समाचारमा बालबालिका

जब १२ वर्षीया बालिकाले बालुवा बोकेर चर्पी बनाइन्

लोकान्तरमा प्रकाशित, ११ पुस, भद्रपुर ।

खाने मुखलाई जुंगाले छेक्दैन भन्ने उदाहरण पेश गरेकी छन् शिवसत्ताक्षी नगरपालिका वडा नं ५ निवासी अशिका राजवंशीले । उमेरले १२ वर्ष नकाटेकी शिवगञ्ज जनआदर्श माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत उनले हालै नदीबाट बालुवा ल्याएर आफ्नो घरमा शौचालय बनाएकी छिन् । 

 

Read More

जाडो बढेसँगै नियमित विद्यालय आउने घटे

न्युज २४ मा प्रकाशित, ११ पुस, दमक । 

जाडो बढेसँगै ग्रामीण बस्तीमा रहेका सामुदायिक विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या घट्न थालेको छ । पुस लागेसँगै चिसो बढेपछि दुर्गम बस्तीका विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थी घट्न थालेका छन् । जाडोले गर्दा कमजोर आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायका बालबालिकाको पठनपाठनमा समस्या हुँदै गएको छ । 

Read More

ट्रिपरको ठक्करबाट बालकको मृत्यु

अनलाइनखबरमा प्रकाशित, ११ पुस, बारा ।

ट्रिपरको ठक्करबाट बारामा एक बालकको मंगलवार दिउँसो मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ इमलीपर्तीका अरुण पासवानका साढे तीन वर्षीय छोरा गोलु पासवानको ट्रिपरको ठक्करबाट धटनास्थलमै मृत्यु भएको हो ।

Read More

बाबुआमाले गरिदिन्छन् बालविवाह

अन्नपूर्ण पोस्टमा प्रकाशित, ११ पुस, जाजरकोट ।

जिल्लाको छेडागाड नगरपालिका ११ फुम्दाकी कौशिला नेपाली २० वर्षकी भइन्। कानुनअनुसार उनको बिहे गर्ने उमेर बल्ल पुग्यो। तर सात वर्षअघि बिहे गरेकी उनी दुई सन्तानकी आमा भइसकिन्। गाउँकै विद्यालयमा पाँच कक्षामा पढ्दै थिइन्। उमेर भर्खर १३ वर्ष थियो। स्थानीय १७ वर्षीय कमल चदाराका लागि केटी माग्न आफन्त कौशिलाको घर आए। घरकाले पनि राजीखुसीले बिहे गरिदिए। 

Read More

इँटाभट्टाका बालबालिका विद्यालय जानबाट वञ्चित

कान्तिपुरमा प्रकाशित,१० पुस, भक्तपुर ।

सुर्खेत धारापानीकी ३१ वर्षीया वसन्ती पुनमगर चाँगुनारायण नगरपालिका ताथलीस्थित एक इँटाभट्टामा काम गर्छिन् । उनी पतिसहित १० र १६ वर्षीय दुई छोरासँगै आएकी छन् । १३ वर्षमै विवाह गरी १५ वर्षमै उनले छोरा जन्माएकी हुन् । उनका जेठा छोरा ओमप्रकाश पनि कक्षा ७ को पढाइ छाडेर आमाबाबुसँगै इँटा बनाउँछन् ।

 

Read More

कठ्याङ्ग्रिँदो जाडोमा विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

साझा सवालमा प्रकाशित,१० पुस, महोत्तरी ।

महोत्तरी जिल्लाको रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयका विद्यार्थी पुसको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य रहेका छन् । जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ४ मा पर्ने रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म गरी जम्मा ४७८ विद्यार्थी अध्ययनरत रहेकामा विद्यालयमा टेबल र बेञ्चको अभावमा उनीहरु विगत १० दिनदेखि जिल्लामा बढेको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य रहेका देखिन्छन् । 

Read More

दोस्रो बालमैत्री वडा घोषणा

राजधानी दैनिकमा प्रकाशित, १० पुस, दैलेख ।

दैलेखको आठबीस नगरपालिका–४ मुलुककै दोस्रो बालमैत्री वडा घोषणा भएको छ । स्थानीय तह सञ्चालन ऐन २०७४, बालबालिका सम्बन्धी ऐन २०४८ एवं नियमावली २०५१ बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ बालमैत्री शासन कार्यान्वयन कार्यविधि २०६८ र बालमैत्री स्थानीय तह घोषणा कार्यविधि २०७० मा व्यवस्था भए बमोजिमका विभिन्न ३९ वटा सूचकहरू पूरा गरेपश्चात् दैलेखको आठबीस नगरपालिका–४ बालमैत्री वडा घोषणा गरिएको हो ।

Read More

खाजाको रकम कटाएर रक्तसंचार केन्द्रलाई सहयोग

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, ९ पुस, बर्दिबास ।

बालबालिकाले खाजाको रकम कटाए रक्तसंचार केन्द्रलाई आर्थिक सहयोग गरिरहेका छन्। रक्तसंचार केन्द्र बर्दिबास महोत्तरीको भवन निर्माणमा आर्थिक अभाव भएपछि स्कुले बालबालिकाले आफ्नो खाजाको रकम कटाएर सहयोग गरिरहेका हुन्।

 

Read More

पेन्सिल तिखार्न नसक्दा कुटाइ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,९ पुस, नेपालगन्ज ।

पेन्सिल तिखार्न नसक्दा नौ वर्षीया बालिकाले शिक्षकबाट निर्घात कुटाइ खानुपरेको छ। बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ स्थित ज्ञानसागर माध्यमिक विद्यालयमा आइतबार दुई कक्षामा अध्ययनरत बालिकाले आफ्नै शिक्षकबाट निर्घाट कुटाइ खानुपरेको हो।

 

Read More

बालविवाह अन्त्यका लागि बैतडी घोषणापत्र जारी गर्दै सकियो शिक्षक सम्मेलन

थाहा खबरमा प्रकाशित, ९ पुस, बैतडी ।

बालविवाह अन्त्यका लागि ९ बुँदे बैतडी घोषणापत्र जारी गर्दै दुई दिने जिल्लास्तरीय शिक्षक सम्मेलन शनिबार सम्पन्न भएको छ। जिल्लाभरीका माध्यामिक विद्यालयका १ सयभन्दा बढी प्रधानाध्यापक सहभागी सम्मेलनले बालविवाह अन्त्यका लागि विद्यालय तह र समाजमा गर्न सकिने कार्ययोजनासहित घोषणापत्र जारी गरेको हो। 

Read More

बालविवाहविरुद्ध जागे किशोरकिशोरी

कान्तिपुरमा प्रकाशित, ८ पुस, सुर्खेत ।

वीरेन्द्रनगर १ मसुरीटोलकी सजना सुनारले पोहोर साल भाइ (काकाको छोरा) को हुनै लागेको विवाह रोकिन् । बालविवाहविरुद्ध स्वतस्स्र्फूत अभियानको नेतृत्व गरिरहेकी उनको यस कदमबाट अभिभावकले चित्त दुखाए । काका र भाइसँग उनको अझै बोलचाल छैन । उनले आफ्नै पहलमा गाउँका ५ जोडीको विवाह रोकेको बताइन् ।

Read More

विद्यार्थीलाई स्वयंसेवा सिकाउँदै सेना

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, ८ पुस, दार्चुला ।

दार्चुलाको एक विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले राष्ट्रिय सेवादल ९एनसीसी० तालिम दिइरहेको छ । महाकाली नगरपालिका वडा नं ४ स्थित महेन्द्र नमुना मावि खलंगाका ३६ छात्रछात्रा तालिममा सहभागी छन् । प्रारम्भिक चरणमा ३६ जना छनोट गरी ७० दिनको संस्थागत तालिम दिइएको र छनोटपश्चात् वार्षिक सामूहिक क्याम्प तथा अन्तिम चरणको २१ दिने तालिमका लागि छात्रछात्रालाई बाँकेको कोहलपुर पठाइने दुर्गादल गुल्म दार्चुलाका गुल्मपति सेनानी सन्तोष गुरुङले जानकारी दिएका छन् ।

Read More

एक वर्षमा २७ सय बालबालिका हराए , ७ सय मात्रै भेटिए

रातोपाटीमा प्रकाशित, ७ पुस, काठमाडौं ।

काठमाडौँ । आर्थिक वर्ष २०७४/०७५ लागेको ४ महिनामा ६ सय ५५ जना बालबालिका हराएका छन् । हराएका मध्ये २ सय ६८ जना बालबालिका भेटिएका छन् ।

Read More

किशोर किशोरीलाई स्वास्थ्य शिक्षा

रातोपाटीमा प्रकाशित, ७ पुस, पाल्पा ।

विहेवारी बिस वर्ष पारी’ भने पनि यस जिल्लामा अझैपनि उमेर नपुग्दै विवाह हुने क्रममा कमी आउन सकेको छैन । उमेर नपुग्दै अर्थात् किशोरावस्थामा नै विवाह गरेर घरजम गर्नेको संख्या अहिले पनि उत्तिकै छ । 

 

Read More

बोक्सी प्रथाविरुद्ध पाठ्यक्रम तयार पार्न आदेश

नागरिक न्युजमा प्रकाशित, ७ पुस, काठमाडौं ।

सर्वोच्च अदालतले बोक्साबोक्सीलगायत कुप्रथाविरुद्ध पाठ्यक्रम तयार गरी विद्यालय तहको शिक्षामा समावेश गर्न आदेश दिएको छ । न्यायाधीशद्वय केदारप्रसाद चालिसे र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सचेतनाका लागि उपयुक्त पाठ्यक्रम तयार गरी समावेश गर्न शिक्षा मन्त्रालयलाई आदेश दिएको हो ।

 

Read More

महिना दिन पुग्दा पनि बेपत्ता बालक भेटिएनन्

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, ७ पुस, राजविराज ।

साथी भेट्न भन्दै मंसिर ८ गते कोठाबाट निस्केका राजविराज नगरपालिका १२ सिग्यौनका १३ वर्षीय मिथलेश यादव अझै सम्पर्कमा आएका छैनन् । लिटिल एन्जेल्स मोर्डन सेकेन्डरी स्कूल कक्षा छ मा अध्ययनरत मिथलेशको खोजी गरिदिन आग्रह गर्दै परिवारले प्रहरीमा निवेदन दिएको २८ दिन भएको छ ।

 

Read More

१ सय ६२ विद्यालय शान्ति क्षेत्र घोषणा

कान्तिपुरमा प्रकाशित, ६ पुस, कालिकोट ।

विद्यालयमा राजनीतिक गतिविधि नगर्ने, बालबालिकालाई दण्ड सजाय नदिने र सशस्त्र गतिविधि नगर्ने प्रतिबद्धतासहित कालीकोटका १ सय ६२ विद्यालयलाई औपचारिक रूपमा शान्ति क्षेत्र घोषणा गरिएको छ ।

Read More

अंग्रेजी विषयका शिक्षक १५/१५ दिनमा फेरिए, विद्यार्थी समस्यामा

उज्यालो अनलाइनमा प्रकाशित, ६ पुस, रसुवा ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेको सरस्वती आधारभूत विद्यालयमा अंग्रेजी विषयको शिक्षक १५/१५ दिनमा फेरिँदा विद्यार्थीलाई समस्या भएको छ । गुणस्तरीय शिक्षा दिने भन्दै बेलाबेलामा शिक्षक फेरिने क्रम चल्दै जाँदा पढाएको बुझ्न कठिन भएको विद्यार्थी बताउँछन् । 

Read More

ट्र्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु

 नागरिक न्युजमा प्रकाशित, ६ पुस, महोत्तरी ।

 महोत्तरीको गौशालामा ट्र्याक्टरले ठक्कर दिँदा एकजना बालिकाको मृत्यु भएको छ।  आज बिहान गौशाला नगरपालिका–११ लक्ष्मीनियाँमा ज१त ५५४१ नंको ट्र्याक्टरले ठक्कर दिँदा स्थानीय १२ वर्षीया अञ्जलीकुमारी महतोको मृत्यु भएको हो। 

Read More

बालभिटाको प्रयोगले कुपोषण दर घट्दै

रातोपाटीमा प्रकाशित, ६ पुस, पाल्पा ।

पाल्पामा बालभिटाको प्रयोगले बालबालिकामा कुपोषण र निमोनियाको दर घट्दै गएको छ । जन्मेको छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फुर्तिलो बनाउनका लागि बालभिटा खुवाउने गरिन्छ । 

 

Read More