समाचारमा बालबालिका

सामुदायिकको सिकाइ ‘निराशाजनक’

कान्तिपुरमा प्रकाशित,२५ पुस, काठमाडौँ ।

सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको सिकाइ स्तर अत्यन्त निराशाजनक रहेको निष्कर्ष शिक्षा मन्त्रालयको अध्ययनले निकालेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा २ र ३ का विद्यार्थी जोडा मिलाउन र वाक्य लेखनमा समेत कमजोर पाइएको छ । 

Read More

स्थानीय तहमा बाल संरक्षण डेस्क राखिँदै

नागरिक न्युजमा प्रकाशित,२५ पुस, इलाम ।

प्रदेश नम्बर १ का सबै विद्यालयमा बालक्लब गठन र संरक्षक शिक्षक अनिवार्य व्यवस्था गरिने भएको छ । प्रदेश १ का जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिले यहाँका प्रत्येक महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका कार्यालयमा बालसंरक्षण डेस्क राख्ने र ‘फोकल पर्सन’समेत व्यवस्था गर्ने प्रतिबद्धता गरेका हुन् ।

 

 

Read More

७ महिने शिशुसहित थप ७ को मृत्यु, सामुदायिक विद्यालयमा थप चार दिन बिदा

राजधानी दैनिकमा प्रकाशित,२४ पुस, राजविराज ।

चिसो बढेपछि सप्तरीमा थप सात जनाको मृत्यु भएको छ । चिसोका कारण हालसम्म जिल्लामा १४ जनाको मृत्यु भइसकेको छ ।

Read More

भाइरलबाट एक बालकको मृत्यु

कान्तिपुरमा प्रकाशित,२४ पुस, जाजरकोट ।

जुनीचाँदे गाउँपालिकामा फैलिएको मौसमी रुघाखोकीका कारण सोमबार एक बालकको मृत्यु भएको छ । मौसमी रुघाखोकीले जुनीचाँदे २, मौगानका रामबहादुर नेपालीका २ महिने छोरा भूपेन्द्रको मृत्यु भएको हो ।

 

Read More

आँगनमा खेलिरहेकी बालिकाको ट्याक्टरको ठक्करबाट मृत्यु

सेतोपाटीमा प्रकाशित,२३ पुस, महोत्तरी ।

महोत्तरीको कलवा ननगरपालिका ९ रौजामा एउटा ट्याक्टरको ठक्करबाट आँगनमा खेलिरहेकी एक बालिकाको मृत्यु भएको छ ।

 

Read More

जाडोले कठाङ्ग्रिएर सिरहामा बालकसहित तीनको मृत्यु

अनलाइनखबरमा प्रकाशित, २३ पुुुुस,सिरहा । 

सिरहा लगायत पूर्वी तराइमा शीतलहरले प्रकोपकै रुप लिएको छ । शीतलहरले बढेको जाडोका कारण कठाङ्ग्रिएर तीन जनाको मृत्यु भएको छ ।  दुई सातादेखि लगातार चलेको शीतलहरका कारण सिरहामा एक बालकसहित तीन जनाको मृत्यु भएको हो ।

Read More

बालबालिकाको खोपमा वार्षिक सवा २ अर्ब खर्च

नयाँ पत्रिकामा प्रकाशित, २३ पुस, काठमाडौं ।

सरकारले बालबालिकालाई दिने अत्यावश्यक मानिएका ११ खोपमा वार्षिक सवा २ अर्ब खर्च गर्ने गरेको छ । जन्मेदेखि १ वर्षसम्मका ६ लाख ४० हजार बालबालिकाका लागि आर्थिक वर्ष ०७४/०७५ मा २ अर्ब ११ करोड १७ लाख तीन हजार रुपैयाँ खर्च भएको छ । 

Read More

यौन अपराधको भुंग्रोमा नाबालिका

नागरिक न्युजमा प्रकाशित,२३ पुस, झापा ।

बाबुदेखि शिक्षकसम्म, छिमेकीदेखि अन्य नातेदारसम्मका व्यक्तिबाट यौन अपराधको चपेटामा पर्ने  बालिकाको संख्या लगातार बढ्दै गएको छ । केही वर्षयता यौन अपराधको घटना धेरै हुँदै आएको झापामा सन् २०१६ मा पनि धेरै बालिका र महिला त्यस्तो पाशविक अपराधको शिकार बनेका छन् । 

Read More

सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको शिकार

रातोपाटीमा प्रकाशित,२३ पुस, सिरहा ।

सिरहामा करिब १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा रहेको एक अध्ययनले देखाएको छ । ‘क्विक एसिस्टेन्ट’ नामक संस्थाले गरेको अध्ययनअनुसार सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा परेको देखाएको हो । 

Read More

बारा र पर्साका विद्यालय थप चार दिन बन्द

अनलाइनखबरमा प्रकाशित,२२ पुस, बारा ।

अत्याधिक चिसो बढेपछि बारा र पर्साका विद्यालयहरु थप चार दिन बन्द हुने भएका छन् । दुबै जिल्लाका प्रशासनले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मौसममा सुधार नआएको तथा अत्याधिक चिसो र शितलहरले पठनपाठन सञ्चालन गर्न कठिन भएको पर्साका जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले जानकारी दिए ।

Read More

कक्षाकोठा र कार्यालय एउटै शौचालय नहुँदा चौरमा शौच

राजधानी दैनिकमा प्रकाशित, २१ पुस, अछाम ।

जिल्लाका अधिकांश विद्यालयमा पर्याप्त कक्षाकोठा र  भवन अभाव रहेको पाइएको छ । कतिपय विद्यालय भवनबिना नै सञ्चालनमा रहेको समेत पाइएको छ । पछिल्लो समयमा विभिन्न बहानामा खोलिएका विद्यालयका व्यवस्थापन समितिले ध्यान दिन नसक्दा अधिकांश विद्यालयमा भवनबिना नै पठनपाठन भइरहेका छन् । 

Read More

ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित, २१ पुस,रुकुम ।

रुकुम पूर्वमा ट्र्याक्टरको ठक्करबाट एक बालबालिकाको मृत्यु भएको छ। जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका–६ रुकुमकोटमा ट्र्याक्टरको ठक्करबाट सोही ठाउँकी छ वर्षीया हिसिला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। 

 

Read More

सहज बन्दै महिनावारी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ पुस,गुल्मी ।

गुल्मीको दुर्गम मदाने गाउँपालिका–२ बाँझकटेरीकी अपेक्षा विक पहिलोपल्ट महिनावारी (रजस्वला) हुँदा गोठमा बसिन्। अहिले १९ वर्षकी उनी पहिलोपल्ट महिनावारी हुँदा ११ वर्षकी थिइन्। बुवाआमाले विकलाई विद्यालय नपठाएर ७ दिनसम्म गोठबाट बाहिर निस्कन दिएनन्। चिसोमा कष्टपूर्ण दिन बिताउन उनलाई धेरै सकस पर्यो । कलिलै उमेरमा महिनावारी हुँदा आफूले धेरै समस्या भोग्नुपरेको उनी सम्झन्छिन् ।

Read More

बिहेको उमेर नपुग्दै सन्तानको रहर पूरा

कान्तिपुरमा प्रकाशित, २० पुस, बैतडी/हटौंडा ।

बैतडीको डिलासैनी गाउँपालिका–३ रुद्रेश्वरकी वसन्ती बोहरा २० वर्ष पुगिन्। बिहेको उमेर नहुँदै दुई सन्तानकी आमा बनेकी वसन्तीले स्थायी परिवार नियोजन गरिसकेकी छन्। सिगास गाउँपालिका–२ धौलाडीकी निर्मला धामीको बल्ल बिहे गर्ने बेला भयो। २१ लागेकी धामीका दुई सन्तान छन्। १६ वर्षमै बिहे भएकी उनले पनि स्थायी परिवार नियोजन गरेकी छन्। बिहेबारे थाहा नहुँदै आफ्नो बिहे भयो। 

Read More

भ्यानको ठक्करबाट तीन महिने बालिकाको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित, २० पुस, भक्तपुर ।

भक्तपुरमा बुधबार राति भएका दुर्घटनामा दुईजनाको ज्यान गएको छ । भक्तपुरको पाण्डुबजार सुन्दरबस्तिमा भ्यानले ठक्कर दिँदा ३ महिनाकी बालिकाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

Read More

चिसो बढेपछि धनुषाका विद्यालय बन्द

अनलाइनखरबमा प्रकाशित, १९ पुस, धनुषा ।

प्रतिकूल मौसमका कारण धनुषा जिल्लाका सामुदायिक विद्यालय आजदेखि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार अधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

 

Read More

प्रदेश नं २ मा खोपको मात्रा पूरा गर्ने बालबालिकाको संख्या न्यून

कान्तिपुरमा प्रकाशित, १९ पुस, काठमाडौं ।

सरकारले विभिन्न ३३ जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषित गरेपनि २ नम्बर प्रदेशका कुनै जिल्ला अहिलेसम्म समेटिन सकेका छैनन् । मानव सूचकांकमा पछाडि परेका प्रदेश नम्बर २ का ८ जिल्लाका बालबालिकाले खोपको सम्पूर्ण मात्रा पुरा गर्न नपाएका हुन् । 

Read More

बेवारिसे बालिकाको उद्धार : नाम, ठेगाना सोध्दा हाँस्ने मात्रै गर्छिन्

न्युज २४ मा प्रकाशित, १९ पुस, बैतडी । 

प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटबाट मंगलबार एक बेवारिसे बालिकाको उद्धार गरेको छ । मानसिक सन्तुलन गुमाएकी गीता भट्ट नाम बताउने अन्दाजी १५ वर्षीया बालिकाको उद्धार गरिएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो ।

Read More

महिनावारी हुँदा विद्यालयमा भोग्नु पर्ने समस्या छात्राहरु आफैले मेटाए

न्युज २४ मा प्रकाशित, १९ पुस, ओखलढुंगा ।

बिद्यालय तहमा अध्ययन गर्ने छात्राहरु महिनावारी भएको बेला बढी समस्यामा पर्ने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । महिनावारी भएको समय धेरैजसो छात्रा विद्यालय जाँदैनन् । बिद्यालयमा महिनावारी भएको बेला प्रयोग गरिने सेनिटरी प्याड सहज उपलब्ध नहुनु र प्याड फेर्ने सुरक्षित स्थान नहुने समस्याले धेरै छात्रा महिनावारी भएको बेला बिद्यालय जाँदैनन् ।

Read More

चिसो बढेसँगै हुम्लाका विद्यालयहरू बन्द

थाहा खबरमा प्रकाशित, १८ पुस, हुम्ला ।

हिमाली जिल्ला हुम्लामा चिसो बढेसँगै सामुदायिक तथा निजी सम्पूर्ण विद्यालयहरू बन्द भएका छन्। सरकारले उच्च हिमाली जिल्लाहरूका विद्यायालयहरूमा पुस १५ देखि ४५ दिने हिउँदे बिदा दिएको हो।  आगामी फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने भए तापनि फागुन २ गते महाशिवरात्रि परेका कारण फागुन ३ गतेदेखि विद्यायालय खुल्ने मानसरोवर माध्यमिक विद्यालयका शिक्षक अमरबहादुर शाहीले बताए। 

 

Read More