समाचारमा बालबालिका

पढाइ छाड्दै किशोरी

कान्तिपुरमा प्रकाशित,११ भदौ, बागलुङ ।

घरमा आमा एक्लै । उनले मेलापात र पशु चरनको काम भ्याउन गाह्रो परेपछि सघाउनका लागि रचना घर्तीले गत जेठबाट पढ्न जान छाडिन् । ढोरपाटन ७ बोबाङस्थित ज्ञानोदय माविमा उनी ७ कक्षामा पढथिन् ।

Read More

फेवातालमा १७ वर्षीया किशोरीको शव फेला

सेतोपाटीमा प्रकाशित,११ भदौ, पोखरा ।

पोखरा पुम्दीभुम्दी घर भएकी एक किशोरीको शव ड्यामसाइडस्थित फेवातालमा भेटिएको छ। आइतबार रातिदेखि सम्पर्कविहीन १७ वर्षीया सुस्मिता लामिछानेको शव फेवाताल किनारामा भेटिएको हो।

Read More

कक्षाकोठामा मोबाइल प्रयोग गर्ने शिक्षकको आधा तलब कट्टा

नयाँ पत्रिकामा प्रकाशित,१० भदौ, अछाम ।

चौरपाटी गाउँपालिका–६ दुनीस्थित पञ्चकोटी आधारभूत विद्यालयले कक्षाकोठामा मोबाइल प्रयोग गरे सो दिनको आधा तलब कट्टा गर्ने नियम बनाएको छ । कक्षाकोठामा शिक्षकले पठाउनेभन्दा पनि मोबाइलमै बढी समय बिताउन थालेको विद्यार्थीले गुनासो गरेपछि अविभावक भेलाले यस्तो नियम बनाएको हो ।

Read More

कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो

रातोपाटीमा प्रकाशित,१० भदौ, लहान ।

सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन् । 

Read More

जनै फेर्न गएका बालक खोलाले बगाएर बेपत्ता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० भदौ, फिदिम ।

नुहाएर जनै फेर्न बुवासँगै घरबाट निस्किएका एक बालक खोलाले बगाएर बेपत्ता छन्। पाँचथरको सुभाङ घर भई सदरमुकाम फिदिम बजारको गणतन्त्र चोकमा पसल गर्दै आएका राजेन्द्र उप्रेतीका नौ वर्षीय छोरा डेनिस उप्रेतीलाई हेंवा खोलाले बगाएर बेपत्ता बनाएको हो। 

Read More

डुबेर बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० भदौ, मोरङ ।

मोरङको कटहरी गाउँपालिका–२ मा एक बालिकाको पानी जमेको खाल्डोमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।  रामप्रसाद राजवंशीकी दुई वर्षीय छोरी नैना राजवंशीको घर नजिकै पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

बिहे गर्ने उमेरमै सम्बन्ध बिच्छेद

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० भदौ, स्याङ्जा ।

आँधीखोला गाउँपालिकाका राजेन्द्र लामिछानेसँग ३ वर्षअघि बिहे हुँदा सबिना क्षेत्रीको उमेर १७ वर्षमात्र थियो। उनको २३ वर्षे राजेन्द्र लामिछानेसँग विवाह भएको थियो। 

Read More

चोरीको आरोपमा पाँच किशोर पक्राउ

थाहा खबरमा प्रकाशित,९ भदौ, झापा ।

प्रहरीले चोरीको घटना संलग्न भएको आरोपमा पाँचजना किशोरलाई झापाको भद्रपुरबाट पक्राउ गरेको छ। झापाको सदरमुकाम आसपासका क्षेत्रमा पछिल्लो समयमा चोरीका घटना बढेसँगै वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले दुई छुट्टाछुट्टै स्थानमा चोरी भएपछि उनीहरूलाई रंगेहात पक्राउ गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

Read More

पोखरामा १३ वर्षीया बालिकाको रहस्यमय मृत्यु : बलात्कारपछि हत्याको शंका

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,९ भदौ, पोखरा ।

पोखरा महानगरपालिका-१९ लामाचौरकी १३ वर्षीया बालिकाको मृत्यु रहस्यमय बनेको छ। बिहीबार विद्यालयबाट अध्ययन सकेर बहिनीसँगै घर फर्कने क्रममा घरभन्दा एक सय मिटर वरै स्कुल बसबाट ५ः३० बजे एक्लै ओर्लिएकी पुष्पा केसी शुक्रबार साँझ गाउँ नजिकै मृत फेला परेकी हुन्।केसी विन्ध्यवासिनी मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन्।

Read More

छोरी जन्मिए बैंक खाता

कान्तिपुरमा प्रकाशित,८ भदौ, सुर्खेत ।

वीरेन्द्रनगर–६, बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोरी प्रतिज्ञालाई जन्म दिइन् । परिवारले जन्म दर्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैंक खाता खोलिदियो ।

Read More

रहस्यमय बन्यो बालिका बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,८ भदौ, ललितपुर ।

नयाँ मुलुकी अपराध (संहिता) लागू भएको एक साता नबित्दै ललितपुरमा नाटकीय रूपमा बालिका बलात्कृत भएको घटना बाहिर आएको छ। भदौ १ गते गोरखाबाट काठमाडौं आएकी तेह्रवर्षीय बालिका गत मंगलबार गोदावरी जंगलमा बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ।

Read More

रुपन्देहीमा सात वर्षीया बालिका सुतेकै ठाउँमा बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,८ भदौ, रुपन्देही ।

बलात्कारको विषयमा सदनमा बहस र सडकमा आन्दोलनमा भइरहेको बेला रुपन्देहीमा एकजना नाबालिका बलात्कृत भएकी छिन् । जिल्लाको कञ्चन गाउँपालिका–३ धमिरातालकी ७ वर्षीया बालिकालाई आफ्नो घरमा सुतिरहेको अवस्थामा त्यही स्थानका २० वर्षीय विकल पुनले उनलाई जबरजस्ती करणी (बलात्कार) गरेको रुपन्देहीका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए ।

Read More

नाच हेर्न गएका दुई बालिका बलात्कृत

नागरिक न्युजमा प्रकाशित,७ भदौ, सुर्खेत ।

छिमेकीको घरमा नाच हेर्न गएका पूर्वी सुर्खेतका दुई बालिका बलात्कृत भएका छन्। भदौ २ गते राति नाच हेर्न गएका १५ र १७ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ।

Read More

विद्यार्थी बेहोस, विद्यालय बन्द

उज्यालो अनलाइनमा प्रकाशित,७ भदौ, रुकुम पश्चिम ।

एक हप्तादेखि विद्यार्थीमा अनौठो लक्षण देखिएपछि रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ९ नुवाकोटस्थित हिमालय जनता मावि बन्द गरिएको छ । पछिल्लो एकसातादेखि विद्यार्थीमा अनौठो लक्षण देखा परेको छ । 

Read More

६ वर्षमूनिका बालबालिकालाई घरमा पनि एक्लै छाड्न नपाइने

सेतोपाटीमा प्रकाशित,६ भदौ, काठमाडौं ।

सरकारले ६ वर्षमूनिका बालबालिकालाई एक्लै छाड्न रोक लगाउने गरी बालबालिकासम्बन्धी विधेयक तयार गरेको छ। विधेयकले बालबालिकाको हेरविचार, पालनपोषण तथा वृति विकासमा बाबु र आमाको समान दायित्व हुने व्यवस्था पनि गरेको छ।

Read More

आमाको कुटाइबाट छोरीको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित,६ भदौ, झापा ।

आफ्नै आमाको कुटाइबाट एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू) की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

Read More

गोदावरी जंगलमा १३ वर्षीया बालिका बलात्कृत

अनलाइनखबरमा प्रकाशित,६ भदौ, काठमाडौं ।

ललितपुरको नख्खुस्थित एक घरमा घरेलु कामदारको रुपमा राखिएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । घर लगिदिन्छु भन्दै गोदावरीस्थित जंगलमा पुर्याुएर उनीमाथि बलात्कार भएको हो । प्रहरी स्रोतका अनुसार बालिकामाथि बलात्कार भएको मेडिकल रिपोर्टले पुष्टि गरेको छ ।

Read More

ताप्लेजुङमा अर्की किशोरीमाथि सामूहिक बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,६ भदौ, ताप्लेजुङ ।

ताप्लेजुङमा बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । मैवाखोला गाउँपालिकामा एक किशोरीलाई भदौ ४ गते दुईजनाले बलात्कार गरेका हुन् । किशोरीलाई घर नजिकको कोदोबारीमा बलात्कार गरेको घटना सार्वजनिक भएको हो । 

Read More

नालामा डुबेर बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,६ भदौ, कञ्चनपुर ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्साहमा १४ वर्षीय दिनेश महराको नालाको पानीमा डुबेर बुधवार मृत्यु भएको छ। कल्भट नजिकै खेल्ने क्रममा पानीमा खस्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।

Read More

भतिजी बलात्कार गर्न खोज्ने पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,६ भदौ, धादिङ ।

आफ्नो भतिजी नाता पर्ने एक १४ वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने सिद्धलेक गाउँपालिका–५ कुम्पुरका १८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । 
उनले बालिकाको आमा बच्चा बिरामी भएर उपचारका लागि गएको र बुबा विदेश गएकोले घरमा एक्लै भएको मौका पारी मंगलबार दिउँसो बलात्कारको प्रयास गरेका थिए । 

Read More