बालबालिकासम्बन्धी ऐन, २०७५ अन्तर्गत विशिष्टिकृत संस्थाको रुपमा गठित भइ नेपाल सरकारको नीति र निर्देशनको अधिनमा रही संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धि, १९८९ को कार्यान्वयनको क्रममा बालअधिकार संरक्षण, सम्बद्र्धन र बालबालिकाको विकासका लागि राष्ट्रिय बाल अधिकार परिषद्को गठन भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिकासँग सम्बन्धित सूचना, तथ्याङ्क तथा जानकारीलाइ एकिकृत रूपमा प्रस्तुत गर्नका साथै बालबालिकाको क्षेत्रमा काम गर्ने व्यक्ति एवं संस्थाको खाेज तथा अनुसन्धान कार्यमा सहयोग पुर्याउने अपेक्षााले यो पाेर्टल लाइ प्रयाेगमा ल्याइएको छ ।साथै राष्ट्रिय बाल अधिकार परिषद्को बारेमा बिस्तृत जानकारी तल उल्लेख गरिएको छ ।
यो बालबालिकाले आफ्नो कुरा राख्ने ठाउँ हो । यहाँ बालबालिका आफैले वा अभिभावक, संरक्षक मार्फत आफ्नो भनाइ पठाउन सक्नुहुने छ ।
यो बालअधिकारका विषयमा खुल्ला छलफल गर्ने चौतारी हो। यहाँ निश्चित समयावधिभर बालअधिकार सम्बन्धी कुनै एक विषयमा केन्द्रित भई बृहत छलफल गरिने छ।
बालसंरक्षण सम्बन्धी समस्याहरूका लागि आवश्यक सहयोग लिन, उजुरी दिन एवम् थप सूचना जानकारी लिन, दिन सकिने सरकारी निकायहरूको सम्पर्क नम्बरहरू यहाँ उपलब्ध छन् ।
यस स्तम्भमा बालबालिकासँग सम्बन्धित विभिन्न क्षेत्रगत तथा विषयगत तथ्याङ्कहरु राखिने छ । बालबालिकाको क्षेत्रमा क्रियाशिल निकाय तथा संघसंस्थाबाट उपलब्ध तथ्याङ्कलाई अध्यावधिक गरि राखिने हुँदा सो पठाउनु हुन अनुरोध छ ।
यस स्तम्भमा देशभरमा विभिन्न निकाय तथा संघसंस्थाबाट भएगरेका बालबालिका लक्षित कार्यक्रम, सूचना तथा जानकारीमूलक विवरणहरू राखिने भएकाले त्यस्ता कार्यक्रम, सूचना वा जानकारी भएमा केन्द्रीय बालकल्याण समितिको इमेल contact@ccwb.gov.np मा पठाउन अनुरोध छ । यस अतिरिक्त आफ्नो वरीपरि भएका बालअधिकार उल्लंघनसम्बन्धी घटनाहरूसमेत पठाउन सकिनेछ । फोटो तथा भिडियो फेसबुक आईडी Ccwb Nepal वा Facebook Messenger (crmccwb@gmail.com) मा पठाउन सकिनेछ ।
https://www.onlinekhabar.com/2021/01/923386 २०७७ पुष २९
२९ पुस, सुर्खेत । कालीकोटमा बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ । एक छोरा घाइते भएका छन् ।
जिल्लाको नरहरिनाथ गाउँपालिका- ७, दुधेलीस्थित भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।
Read more »बालअधिकारसँग सम्बन्धित संवैधानिक एवम् कानूनी दस्तावेजहरू, राष्ट्रिय कार्ययोजना, वार्षिक प्रतिवेदन, विषयगत पुस्तकहरू, सूचना तथा सन्देशमूलक प्रकाशन लगायतका स्रोत सामग्री यस स्तम्भमा राखिएको छ।
नेपाल सरकार
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
राष्ट्रिय बालअधिकार परिषद्
पुल्चोक, ललितपुर
फोन : ०१-५५५०१२१,५५५०१४७
फ्याक्स : ५५२७५९१
इमेल : contact@ncrc.gov.np;ncrc.council@gmail.com