समाचारमा बालबालिका

आगलागीमा परी बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,१९ कार्तिक, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा आइतबार राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ। जितबहादुर गोलेको घरमा आगो लाग्दा उनका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले जानकारी दिए।

Read More

अर्घाखाँचीको भूमिकास्थानमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,१८ कार्तिक, अर्घाखाँची ।

अर्घाखाँचीमा चितुवाको आतंक बढेको छ । भूमिकास्थान नगरपालिका वडा नम्वर ९ ९ढिकुरा० गौचौरका माधव प्रसाद घिमिरेका ४ वर्षीय छोरा आर्यन घिमिरेलाई चितुवाले आक्रमण गरेको छ ।

Read More

बलात्कारीको निसानामा बालिका

नागरिक न्युजमा प्रकाशित,१८ कार्तिक, काठमाडौं ।

भक्तपुरको चाँगुनारायणमा अपागंता भएकी १३ वर्षीया बालिका गत सोमबार सामूहिक बलात्कारको शिकार भएकी छिन्। ती बालिकालाई घरमा कोही नभएको मौका छोपेर बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले स्थानीय ७० वर्षीय श्यामबहादुर मिजार र घेटेरो सार्कीलाई पक्राउ गरेको छ।

Read More

बलात्कृत बालिकाको उपचार क्रममा मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१८ कार्तिक, नेपालगन्ज ।

बाबुबाट यौन दुर्व्यवहार गरिएकी १० वर्षीया बालिकाको उपचार क्रममा मृत्यु भएको छ। कात्तिक १२ गते बेहोस अवस्थामा भेटिएकी बालिकालाई नेपालगन्ज मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो।

Read More

महोत्तरीमा बालिकामाथि जवर्जस्ती गर्ने ६५ वर्षीय साह पक्राउ

नयाँ पत्रिकामा प्रकाशित,१८ कार्तिक, महोत्तरी ।

महोत्तरीको मनरासिसवा नगरपालिका ६ सरपल्लोका ६५ वर्षीय खेभन साहलाई बालिकामाथि जवर्जस्ती करणी गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ।

Read More

बलात्कार गरी गर्भवती बनाएको आरोपमा पक्राउ

नागरिक न्युजमा प्रकाशित,१७ कार्तिक, झापा ।

गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ।

Read More

बालविवाहविरुद्ध अभियान

कान्तिपुरमा प्रकाशित,१६ कार्तिक, बागलुङ ।

तमानखोला ५ की सेमला सेन्चुरी पेटको समस्याले नियमित स्वास्थ्य संस्थामा जान बाध्य छिन् । उनको १३ वर्षको उमेरमा बिहे भएको थियो । २१ पुग्दा तीन सन्तानकी आमा भइसकेकी उनलाई बल्ल बालविवाहको बेफाइदा थाहा भएको छ ।

Read More

अब विद्यालय आवासीय

कान्तिपुरमा प्रकाशित,१५ कार्तिक, म्याग्दी ।

गण्डकी प्रदेशका सबै सामुदायीक विद्यालयका विद्यार्थीलाई अब अनिवार्य आवसीय शिक्षा दिइने भएको छ । प्रदेश सरकारले दुर्गम पहाडी क्षेत्रका वल्लो र पल्लो डाँडामा छरिएर रहेका बस्तीमा अवस्थित विद्यालयलाई पायक पर्ने विद्यालयमा गाभेर आवासीय अध्ययन, अध्यापन गराउने नीति ल्याउन लागेको सामाजिक विकासमन्त्री नरदेवी पुनले बताएकी छन् ।

Read More

दुई वर्षमा पनि अभियुक्त पत्ता लागेन

कान्तिपुरमा प्रकाशित,१५ कार्तिक, पर्सा ।

वीरगन्ज राधेमाईका ९ वर्षीय बालक राजन पटेलको हत्या भएको २ वर्ष बितिसक्दा पनि प्रहरीले उनको हत्यारा पत्ता लगाउन सकेको छैन । ग्रेस इङलिस बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्दै गरेका राजन २०७३ असोज १९ गते बेपत्ता भएका थिए ।

Read More

प्रहरीले रोक्यो बाल विवाह

नागरिक न्युजमा प्रकाशित, १५ कार्तिक, रुकुम ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा प्रहरीले एक जोडीको विवाह रोकेको छ। उमेर नपुगी हुन लागेको विवाहलाई प्रहरीले रोकेको हो।सानीभेरी गाउँपालिका ८ का १७ वर्षीय किशोर र मुसिकोट नगरपालिका १४ की १८ वर्षीया युवतीबीच हुन लागेको विवालाई प्रहरीले बिहीवार रद्ध गरेको बताएको छ ।

Read More

राउटे बालबालिकालाई भिटामिन ‘ए’

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१५ कार्तिक, सुर्खेत ।

सुर्खेतको लेकबेंसी नगरपालिका-९ गंगटेका राउटे बालबालिकालाई पहिलो पटक भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइएको छ। सरकारी अभियानअन्तर्गत दोस्रो चरणमा राउटे समुदायमा बिहीबार सञ्चालन गरिएको थियो।

Read More

साथीबाट यौन दुर्व्यवहार

कान्तिपुरमा प्रकाशित, १५ कार्तिक, चितवन ।

कालिका नगरपालिकामा एक किशोरी आफ्नै साथीबाट यौन दुर्व्यवहारमा परेकी छन् । उनीहरू दुई जना सानैदेखि निकै मिल्ने र टयुसन पनिसँगै पढ्ने साथी थिए ।

Read More

गुल्मीको भगवती माविमा तीन छात्राद्वारा विष सेवन

नयाँ पत्रिकामा प्रकाशित,१४ कार्तिक, गुल्मी ।

१० को भगवती माध्यामिक विद्यालयका तीन छात्राले विष सेवन गरेका छन् । कक्षा १० मा अध्ययन गर्ने सोही वडाका १६ वर्षीया समिक्षा थापा, सपना थापा र पार्वती केसीले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए ।

Read More

जनकपुरमा वीसीजी सुइको अभाव, टिवी रोगको खतरा

रातोपाटीमा प्रकाशित,१४ कार्तिक, जनकपुर ।

जनकपुरका सरकारी स्वास्थ्य संस्थामा तीन महिनायता नवजात शिशुलाई लगाइने पहिलो सुइ (वीसीजी खोप) अभाव भएको छ । सरकारी स्वास्थ्य संस्थामा यो खोपको सिरिञ्ज अभाव भएपछि सेवाग्राहीहरु नीजि क्लिनिकबाट खरिद गर्न बाध्य भएका छन् ।

Read More

बलात्कारी पक्राउ

कान्तिपुरमा प्रकाशित,१४ कार्तिक, सुनसरी ।

१६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका– १५ बाझगरा बस्ने २५ बर्षीय मनिष राई रहेको प्रहरीले जनाएको छ । 

Read More

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

अनलाइनखबरमा प्रकाशित,१४ कार्तिक, काठमाडौं ।

सरकारले आज र भोलि भिटामिन ‘ए’ क्याम्पसुल र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो ।

Read More

बालिका बलात्कार आरोपमा दुर्इ वृद्ध पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,१३ कार्तिक, भक्तपुर ।

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले मंगलबार दुई वृद्धलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको हो ।

Read More

नाङ्गो खुट्टामै स्कुल

कान्तिपुरमा प्रकाशित, १२ कार्तिक, मकवानपुर ।

मकवानपुरको विकट बस्तीमा अवस्थित एक विद्यालयका छात्रछात्राहरू नाङ्गो खुट्टाले घण्टौं हिँडेर स्कुलमा आउजाउ गर्छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने कैलाश गाउँपालिका—७ साबिकको भार्ता गाविस—४ डोकोटारस्थित सरस्वती प्राथमिक विद्यालयका बालबालिका यसरी हिँड्न बाध्य छन् । 

Read More

बलात्कार घटनाले अभिभावक त्रासमा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ कार्तिक, जनकपुरधाम ।            

अपहरण तथा बलात्कारका घटनाले अभिभावक डराउन थालेका छन्। उनीहरू बालबालिकालाई घरबाहिर खेल्न वा एक्लै घुमफिर गर्न दिन डराउन थालेका हुन्।

Read More

बलात्कारको आरोपमा तीन बालकलाई जेल सजाय

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ कार्तिक, उदयपुर ।

उदयपुरको पश्चिमी भेगकी १० वर्षीया बालिकालाई यौन दुव्र्यवहार (बलात्कारको प्रयास) गरेको कसुरमा तीन बालकलाई जिल्ला अदालतले १५ दिन कैद सजायको फैसला सुनाएको छ।

Read More