समाचारमा बालबालिका

५० हजार बढी बालबालिका अझै विद्यालय बाहिर

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,६ जेठ, काठमाडौं ।

सरकारले यस वर्ष विद्यालय बाहिर रहेकामध्ये ३९ प्रतिशत विद्यार्थी मात्र विद्यालयमा भर्ना गरेको छ। वैशाख महिनाभरी सञ्चालित विद्यार्थी भर्ना अभियानमा ८८ हजार ८८७ विद्यार्थीमध्ये ३४ हजार ३४४ जना मात्र भर्ना गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए।

 

Read More

७०७ बालबालिकाले पाए अभिभावक

कान्तिपुरमा प्रकाशित,६ जेठ, काठमाडौँ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको एकमहिने विद्यार्थी भर्ना अभियानमा ७ सय ७ बालबालिकाले अभिभावक पाएका छन् ।

Read More

अवैध धार्मिक संस्थाबाट बालबालिका उद्धार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,६ जेठ, पोखरा ।

कानूनी रुपमा दर्तासमेत नगरी पोखरा लेकसाइडको डिहिकोपाटनमा सञ्चालन गरिएको न्युभिजन बालगृहबाट कास्की जिल्ला प्रशासनले शनिबार नौ बालबालिका उद्धार गरेको छ । 

Read More

दाङमा दुर्घटना हुँदा दुई बालकको मृत्यु

नागरिक न्युजमा प्रकाशित,६ जेठ, दाङ ।

दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ। 

Read More

दुर्व्यवहार आरोपमा प्रधानाध्यापक बर्खास्त

नागरिक न्युजमा प्रकाशित,६ जेठ, रामेछाप ।

विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा जिल्लाको लिखु तामाकोसी गाउँपालिका–५, नागदहमा रहेको झट्टेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक केवलबहादुर तिमिल्सिनालाई पदबाट हटाउने निर्णय भएको छ ।

Read More

बलात्कार गरी बालिका हत्या गर्नेलाई ५२ वर्ष कैद

नागरिक न्युजमा प्रकाशित,६ जेठ, रौतहट ।

बलात्कार गरी बालिकाको हत्या गर्ने एक युवकलाई रौतहट जिल्ला अदालतले ५२ वर्ष जेल सजाय सुनाएको छ । न्यायाधीश प्रकाश श्रेष्ठको इजलासले रौतहटको कटहरिया नगरपालिका–१, हर्षाहाका ३० वर्षीय बालकिशोर चौरसियाविरुद्ध ५२ वर्ष कैद सजायको फैसला गरेको हो । 

Read More

विद्यालयमै झुण्डिएको अवस्थामा विद्यार्थी मृता फेला

न्युज २४ मा प्रकाशित,६ जेठ,धनुषा ।

जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा एक विद्यार्थी मृतावस्थामा फेला परेका छन् । जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धीरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

 

Read More

बलात्कार अभियोगमा एक युवा पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,५ जेठ, पाँचथर ।

१५ वर्षकी एक बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथर प्रहरीले एक युवालाई पक्राउ गरेको छ । फिदीम नगरपालिका–४, का २२ वर्षका मनोज लिम्बूलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो । 

 

Read More

गृहकार्य नगरेको भन्दै शिक्षकले कुटपीट गर्दा विद्यार्थीको टाउको फुट्यो

उज्यालो अनलाइनमा प्रकाशित,४ जेठ, डडेल्धुरा ।

परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक विद्यालय बसौटीमा शिक्षकले विद्यार्थीलाई निर्घात कुटपीट गरेका छन् । गृहकार्य नगरेको भन्दै शिक्षकले विद्यार्थी कुटेका हुन् ।

Read More

बालिका बलात्कृत

कान्तिपुरमा प्रकाशित,४ जेठ, सल्यान ।

सिद्ध कुमाख गाउँपालिका–३, कालालेखमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय कविराज बुढाथोकीलाई पक्राउ गरेको छ ।
घर नजिकै खेल्दै गरेकी बालिकालाई फकाएर बुढाथोकीले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

Read More

६ दिनदेखि हराएका तीन बालबालिका भेटिए

उज्यालो अनलाइनमा प्रकाशित,३ जेठ, रुकुम ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा ६ दिन अघिदेखि हराइरहेका तीन बालबालिका बिहीबार सकुशल फेला परेका छन् । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर–१, का उनीहरु बिहान रन्माको हिउँचोइमा फेला परेका हुन् । 

 

Read More

आफन्तबाटै असुरक्षित

कान्तिपुरमा प्रकाशित,३ जेठ, गोरखा ।

चौध वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा गत शुक्रबार ६५ वर्षीय बाबु पक्राउ परे । गोरखा नगरपालिकी सुस्त मनस्थितिकी बालिका बलात्कृत भएको गाउँलेले प्रहरीलाई खवर गरेपछि उनी पक्राउ परेका हुन् ।छोरीलाई पटक–पटक बलात्कार गरेको बाबुले स्वीकारे ।

Read More

तीन बालबालिका बेपत्ता

नागरिक न्युजमा प्रकाशित,३ जेठ, रुकुम ।

पिपलटुङ्मा गाडि हेर्न गएका तीन जना बालबालिकाहरू पाँच दिनदेखि बेपत्ता भएका छन् । गाउँपालिका–१, रन्मामैकोटका तीन जना बच्चा बैशाख २९ गते वेपत्ता भएको आफन्तले जानकारी दिएका छन् । 

Read More

भारतमा अलपत्र ७ बालबालिकाको उद्धार

कान्तिपुरमा प्रकाशित,३ जेठ, काठमाडौं ।

बुबाले सानैमा घर छाडे । ३ महिनापछि आमाले अर्को विवाह गरिन् । सुरुमा उनलाई पनि आमाले सँगै राखिन् । पछि, आमाले पहिलाकै श्रीमानको घरमा फर्काइदिइन् । 

 

Read More

भोजपुरमा बालिका बलात्कार गर्ने युवकलाई ९ वर्ष कैद

उज्यालो अनलाइनमा प्रकाशित,३ जेठ, भोजपुर ।

जिल्ला अदालत भोजपुरले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई ९ वर्ष कैद को फैसला गरेको छ । जिल्ला न्यायाधीश हरिचन्द्र इङनामको एकल इजालसले षडानन्द नगरपालिका वडा नम्बर–१ नेपालेडाँडाका २८ वर्षीय युवक दिनेश देवकोटालाई ९ वर्ष कैद सहित ५० हजार क्षतिपूर्ति दिनु पर्ने फैसला गरेको हो ।

Read More

यार्चा टिप्न गएका विद्यार्थीका लागि घुम्ती विद्यालय

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३ जेठ, डोल्पा ।

डोल्पा जिल्लाका हिमाली पाटनमा यार्चा टिप्न गएका विद्यार्थीका लागि घुम्ती विद्यालयको व्यवस्था गरिएको छ।पढाइ छोडी बालबालिका अभिभावकसँगै यार्सा टिप्न गएपछि पढाइमा वाधा नहोस् भनी घुम्ती विद्यालयको व्यवस्था गरिएको हो ।

 

Read More

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

नागरिक न्युजमा प्रकाशित,३ जेठ, गोरखा ।

विद्यालयमा पढ्ने एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखा नगरपालिका १० छेवेटारस्थित तारा माविका शिक्षक बिनोद पाण्डे पक्राउ परेका छन।
बुधबार विद्यालयमा कम्प्युटर कोठमा भर्ना गर्न लागेका बेला एक्लै रहेको मौका छोपेर छात्रालाई टाउको, हात समाउँदै संवेदनशिल अंगमा सुम्सुम्याएको पिडित बालिकाले परिवारमा बताएपछि घटना बाहिर आएको हो।

Read More

सुर्खेतमा २ बालकलाई चरम यातना

कान्तिपुरमा प्रकाशित,३ जेठ, सुर्खेत ।

चोरीको आरोपमा मरणासन्न कुटाइ खाएका बालकको मुद्दालाई मिलापत्रमार्फत टुंग्याउन प्रहरीलाई दबाब बढेको छ । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा बुधबार मुद्दा दर्ता गरेपछि प्रहरीलाई राजनीतिक दबाब बढेको हो । 

 

Read More

यार्सा संकलनका लागि विद्यार्थी लेकतिर, विद्यालय सुनसान

नयाँ पत्रिकामा प्रकाशित,२ जेठ, जुम्ला ।

जुम्लाका पूर्वी भेग पातारासी गाउँपालिकाका विद्यार्थीहरु यार्सा संकलनका लागि लेकतिर गएपछि विद्यालय सुनसान बनेको छ । बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन गर्ने समय सुरु भएसँगै जिल्ला तथा जिल्ला बाहिरका व्यापारी तथा सर्वसाधारण यार्सा संकलनका लागि लेकतिर गएपछि उनीहरुका बुवा आमाहरुसँग विद्यार्थीहरु पनि यार्सा सकंलनका लागि लेकतिर गएका हुन् ।

Read More

१२ वर्षमा बिहे, १३ वर्षमै आमा

नयाँ पत्रिकामा प्रकाशित,१ जेठ, सुनसरी ।

बाह्र वर्षमा विवाह भएर १३ वर्षमै छोरीलाई जन्म दिएकी सिराहा गोलबजारकी ममता मरिकको बिचल्ली भएको छ । छोरी जन्माएको भन्दै एक महिनाकी सुत्केरीलाई परिवारले घरनिकाला गरेको छ। सप्तरीको गढीगाउँपालिका–७ का गुमन मरिककी छोरी ममताको एक वर्षअघि सिराहा गोलबजार घर भएका २७ वर्षीय प्रकाश मरिकसँग विवाह भएको थियो ।

Read More