समाचारमा बालबालिका

१२ बर्षीया बालिकालाई सामूहिक बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, २ पुस, जनकपुरधाम ।

जनकपुरमा एक १२ बर्षीया बालिका सामूहिक बलात्कारको शिकार बनेकी छिन्। 

Read More

बाल विवाहले बढायो ‘बहुविवाह’

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, २ पुस, बागलुङ ।

बागलुङको तमानखोला गाउँपालिका-१ का १३ वर्षीया सुनिता गोतामेले तमान २ सिलगुमका किसान बिकसँग कक्षा ५ मा पढ्दा पढ्दै बिहे गरिन् । तर, बिहे गरेको तिन बर्षमै श्रीमानले दोस्रो बिहे गरे पछि हालै तिन लाख रुपैयाँमा सम्वन्ध बिच्छेद गरिन् । 

Read More

बालविवाह हटाउन धामीझाँक्री सक्रिय

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, २ पुस, बैतडी ।

बैतडीको पाटन नगरपालिका ६ का हरिप्रसाद जोशी हिजोआज निकै व्यस्त देखिन्छन् । पहिला–पहिला स्थानीयको घरमा धामी काँप्नका लागि पुग्ने उनी अहिले भने सचेतना जगाउन सक्रिय भएका छन् । समाजमा रहेका अन्धविश्वास र कुरीति हटाउन धामीहरू समूह नै बनाएर सक्रिय भएका हुन् । 

Read More

बिहे रोक्न पञ्चेबाजा

नागरिक न्युजमा प्रकाशित, २ पुस, प्युठान ।

मसिंरको अन्त्यसँगै सुनसान हुने गाउँमा जहाँ बिहेका कुरा हुँदैनन् र बज्दैनन् पञ्चेबाजा पनि। मसिंरको सुरुदेखि नै गाउँभरि बज्ने पञ्चेबाजाहरु अहिले भने प्युठानमा मसिंरको अन्त्य र पुसको सुरुवाती समयमै बजेको छ। यो कुनै विवाहमा बजेको बाजा भने  होइन। गाउँमा पञ्चेबाजा वजाएर विवाह गर्ने प्रचलन जहाँतहिँ छ, तर प्युठानमा पुसको पहिलो दिनमै बालविवाह गर्नुहुन्न भनी गाउँलेहरु पञ्चेबाजा बजाएर जनचेतनामा लागेका हुन् ।

Read More

सरकारी राहत ससुराले खान खोजे, १७ वर्षिया विधवा न्यायको खोजीमा

उज्यालो अनलाइनमा प्रकाशित, २ पुस, धनुषा ।

धनुषाको साविकको भरतपुर गाविस – २ की रोशन खातुन १७ वर्षकी हुनुभयो । १४ वर्षमा बिहे गरेकी रोशनले २ वर्ष नहुँदै श्रीमान् गुमाउनु पर्यो। । रोशनको सिउँदो पखालियो । त्यो पनि कानुनी रुपमा बिहे हुन नपाउँदै । 

Read More

झाडापखाला लागेका १४ महिने बालकलाई बोक्सी लागेको भन्दै फलाम तताएर हानेपछी

समाचार संसारमा प्रकाशित, २८ मङ्सिर, पाँचथर ।

पाँचथरको ओयाममा झाडापखाला लागेको १४ महिने एक वालकलाई स्थानीय विजुवाहरुले वोक्सी लागेको भन्दै ढुंगा र फाली तताएर डाम्दा बालक गम्भिर घाइते भएका छन् ।

Read More

आफ्नैबाट असुरक्षित बालबालिका

आजको शिक्षामा प्रकाशित, १२  मङ्सिर, काठमाडौं ।

बालबालिका आफ्नै छिमेकी, आफन्तबाट समेत असुरक्षित रहेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिले गरेको एक अध्ययनमा बालबालिकामाथि भएको कुल बलात्कारका घटनामध्ये ८७ प्रतिशत छिमेकी, आफन्त र आफ्नै बुवाबाट भएको तथ्य पाइएको छ । 

Read More

एचआइभी संक्रमित बालबालिका समस्यामा

नागरिक न्युजमा  प्रकाशित, २९ मङ्सिर, बैतडी । 

बैतडीमा एचआइभी संक्रमित बालबालिका समस्यामा परेका छन्। शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच पुग्न नसकेकाले उनीहरु समस्यामा पर्ने गरेको एचआइभी क्षेत्रमा कार्यरत संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले बताए।  

Read More

डेस्क–बेन्च ३, विद्यार्थी ६३

कान्तिपुरमा प्रकाशित, २९ मङ्सिर, चितवन ।

कालिका नगरपालिका ११ स्थित रन्तेस आधारभूत विद्यालयमा ६३ जना विद्यार्थी अध्ययनरत छन् । तर उनीहरूका लागि बस्न ३ वटा मात्र डेक्सबेन्च छन् । ती डेक्सबेन्चमा साना कक्षामा पढ्ने बालबालिकाले बस्न त परै जाओस्, ठूलाले समेत पालो लगाएर बस्नुपर्ने बाध्यता छ । डेक्सबेन्च नहुँदा बालबालिका भुइँमा बसेर पढ्ने गरेका छन् ।  

Read More

विद्यार्थीलाई सैन्य तालिम

कान्तिपुर दैनिकमा प्रकाशित, २९ मङ्सिर, बैतडी । 

बैतडी स्थित दशरथचन्द नगरपालिकका जगदम्बा मावि र दशरथचन्द माविका ७२ विद्यार्थी सेनाको राष्ट्रिय सेवा दल (एनसीसी) तालिममा सहभागी भएका छन् । 

Read More

सुर्खेतमा किशोरी आमाहरु बढ्दै जान थालेपछि

साझा सवालमा प्रकाशित, २९ मङ्सिर, सुर्खेत । 

सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ । उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो । 

Read More

१० छात्रछात्राले गरे दाइजो नलिई विवाह गर्ने अठोट

अनलाईनखबरमा प्रकाशित, २६ मङ्सिर, पर्सा  ।

तराई मधेसको समाजमा दाइजो प्रथा प्रमुख सामाजिक कुरीति मध्ये एक हो । दाइजो कम ल्याएको वा नल्याएको वा भने अनुसारको नदिएको विभिन्न बहानामा महिलाहरुलाई शारीरिक र मानसिक यातना दिने गरिएको छ ।

Read More

काठमाडौंमा अण्डा खुवाएर बालिकामाथि बलात्कार

लोकान्तर डट कम मा प्रकाशित, २६ मङ्सिर, काठमाडौं ।

बौद्ध डेरा गरी ओखलढुंगाकी ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । दुईवटा अण्डा खान दिई ललाईफकाई आफ्नै डेरा कोठामा लगी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने ताप्लेजुङको ओलाङचुङगोला–५ का ४५ वर्षीय सन्तोष गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

Read More

गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी धेरै

नागरिक दैनिकमा प्रकाशित, २२ मङ्सिर, काठमाडौं  ।

सीमा राना (नाम परिवर्तन) अहिले २० वर्षकी भइन् । उनी काठमाडौँकै एक कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्। थापाथलीस्थित प्रसुति गृहमा भेट हुँदा उनी गर्भपतनका लागि आएकी थिइन् । अविवाहित उनले केटा साथीले परिवार नियोजनको साधन प्रयोग गर्न नमानेकाले गर्भ रहेको बताइन् । 

Read More

जुम्रा मार्न टाउकोमा विषादी हाल्दा बालिकाको मृत्यु

नागरिक दैनिकमा प्रकाशित, २५ मङ्सिर, खोटाङ ।

जुम्रा मार्न टाउकोमा हालिएको विषादीका कारण खोटाङमा एक बालिकाको मृत्यु भएको छ । 

Read More

बैतडीमा बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना तयार

साझा सवालमा प्रकाशित, मङ्सिर १७, बैतडी ।

बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना तयार गरिएको छ । सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने सरकारको लक्ष्यअन्तर्गत बैतडीलाई पनि बालविवाह मुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनीतिक कार्ययोजना तयार पारिएको हो ।

Read More

मोबाइल र सामाजिक सञ्जालका कारण बालविवाह बढ्दो

नागरिक दैनिकमा प्रकाशित, १९ मङ्सिर, बैतडी

पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् ।  फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ ।

 

Read More

भोजपुरमा बालिका बलात्कारपछि हत्या प्रयास

अनलाइन खबरमा प्रकाशित, १३ कात्तिक, भोजपुर ।

भोजपुरको दक्षिण आम्चोक गाउँपालिकामा एक बालिकाको बलात्कारपछि हत्या प्रयास भएको छ । आम्चोक गाउँपालिका-९ दुम्मानाका १४ वर्षीया बालिकालाई कात्तिक ११ गते स्थानीय सन्तोष श्रेष्ठले बलात्कार गरेका थिए ।

 

Read More

६ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या

तौलिहवा: जिल्लाको चन्द्रौटामा एक नाबालिकाको बलात्कार पछि हत्या गरिएको छ।

Read More

१० रुपैयाँको नोट समातेको अवस्थामा बाकसभित्र बालक मृत भेटिए

बाकसभित्र पसेर पैसा खोज्ने क्रममा एक्कासि ढक्कन लागेर कुण्डीमा अड्किएपछि निसास्सिएर बालकको मृत्यु भएको हुनसक्ने प्रहरीले शङ्का गरेको छ।

Read More