समाचारमा बालबालिका

१६ वर्षीया बालिकालाई बलात्कार गर्ने दुई आरोपीलाई पक्राउ

न्युज २४ मा प्रकाशित,५ फगुन, बाजुरा ।

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–७ झालीकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले शनिवार दुई जनालाई पक्राउ गरेको हो ।

Read More

डुबेर बालिकाको मृत्यु

रातोपाटीमा प्रकाशित,५ फागुन, जाजरकोट ।

वारेकोट गाउँपालिका ६ का लालवहादुर वोहराका ४ वर्षीय छोरी यसोदा वोहराको पानीमा डुबेर मृत्यु भएको छ ।

Read More

बलात्कारपछि बहिनीको हत्या : परिवारले नै दबाउन खोज्यो घटना

कान्तिपुरमा प्रकाशित,५ फागुन, सप्तरी ।

सप्तरी जिल्लामा एक युवकले ११ वर्षीया बहिनीको बलात्कारपछि हत्या गरेका छन् । खडग नगरपालिका ९ लालपटीका १८ वर्षीय राजदेव मण्डलले आफ्नै काकाकी छोरीको बलात्कारपछि हत्या गरेका छन् ।

Read More

दुई वर्षीया बालिका बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ फागुन, राजविराज ।

दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १२ वर्षीय बालक पक्राउ परेका छन्। बालिकालाई उनकै छिमेकी बालकले बलात्कार गरेको आरोपमा पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ। घटनाको सूचना पाएलगत्तै पुगेको इलाका प्रहरी कार्यालय छिन्नमस्ताको टोलीले बालकलाई बिहीबार पक्राउ गरेको जनाएको छ।

Read More

किशोरी आमा बढे

कान्तिपुरमा प्रकाशित,३ फागुन, रामेछाप ।

बच्चाले दूध मागेको कुरा बुझ्न नसक्ने अवस्थाका किशोरी यहाँ आमा बनेका छन् । ‘अस्पतालमा सुत्केरी गराउन आउनेमध्ये ३० देखि ४० प्रतिशत आमा २० वर्ष मुनिका भेटिन्छन्,’ मन्थली प्राथमिक केन्द्रकी प्रमुख डा। निलिजा शाक्यले भनिन्, ‘रामेछापमा कलिलो उमेरमा सुत्केरी हुने दर उच्च छ ।

Read More

करेन्ट लागेर बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ फागुन, उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका –३ बगाहामा करेण्ट लागेर घाइते भएका बालकको बुधबार उपचारको क्रममा मृत्यु भएको छ ।

Read More

चिसोले दर्जन विद्यालय बन्द

कान्तिपुरमा प्रकाशित,२ फागुन, संखुवासभा ।

चिसो अत्यधिक बढेपछि जिल्लाको उत्तरी भेगका एक दर्जन विद्यालय बन्द गरिएका छन् । उच्च हिमाली क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकाका विद्यालय बन्द गरिएका हुन् । हिमपात नभए पनि तुसारो जम्न थालेपछि त्यहाँको तापक्रम शून्य डिग्रीभन्दा तल झरेको छ । 

Read More

ट्याक्टरको ठक्करबाट छोराको मृत्यु, आमा घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ फागुन, महोत्तरी ।

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा गएराति ट्याक्टरले बाटो काट्दै गरेका आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन्।

Read More

नदी किनारमा फालिएकी नवजात शिशुको जीवितै उद्धार

उज्यालो अनलाइनमा प्रकाशित,२ फागुन, महोत्तरी ।

महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा नदी किनारमा फालिएको अवस्थामा १ दिनको नवजात बालिकालाइ जीवितै उद्धार गरिएको छ । सोनमा गाउँपालिका वडा नंबर – ४ गुलरीया जाने बाटोमा रहेको रुपनी नदीको किनारमा फालिएको बालिकालाई बुधबार गाउँलेहरुको सहयोगमा मंगरथानाका प्रहरीले उद्धार गरेको हो ।

 

 

 

Read More

विद्यार्थी हत्याको आरोपमा प्रअ रोकाया पक्राऊ

नयाँ पत्रिकामा प्रकाशित,२ फागुन, हुम्ला ।

एसइई परिक्षाको तयारी गर्दै आएकी १७ वर्षीय सिचुडोमा लामाको हत्या आरोपमा प्रधानाध्यापक धनलाल रोकायालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ९ बजे हुम्ला जाने क्रममा सुर्खेतका विमान स्थलबाट पक्राउ परेका हुन ।

Read More

भक्तपुरमा बाघको आक्रमणमा परी ६ वर्षीय बालकको मृत्यु

साझा सवालमा प्रकाशित,१ फाल्गुन, भक्तपुर ।

सूर्यविनायक नगरपालिका–७ गुण्डु पानी ट्यांकीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । सोमबार साँझ पसल गएर फर्किने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका छ वर्षीय छोरा शिरीषलाई बाघले घिसारेर जंगलमा लगी खाएको प्रहरीले जनाएको छ । 

Read More

भारतमा हराएका सुनिल पन्जाब प्रहरीको सहयोगमा घर आइपुगे

थाहा खबरमा प्रकाशित,१ फाल्गुन, कपिलवस्तु ।

चार वर्षअघि भारतको पन्जाबबाट हराएका सुनिल बिक पन्जाब प्रहरीको सहयोगमा अभिभावकसम्म पुगेका छन्। झापाको झापा गाउँपालिका–६, शरणामतिका १४ वर्षीय सुनिललाई सोमबार उनका अभिभाव समक्ष बुझाइएको हो।

 

Read More

प्रहरीको सक्रियतामा बाल विबाह रोकियो

सिन्धुली सौगातमा प्रकाशित,२९ माघ, सिन्धुली ।

कमलामाई नगरपालिका मै हुनलागेको बालविवाह आईतबार प्रहरीको सक्रियतामा रोकिएको छ । कमलामाई ६ कि एक १५ बर्षे बालिकाको विवाहहुन लागेको उजुर आए पछि बालअधिकारकर्मी लागाएत प्रहरीको सक्रियतामा विवाह रोकिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीकी प्रहरी निरीक्षक सोभा पाण्डेयले बताईन ।

Read More

सात वर्षीया बालिका बलात्कृत

कान्तिपुरमा प्रकाशित,२९ माघ, धरान ।

सुनसरीको बराह नगरपालिका–१ खहरे बस्ने सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय १५ वर्षीय छिमेकी किशोर खेमराज परियारले जबर्जस्ती बलात्कार गरेको बालिकाले प्रहरीलाई बताएकी छिन् ।

Read More

अपहरणमा परेका बालकको तीन घण्टामै उद्धार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ माघ, लहान ।

 अपहरणमा परेका एक बालकलाई शनिबार तीन घण्टाभित्रै प्रहरीले सकुशल उद्धार गरी एक अपहरणकारीलाई समेत पक्राउ गर्न सफल भएको छ। 

Read More

इटहरी बलात्कार : आरोपी भारतबाट पक्राउ

कान्तिपुरमा प्रकाशित,२७ माघ, इटहरी । 

बालिका बलात्कारका आरोपी विराटनगरका मनिष श्रेष्ठलाई प्रहरीले भारतको पश्चिम बंगालबाट पक्राउ गरी शनिबार सुनसरी ल्याएको छ । 

Read More

घरमा आगलागी हुँदा तीन बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,२७ माघ, रसुवा ।

रसुवाको नौकुण्ड गाउँपालिका–५ सिस्नेरी एक घरमा आगो लाग्दा तीन बालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो सवा तीन बजे वीरबहादुर मोक्तानको घरमा लागेको आगोमा परेर तीन बालिकाको मृत्यु भएको हो ।

Read More

ट्रयाक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित,२७ माघ, महोत्तरी ।

महोत्तरीमा ट्रयाक्टरको ठक्करबाट एक जना बालकको ज्यान गएको छ । ज १ त ७६७० नम्बरको ट्रयाक्टरको लोहरपाटीमा २ वर्षीय बालक कासिम महमदलाई ठक्कर दिँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

Read More

​पराल हाल्न गएकी बालिका बलात्कृत

उज्यालो अनलाइनमा प्रकाशित,२७ माघ, सिरहा ।

गाईलाई गोठमा पराल हाल्न गएकी सिरहा नगरपालिका –३, की ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । गाउँमै मिलापत्र गरी घटना गुपचुप गर्न लागे पनि बालिकाको रक्तश्राव नरोकिँदा घटना दुई दिनपछि सार्वजनिक भएको हो ।

Read More

खाजा खुवाउने’ भन्दै बालिका बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ माघ, नेपालगन्ज ।

नेपालगन्जको पुष्पलाल चोक नजिक रहेको होटल दरबार ‘खाजा खान’ पुगेकी एक बालिका बलात्कृत भएकी छन्। बिहीबार राती करिब सवा १० बजेतिर होटलको २१० नम्बर कोठामा १४ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

Read More