समाचारमा बालबालिका

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

ललितपुरको फुर्के डाँडा प्राविका प्रधानाध्यापक राम नारायण यादवलाई प्रहरी पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त चापागाउँले कक्षा ३ मा अध्ययनरत ८ बर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपमा पक्राउ गरेको हो। ललितपुरको बाग्मती गाउँपालिकास्थित फुर्के डाँडा प्राविमा अध्ययनरत ती बालिकालाई प्रधानाध्यापक यादवले कक्षामा कोही नभएको मौका पारी यौन दुर्व्यवहार गरेको आरोप छ। कक्षा ३ मा तीन जना विद्यार्थी अध्ययन गर्ने र जेठ १९ गते २ जना विद्यार्थी नआएको ती बालिका मात्रै पढ्न आएको बखरतमा प्रधानाध्यापक यादवले दर्व्यवहार गरेको स्थानीय प्रहरी चौकीमा उजुरी परेको थियो। स्थानीय प्रहरी चौकीले मिलाउने प्रयास गरेको भन्दै आफन्तहरुले चापागाउँ प्रहरी चौकीमा उजुरी गरेपछि यादवलाई पक्राउ गरी अहिले चापागाउँ ल्याइएको पीडितका आफन्तले बताएका छन्।

२०७६ जेठ २३ गते १२:११ मा प्रकाशित