समाचारमा बालबालिका

उमेर नपुग्दै आमा

नागरिक न्युजमा प्रकाशित,३ माघ, हुम्ला ।

कानुनले बाल विवाहलाई बर्जित गरे पनि हुम्लामा भने प्राय उमेर नपुग्दै किशोरीहरु विवाह गर्ने र कलिलै उमेर आमा बन्दै आएका छन्। बाल विवाह गर्नु कानुन विपरित भए पनि यसको वेवास्ता गर्दै यहाँ बाल विवाह रोकिएको छैन्।

Read More

गाडीले ठक्कर दिएकी किशोरीको मृत्यु

कान्तिपुरमा प्रकाशित,३ माघ, कालिकोट ।

पाँच दिनअघि जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको लु१ज ३१८५ नम्बरको गो कर्णाली यातायात समितिको टाटा सुमो जिपले ठक्कर दिएर सक्त घाइते भएकी खाँडाचक्र–३, की १८ वर्षीया किशोरी देविका पाण्डेको मृत्यु भएको छ।

Read More

आफ्नै शिशुलाई मार्ने आमा पक्राउ

रातोपाटीमा प्रकाशित,२ माघ, काठमाडौं ।

आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । काठमाण्डौँ महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ।

 

Read More

इँटाभट्टाबाट ६ बालबालिकाको उद्धार, भट्टा सञ्चालक पक्राउ

अनलाइनखबरमा प्रकाशित,२ माघ, विराटनगर ।

आफ्ना बुबा आमासँग आएर इँट्टाभट्टामा काम गर्ने ६ बाल श्रमिकलाई उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र सिविन नेपालको टोलीले इँटाभट्टामा काम गर्ने पाँच भारतीय र एक नेपाली बाल श्रमिकको उद्दार गरेको हो।

Read More

चितुवाको आक्रमणबाट बालक घाइते

उज्यालो अनलाइनमा प्रकाशित,२ माघ, बैतडी।

बैतडीको शिवनाथ गाउँपालिकामा चितुवाको आक्रमण परेर ११ वर्षीय बालक घाइते भएका छन् । घाइते हुनेमा शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडी ओल्याका रवीन्द्र धनाडी  रहेका छन्।

Read More

बँदेलको आक्रमणबाट किशोर घाइते

गोरखापत्रमा प्रकाशित,२ माघ, बाजुरा ।

बाजुराको बडीमालिका नगरपालिकामा जङ्गली जनावर बँदेलको आक्रमणबाट एक किशोर गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बडीमालिका नगरपालिका–७ ढम्कनेका १५ वर्षीय रोशन रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो।

Read More

बलात्कारी पक्राउ

गोरखापत्रमा प्रकाशित,२ माघ, बाजुरा।

बूढीगङ्गा नगरपालिका–८ नुवाकोट ४७ वर्षीय दलबहादुर थापालाई मङ्गलबार प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ गरेको छ । थापाले १२ वर्षीया बालिकालाई गोठमा भैँसीलाई पानी र घाँस हाल्न गएको बेलामा बलात्कार गरेको जिल्ला प्रहरी कार्यायमा पीडितकी आमाले उजुरी दिनुभएको छ।

Read More

बालविवाहविरुद्ध मुसहर किशोरी

कान्तिपुरमा प्रकाशित,१ माघ, सिरहा ।

मुसहर समुदायका किशोरीहरू अचेल कानुनी र शारीरिक, मानसिक रूपमा समेत सबल नभएसम्म विवाह गरिदिन हतारो गर्नुहुन्न भन्दै बालविवाह विरुद्धको अभियानमा सक्रिय भएका छन् ।

Read More

बालिका बलात्कार तथा हत्यामा धर्मपितालाई जन्मकैद

नागरिक न्युजमा प्रकाशित,१ माघ, धरान ।

धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ। जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो।

Read More

शैक्षिक भ्रमण गएकी बालिका बेपत्ता

नागरिक न्युजमा प्रकाशित,१ माघ, काभ्रे ।

मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन्।

Read More

सवारी दुर्घटनामा बालकको मृत्यु

कान्तिपुरमा प्रकाशित,१ माघ, दाङ ।

लमही नगरपालिका–५ रातोडाँडामा लु १ च ८०४१ नम्बरको पिकअप जिपले ठक्कर दिँदा मङ्गलवार एक जना बालकको मृत्यु भएको छ । फैटी गाउँपालिका–३ बाजुरा घर भई लमहीमा कोठा भाडामा बस्ने सात वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

कोकमा रक्सी मिसाएर किशोरी बलात्कार गर्ने युवक पक्राउ

थाहा खबरमा प्रकाशित,२९ पुस, झापा ।

पेयपदार्थ कोकको बोतलमा रक्सी मिसाएर दुई जना युवकले भद्रपुरका एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

Read More

फूल्चोकी जङ्गलमा हराइरहेका १६ किशोर–किशोरीको प्रहरीद्वारा सकुशल उद्धार

रातोपाटीमा प्रकाशित,२९ पुस, ललितपुर।

ललितपुरको गोदावरी नगरपालिकामा रहेको फूल्चोकी जङ्गलमा हराइरहेका १६ जनाको महानगरीय प्रहरी परिसर ललितपुरले सकुशल उद्धार गरेको छ।

Read More

बालकको खुट्टा काटियो

कान्तिपुरमा प्रकाशित,२९ पुस, झापा ।

झापाको दमक ४ स्थित एक आयुर्वेदिक उपचार केन्द्रले गरेको गलत उपचारका कारण एक बालकको खुट्टा गुमेको आफन्तले आरोप लगाएका छन् ।

Read More

यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

अनलाइनखबरमा प्रकाशित,पुस २९, नवलपरासी ।

नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुरव्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११, भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुरव्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो।

Read More

सडक किनारामा खेल्दै गरेका बालकको टिपरको ठक्करबाट मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२९ पुस, महोत्तरी ।

महोत्तरीको सम्सी गाउँपालिका-२ स्थित पर्सादेवाडमा आइतबार बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। स्थानीय शेख फलादको ८ वर्षीय छोरा शेक सदानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय जलेश्वर महोत्तरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताए।

Read More

मोबाइलको ब्याट्री पड्किँदा एक बालकको मृत्यु, एक घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ पुस, विराटनगर ।

आगोमा परेको मोबाइलको ब्याट्री पड्किँदा विराटनगरमा एक बालकको घटनास्थलमै ज्यान गएको छ।अर्की एक बालिका गम्भीर घाइते भएकी छन्।विराटनगर महानगरपालिका–१५ रामजानकी चोकमा शुक्रबार दिउँसो स्थानीय जगन्नाथ मण्डलको निर्माणाधीन घरभित्र आगो आगो ताप्ने क्रममा मोबाइल परेको थियो।

Read More

दुर्गमका विद्यालय : वर्षमा दुई महिना मात्रै पढाइ

कान्तिपुरमा प्रकाशित,२७ पुस, बझाङ ।

साइपाल गाउँपालिकाको धलौन माध्यमिक विद्यालयको ७ कक्षामा पढ्ने कविता धामी कात्तिक १५ देखि नै फुर्सदमा छिन् । अर्धवार्षिक परीक्षा दिएर हिउँदे बिदा भएको उनको स्कुल एकैपटक फागुनको १६ गते मात्र खुल्ने भएपछि उनी लामो बिदा मनाउन सदरमुकाम झरेकी छन्। 

Read More

बुबाले चलाएको बसले किच्दा छोराको मृत्यु

थाहा खबरमा प्रकाशित,२७ पुस, दमौली ।

बन्दीपुर गाउँपालिका–४ मा बसले किच्दा एक किशोरको मृत्यु भएको छ। पिप्लेका १५ वर्षीय विश्वास थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

Read More

इँटा बनाउने ठाउँमा पाइलैपिच्छे जोखिम

उज्यालो अनलाइनमा प्रकाशित,२४ पुस, काठमाडौं ।

एक महिनाअघि बावुआमासँगै इँटा बनाउने खेतमा बस्न थालेका धनुषाका ५ वर्षीय अजित तामाङको हातखुट्टा र मुख समेत फुटेर बिरुप भएको छ । छोरोको अवस्था देखेर बावुआमा चिन्तित छन्।

Read More