स्कुल जाँदैनन् बंगेरीका बालबालिका
https://ekantipur.com/pradesh-3/2020/10/15/160274320962039783.html, आश्विन २९, २०७७
बङगेरी, (हेटौंडा) — सिलाबरको थोत्रो थाल । त्यसैमा निस्तो ढिँडो खाइरहेका छन् बालबालिका । छेवैमा छन्, आमा सुविना र बाबु सोमबहादुर चेपाङ ।
भर्खर २७ वर्ष पुगिन् सुविना । यही उमेरमा उनका ६ सन्तान छन्, एकदेखि १२ वर्षसम्मका । त्यसो त उनले ९ वटा बच्चा जन्माएकी हुन् । तीन जना जोगिएनन् । ती सबैको झाडापखालाले ज्यान गएको सुविना बताउँछिन् ।
मंगलबार बिहान यो चेपाङ दम्पती छोराछोरीलाई ढिँडो खुवाएर मजदुरीमा निस्कने हतारोमा थियो । उनीहरूले दुई माना मकैको पिठोको ढिँडो पकाएर ८ जनाले भाग लगाए । तरकारी थिएन । चोप्ने नुनखुर्सानीसम्म नि थिएन । बिहान ८ बजे खाएको यही ढिँडोले बेलुकीसम्म धान्नुपर्छ ।
बेलुकी आमाबाबुले ज्यालाबनी गरेर पिठो ल्याए बच्चाबच्चीको पेटमा पर्छ । नत्र भोकै सुत्नुपर्छ । त्यसैले उनीहरू सबै जना कुप्रोषणले ग्रस्त भएझैं देखिन्छन् । पिँडुला साना, पेट ठूलो छ । उनीहरूका आङमा कपडा त छ, तर सबै च्यातिएको । त्यसमाथि मयल कटकटिएको छ ।
Read More