समाचारमा बालबालिका

यौन दुराचारको आरोपमा क्यानेडियन नागरिक जेल चलान

बाल यौन दुराचारको आरोपमा एक क्यानेडियन नागरिक पूर्पक्षका लागि जेल चालान भएका छन्। ६० वर्षीय क्यानेडियन नागरिक पिटर जोन डालल्गिस पूर्पक्षका लागि वैशाख २७ गते जेल चलान भएका हुन्। विषेश सूचनाको आधारमा २०७४ चैत्र अन्तिम साता काभ्रेपलाञ्चोक, मण्डन देउपुर नगरपालिका १ स्थित चिलकाजी महर्जनको घरबाट पिटर पक्राउ परेका थिए। बन्धक बनाइ राखेका १२ र १४ वर्षका २ नेपाली पीडित बालकलाई समेत प्रहरीले उद्दार गरेको थियो। नेपाली बालकलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन दुराचार जस्तो अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा केन्द्रीय अनुसन्धन ब्यूरो ९सीआईबी० ले पक्राउ गरी जिल्ला अदालत काठमाडौँमा मुद्दा चलाएको थियो।पिटरले नेपालमा पछिल्लो केही बर्षदेखि हिमालय कम्युनिटी पाउन्डेशन नामक संस्था सञ्चालन गरी गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्ने गरेको र ती समुदायका बालकलाई पढाईदिने, बिदेश घुमाईदिने, ठूलो भएपछि जागिर लगाईदिने भन्दै समाजसेवीको आवरणमा स-साना बालकहरूलाई यौन शोषण गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक९एसपी० दिपक रेग्मीले बताए। अभियुक्त युद्भ पीडित बालबालिका, कामदार बालबालिका तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेको, ३ वटा मानार्थ बिध्यावारिधि प्राप्त गरेको, सडक बालक अन्तर्राष्ट्रियको संस्थापक रहेको, युएन ह्याबिटेट अफगानिस्तान मा कन्ट्री रेप्रिजेन्टिभको रूपमा समेत काम गरेका थिए। उनलाई मुलुकी ऐनको महल १४ जबर्जस्ती करणीको ९ (क) मा बाल यौन दुराचार अपराधमा अधिकतम १५ बर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति हुनसक्ने कानुनी व्यवस्था छ।

२०७६ जेठ २८ गते १२:१२ मा प्रकाशित