तीन बालबालिका बेपत्ता
नागरिक न्युजमा प्रकाशित,३ जेठ, रुकुम ।
पिपलटुङ्मा गाडि हेर्न गएका तीन जना बालबालिकाहरू पाँच दिनदेखि बेपत्ता भएका छन् । गाउँपालिका–१, रन्मामैकोटका तीन जना बच्चा बैशाख २९ गते वेपत्ता भएको आफन्तले जानकारी दिएका छन् ।
Read Moreनागरिक न्युजमा प्रकाशित,३ जेठ, रुकुम ।
पिपलटुङ्मा गाडि हेर्न गएका तीन जना बालबालिकाहरू पाँच दिनदेखि बेपत्ता भएका छन् । गाउँपालिका–१, रन्मामैकोटका तीन जना बच्चा बैशाख २९ गते वेपत्ता भएको आफन्तले जानकारी दिएका छन् ।
Read Moreकान्तिपुरमा प्रकाशित,३ जेठ, काठमाडौं ।
बुबाले सानैमा घर छाडे । ३ महिनापछि आमाले अर्को विवाह गरिन् । सुरुमा उनलाई पनि आमाले सँगै राखिन् । पछि, आमाले पहिलाकै श्रीमानको घरमा फर्काइदिइन् ।
Read More
उज्यालो अनलाइनमा प्रकाशित,३ जेठ, भोजपुर ।
जिल्ला अदालत भोजपुरले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई ९ वर्ष कैद को फैसला गरेको छ । जिल्ला न्यायाधीश हरिचन्द्र इङनामको एकल इजालसले षडानन्द नगरपालिका वडा नम्बर–१ नेपालेडाँडाका २८ वर्षीय युवक दिनेश देवकोटालाई ९ वर्ष कैद सहित ५० हजार क्षतिपूर्ति दिनु पर्ने फैसला गरेको हो ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,३ जेठ, डोल्पा ।
डोल्पा जिल्लाका हिमाली पाटनमा यार्चा टिप्न गएका विद्यार्थीका लागि घुम्ती विद्यालयको व्यवस्था गरिएको छ।पढाइ छोडी बालबालिका अभिभावकसँगै यार्सा टिप्न गएपछि पढाइमा वाधा नहोस् भनी घुम्ती विद्यालयको व्यवस्था गरिएको हो ।
Read More
नागरिक न्युजमा प्रकाशित,३ जेठ, गोरखा ।
विद्यालयमा पढ्ने एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखा नगरपालिका १० छेवेटारस्थित तारा माविका शिक्षक बिनोद पाण्डे पक्राउ परेका छन।
बुधबार विद्यालयमा कम्प्युटर कोठमा भर्ना गर्न लागेका बेला एक्लै रहेको मौका छोपेर छात्रालाई टाउको, हात समाउँदै संवेदनशिल अंगमा सुम्सुम्याएको पिडित बालिकाले परिवारमा बताएपछि घटना बाहिर आएको हो।
कान्तिपुरमा प्रकाशित,३ जेठ, सुर्खेत ।
चोरीको आरोपमा मरणासन्न कुटाइ खाएका बालकको मुद्दालाई मिलापत्रमार्फत टुंग्याउन प्रहरीलाई दबाब बढेको छ । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा बुधबार मुद्दा दर्ता गरेपछि प्रहरीलाई राजनीतिक दबाब बढेको हो ।
Read More
नयाँ पत्रिकामा प्रकाशित,२ जेठ, जुम्ला ।
जुम्लाका पूर्वी भेग पातारासी गाउँपालिकाका विद्यार्थीहरु यार्सा संकलनका लागि लेकतिर गएपछि विद्यालय सुनसान बनेको छ । बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन गर्ने समय सुरु भएसँगै जिल्ला तथा जिल्ला बाहिरका व्यापारी तथा सर्वसाधारण यार्सा संकलनका लागि लेकतिर गएपछि उनीहरुका बुवा आमाहरुसँग विद्यार्थीहरु पनि यार्सा सकंलनका लागि लेकतिर गएका हुन् ।
Read Moreनयाँ पत्रिकामा प्रकाशित,१ जेठ, सुनसरी ।
बाह्र वर्षमा विवाह भएर १३ वर्षमै छोरीलाई जन्म दिएकी सिराहा गोलबजारकी ममता मरिकको बिचल्ली भएको छ । छोरी जन्माएको भन्दै एक महिनाकी सुत्केरीलाई परिवारले घरनिकाला गरेको छ। सप्तरीको गढीगाउँपालिका–७ का गुमन मरिककी छोरी ममताको एक वर्षअघि सिराहा गोलबजार घर भएका २७ वर्षीय प्रकाश मरिकसँग विवाह भएको थियो ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,१ जेठ, भोजपुर ।
किशोरीमाथि जबरजस्ती गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका १२ टक्सार कोटडाँडास्थित आर्युवेदिक औषधालयका स्वास्थ्यकर्मी शंकर साह १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,१ जेठ, चितवन ।
चितवनमा रहेको सैनिक महाविद्यालयमा एक बालक निर्घात रुपमा कुटिएका छन् । साथीले पिसाब फेर्न बोलाएर उनलाई निर्घात कुटेका हुन् । छात्राबासमा बस्दै आएका भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी सिर्जना पौडेल लामिछानेका १४ वर्षीय छोरा श्रीनव लामिछानेलाई गएको शनिबार उनकै साथीले निर्घात कुटपिट गरेका हुन् ।
Read Moreनागरिक न्युजमा प्रकाशित,१ जेठ, काठमाडौं ।
डेढ महिनादेखि फैलिएको चिकनपक्स (ठेउला) को संक्रमण अझै पनि नरोकिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालको अनुसार चैतको दोस्रो सातादेखि नै बालबालिका तथा किशोर–किशोरी उमेर समूहमा यो रोग फैलिन सुरु भएको थियो।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,१ जेठ, काठमाडौं ।
विद्यालय तहको शिक्षा विद्यार्थी केन्द्रित बनाउन शिक्षा मन्त्रालयले १२ कक्षासम्म अध्यापन हुने सबै विषयमा प्रयोगात्मक कार्य (प्राक्टिकल) को व्यवस्था गर्न लागेको छ। शिक्षा ऐनमा संशोधन गरी १२ कक्षासम्म विद्यालय शिक्षामा समायोजन गरेसँगै पाठ्यक्रम विकास केन्द्रले बनाउन लागेको नयाँ पाठ्यक्रमको प्रारूपमा यस्तो व्यवस्था गरिएको हो।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,१ जेठ, नवलपरासी ।
१२ वर्षीय बालिकालाई सामूहिक करणी गरेको आरोप पक्राउ परेका कावासोतीका तीन युवालाई नवलपुर जिल्ला अदालतले १३ वर्षको कैद फैसला गरेको छ ।
Read Moreरातोपाटीमा प्रकाशित,३१ वैशाख, महोत्तरी ।
महोत्तरी प्रहरीले आइतबार एक बालविवाह रोकेको छ । जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरमा हुन लागेको विवाह केटीले नै विवाह मन्जुर नगरेपछि प्रहरीको सहयोगमा सो विवाह रोकिएको हो ।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,३१ वैशाख, सिरहा ।
सिरहाको गोलबजार नगरपालिका–८, चोहर्वा भाइजीटोलमा रहेको जनता आधारभूत विद्यालयमा पढाइ नै प्रभावित हुने गरी जन्ती राखेकोे छ । लालमोहन मण्डलको छोरीको विवाहमा लहनबाट आएका जन्ती (बरियाँती) लाई विद्यालयमा बासको व्यवस्था मिलाएको हो ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,३१ वैशाख, दाङ ।
दाङको तुलसीपुरमा सर्पले टोक्दा एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका - २ की १८ महिनाकी एञ्जल केसीको सर्प दंशबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
Read More
अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० वैशाख, सिन्धुली ।
सिन्धुलीकी एक सुस्त मनस्थिति भएकी बालिकालाई बन्धक बनाई सामूहिक बलात्कार भएको पीडितका आफन्तले आरोप लगाएका छन् ।जिल्लाको हरिहरपुरगढी गाउँपालिका ८ जमुने क्यानेश्वरकी १६ वर्षीया बालिकामाथि सर्लाही हरिऔन नगरपालिका १० नयाँरोडस्थित शिद्धबाबा होटलमा बन्धक बनाई सामूहिक बलात्कार गरिएको पीडितका बुबा थिरबहादुर थिङले बताए ।
Read Moreथाहा खबरमा प्रकाशित,३० वैशाख, गोरखा ।
६५ वर्षका एक बाबुले १४ वर्षकी छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बाबुविरुद्ध आइतबार मुद्दा दर्ता भएको छ। गोरखा नगरपालिका- १३ का ६५ वर्षीय एक वृद्धले जबर्जस्ती करणी गरेको भेटेपछि गत शुक्रबार गाउँलेले प्रहरीलाई खबर गरेका थिए।
Read More
उज्यालो अनलाइनमा प्रकाशित,२३ वैशाख, बझाङ ।
थलारा गाँउपालिका –४ मा खहरे खोलाले बगाउँदा ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय २७ वर्षीय हर्क विक उनकी श्रीमती २६ वर्षीया डल्ली विक, १२ वर्षीय मनिसा विक र ३ वर्षीय सक्षम विक र ३५ वर्षीया कलसी विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read Moreरातोपाटीमा प्रकाशित,२३ वैशाख, चितवन ।
भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो ।
Read More