गते ६:५६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: