समाचारमा बालबालिका

विद्यालय जाँदै गरेका बालकलाई टिपरले ठक्कर दियो, घटनास्थलमै मृत्यु

थाहा खबरमा प्रकाशित,२३ माघ, बैतडी ।

दार्चुलामा टिपर ठक्करबाट एक बालकको ज्यान गएको छ।  मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका –९ का अन्दाजी ६ वर्षीय महेश महर रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ।

Read More

विद्यालय पठाउनै सकस, खोलामा विद्यार्थी खोज्दै शिक्षक

कान्तिपुरमा प्रकाशित,२३ माघ, सिरहा ।

घरछेउमै भए पनि उनी विद्यालय जाँदिनन् । लहान नगरपालिकास्थित घलेटोलकी १२ वर्षीया सन्जु मरिक डोम घरमै भाइबहिनी खेलाउँदै दिन बिताउँछिन् । विद्यालय जाने उमेरका ७ वर्षीया बहिनी अमृता र ४ वर्षीय भाइ रोहितको हेरचाह गर्ने जिम्मेवारी उनको काँधमा छ । परिवारका सदस्य बंगुरपालन र बाँसजन्य सामग्री उत्पादन तथा बिक्री गर्न व्यस्त छन् ।

Read More

हिउँको ढिस्कोमाथि पढाइ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२३ माघ,मनाङ ।

मनाङमा दुई साताअघि परेको हिउँ बिलाएको छैन। जमिनमा खुट्टा गढ्ने बाक्लो हिउँ छ भने कठ्यांग्रिँदो चिसोले जनजीवन प्रभावित भएको छ। तर, चिसोले बिदा भएको सदरमुकाम चामे र तिमाङको विद्यालयले भने हिउँमै पढाइ सुरु गरेका छन्।

Read More

औषधि खुवाएर बलात्कार

कान्तिपुरमा प्रकाशित,२२ माघ, सुर्खेत ।

वीरेन्द्रनगरमा एक किशोरीमाथि बलात्कार भयो। ती किशोरी अशक्त थिइन्। अटोरिक्सामा चढेकी उनलाई चालकले यात्राकै क्रममा पानी खान दिए। पानी खाएपछि किशोरी बेहोस भइन्। अटोभित्रै चालकले बलात्कार गरे।

Read More

सात लाख ७० हजार बालबालिका विद्यालय बाहिर

नागरिक न्युजमा प्रकाशित,२२ माघ, काठमाडौं ।

युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिएका छन्। सोमबारदेखि शुक्रबारसम्म नेपाल भ्रमणमा रहेका उनले ललितपुरका विद्यालय, युवा क्लब र समुदायका बालबालिकालाई भेटी तिनको दैनिक जीवनमा आउने चुनौतीको सामना गर्ने तरिकाबारेमा जानकारी लिएको युनिसफ नेपालका सञ्चार विशेषज्ञ शर्मिना मानन्धरले जानकारी दिए।

Read More

अब कक्षा ८ सम्मै रंगीन पुस्तक

नयाँ पत्रिकामा प्रकाशित,२१ माघ,काठमाडौँ ।

आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्मका विद्यार्थीले रंगीन पुस्तक पढ्न पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न रङका पाठ्यपुस्तक छपाउने निर्णय गरेको हो । यसअघि कक्षा ५ सम्मका विद्यार्थीहरूले मात्र रंगीन पाठ्यपुस्तक पढ्दै आएका थिए । कक्षा ९ र १० मा भने श्यामश्वेत पुस्तक हुनेछन्।

Read More

कोटा अनाथ, पढ्छन् बाठाका सन्तान

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ माघ, काठमाडौं ।

अनाथ बालबालिकाका लागि छुट्याइएको शिक्षा कोटामा बाल मन्दिरका पदाधिकारीले रजाइँ गरिरहेको पाइएको छ।निजी विद्यालयले अनाथ बालबालिकाका छुट्याएको निःशुल्क अध्ययन कोटा र विभिन्न माध्यमबाट आएको सहयोगमा बाल मन्दिरकै पदाधिकारीका सन्तान पढिरहेका छन्।

Read More

चार दिनअघि अपहरित बालकको उद्धार, दुई अपहरणकारी पक्राउ

कान्तिपुरमा प्रकाशित,२१ माघ, बारा ।

प्रहरीले चार दिन अघि अपहरित १० वर्षीय एक बालकलाई सोमबार उद्धार गरी २ जना अपहरणकारीलाई पक्राउ गरेको छ । अपहरित प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँका जयप्रकाश साहका छोरा आकाशकुमार साहलाई कलैया उप महानगरपालिका–२४ श्रीपुर गाउँबाट उद्धार गरिएको हो ।

Read More

छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ माघ, पर्सा ।

छोरीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पर्साकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनका बुबालाई पक्राउ गरेको हो।

Read More

नेपाल बाल संगठनको सम्पत्ति कति ?

ईमेजखबरमा प्रकाशित,२१ माघ, काठमाडौं ।

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बाल संगठन (बाल मन्दिर)को सम्पत्ति सरकार मातहत ल्याउन निर्देशन दिएको छ । तर, बाल मन्दिरको नाममा के–कति सम्पत्ति छ भन्ने तथ्यांक बाल संगठनसँगै छैन।

Read More

बालविवाह नरोकिँदा बढ्दै किशोरी आमा

नागरिक न्युजमा प्रकाशित,२१ माघ, रोल्पा ।

जिल्ला अस्पताल रोल्पामा १८ विर्षीया एक किशोरी भेटिइन्, जो आमा बनिसकेकी छिन्। आफ्ना दुई वर्षीय छोरालाई रुघाखोकी र ज्वरोले सताएपछि उनी अस्पताल आएकी हुन्। झट्ट हेर्दा आमा भनेर पत्याउन गाह्रो पर्ने उनी रोल्पा नगरपालिका दार्बोटकी जयकला परियार हुन्।

Read More

सानै उमेरमा बिहे, सन्तान जन्मेपछि पछुतो

कान्तिपुरमा प्रकाशित,२१ माघ, बझाङ ।

व्यासी स्वास्थ्य चौकीमा गर्भजाँच गर्न आएकी रञ्जा थापाले स्वास्थ्यकर्मीलाई आफ्नो विवरण टिपाइन् । उमेर १८ वर्ष पुग्दै गरेकी थापाका २ छोरा छन् । बझाङको छबीस पाथिभेरा गाउँपालिकाकी थापाले स्थानीय शान्ति मावि, चौघानपाटामा कक्षा पाँचमा पढ्दै गर्दा प्रेम विवाह गरेकी हुन् ।विहे गर्दा उनको उमेर १३ वर्षमात्र थियो ।

Read More

‘झण्डा बाबा’को कर्तुत :पुरी खान गएर बालिकामाथि बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० माघ, वीरगन्ज ।

१४ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतका एक साधुबाबालाइ पक्राउ गरेको छ। बाराको कोल्हबी नगरपालिका-११ रामपुर्वामा स्थानीय १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५३ वर्षीय भारतीय साधुबाबालाई पक्राउ गरेको हो।

Read More

घरको छतबाट खसेर एक बालिकाको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,२० माघ, बागलुङ ।

जिल्लाको बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट खसेर एक बालिकाको ज्यान गएको छ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भएका बिमला बिककी १५ महिनाकी छोरी दिपसिना बिकको पक्की घरको छतमा खेल्दै गर्दा खसेर ज्यान गएको हो।

Read More

छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

कान्तिपुरमा प्रकाशित,२० माघ, उदयपुर ।

छोरी बलात्कारको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिकाका ४५ वर्षीय बुबा पक्राउ परेका छन् । केही दिनअघि १२ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै आमाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि बुबा पक्राउ परेका हुन्।

Read More

पोषण र स्वास्थ्य सुधारका लागि ‘स्वस्थ बच्चा प्रतिस्पर्धा

नागरिक न्युजमा प्रकाशित,२० माघ, धादिङ ।

खानपान, स्वास्थ्य जाँच, सरसफाइमा ध्यान नपु(याउँदा धेरै बालबालिका कुपोषणको सिकार भएका छन्। मातृशिशु स्वास्थ्यमा आवश्यक लगानी र हेरचाह नहुँदा बालबालिकाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। पोषण र स्वास्थ्यमा सुधारका लागि धादिङमा ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ कार्यक्रम सञ्चालन गरिएको छ। जिल्लाको दक्षिणी भेगको गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न ठाउँमा आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिई कार्यक्रम सञ्चालन गरिएको हो।

Read More

बलात्कारको आरोपमा फरार रहेका एक जना विमानस्थलबाट पक्राउ

कान्तिपुरमा प्रकाशित,२० माघ, काठमाडौँ ।

बलात्कारको आरोपमा फरार रहेका एक जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । धादिङको गुजरी गाउँपालिका घर भएका हरिकृष्ण भनिने हेमनसिंह बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले विमानस्थलबाट पक्राउ गरेको हो ।

Read More

बाल संगठनको सबै सम्पत्ति सरकार मातहत ल्याऊ

अनलाइनखबरमा प्रकाशित,२० माघ, काठमाडौं ।

नेपाल बाल संगठनको चल–अचल सबै सम्पत्ति र बालबालिकाको संरक्षण सरकार मातहत ल्याउन संसदीय समितिले निर्देशन दिएको छ । प्रदेशगत एवं स्थानीय तहगतरुपमा बालबालिकाको संरक्षण गर्ने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

Read More

भतिजी अपहरण गरेर १६ लाख मागेपछि

कान्तिपुरमा प्रकाशित,२० माघ, भक्तपुर ।

म ग्रीष्माको बाबा बोलेको, ग्रीष्मालाई सन्‍चो छैन, आज छोरी लिन आउन भ्याउँदिनँ, भाइसँग पठाइदिनुहोला’ आइतबार बिहान करिब ११ बजे मध्यपुर थिमि–५ निकोसेरास्थित ग्लोरी इङलिस बोर्डिङ स्कुलमा फोन आयो । फोनमा भनेअनुसारै ग्रीष्मा राउतलाई लिन १२ बजेर १० मिनेटमा अपरिचित व्यक्ति हेलमेट लगाएरै स्कुल प्रवेश गरे । स्कुलका शिक्षकले ती व्यक्तिलाई हेलमेट खोल्न लगाए ।

Read More

‘बेडरेष्ट’ले छात्रा नियमित

नागरिक न्युजमा प्रकाशित,१९ माघ,सुर्खेत ।

गुर्भाकोटको आनन्द मावि गुमीकी छात्रा निशा बुचा महिनावारी हुँदा तीन दिनसम्म विद्यालयमा अनियमित हुन्थिन्। बेन्चमा लामो समयसम्म बस्न गाह्रो हुन्थ्यो। पेट दुख्थ्यो। आराम गर्ने ठाउँ थिएन्। स्कुल छुटाउने रहर कस्को पो हुन्छ र १ विद्यालयमा अध्ययरत निशाजस्तै दुई सय बढी किशोरी महिनावारी समस्याका कारण बाध्यताले अनियमित हुन्थे। यसको प्रत्यक्ष असर उनीहरुको पढाईमा पर्दथ्यो।

Read More