समाचारमा बालबालिका

छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

अनलाइन खबरमा प्रकाशित,१९ चैत, हेटौंडा।

आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १७ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति पक्राउ परेका हुन्।

Read More

धेरैको मृत्यु टाउकाको चोटले

कान्तिपुरमा प्रकाशित,१९ चैत, बारा।

बारामा आइतबार साँझको शक्तिशाली हुरीका कारण ज्यान गुमाएकामध्ये अधिकांशको टाउकामा चोट देखिएको छ । मृतकहरूको मुचुल्का विवरण संकलनमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार वयस्क र अधबैंसेहरू भाग्दा टाउकाको पछाडि वा अगाडिको भागमा चोट लागेको देखिएको छ । बालबालिकाको मृत्यु भने गुम्सिएर भएको छ।

Read More

बलात्कृत बालिका बनिन् आमा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ चैत, राजविराज।

सप्तरीमा १४ वर्षीया बलात्कृत बालिका आमा बनेकी छन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उनले साँझ ४ बजेर १० मिनेटमा कम तौल भएकी छोरीलाई जन्म दिएको अस्पतालले जानकारी दिएको छ।

Read More

बारामा हुरीले घाइते भएका एक बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ चैत, बारा।

गत आइतबार साँझ आएको विनशकारी आँधीहुरीले घाइते भइ उपचार गराइरहेका एक बालकको मङगलबार मृत्यु भएको छ। योसँगै आँधीहुरीले ज्यान गुमाउनेको स‌ंख्या २८ पुगेको छ । यसअघि बारामा २६ र  पर्सामा एक जना गरी २७ जनाको मृत्यु भएको थियो।

Read More

प्रदेश २ मा एसईई परीक्षा चैत्र २२ देखि २९ सम्म

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१८ चैत, काठमाडौं ।

स्थगित गरिएको प्रदेश २ एसइर्ई परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा वोर्डले सोमबार सूचना जारी गरी बाँकी परीक्षाहरु यही चैत्र २२ गतेदेखि २९ गते गर्ने निर्णय गरेको  हो।

Read More

बेपत्ता बालक भेटिए

कान्तिपुरमा प्रकाशित,१८ चैत, पर्सा ।

घरबाट हराएर भारतको बिहार राज्यस्थित दरभंगा पुगेका एक १२ वर्षीय बालकलाई जिल्ला बालकल्याण समिति सप्तरीको पहलमा त्यहाँबाट सकुशल ल्याई आइतबार परिवारको जिम्मा लगाइएको छ।

Read More

मेसिनबाट सेनेटरी प्याड

कान्तिपुरमा प्रकाशित,१८ चैत, स्याङ्जा।

बैंकको एटीएम मेसिनबाट ग्राहकले आफ्नो खाता भएको पैसा निकाल्न पाउने सुविधा अब सहरबजारका लागि नौलो रहेन । त्यस्तै मेसिनबाट सेनेटरी प्याड निकाल्न पाइने सुविधा पनि स्याङ्जामा भित्रिएको छ।

Read More

तरकारी खेतीमा किशोरी

कान्तिपुरमा प्रकाशित,१७ चैत, पर्सा।

१६ वर्षीया रामोपति कुमारी मण्डल १० कक्षामा पढ्छन् । वीरगन्ज महानगर २९ की यी किशोरी ५ महिनायता करेसाबारीमा तरकारी खेती गर्छिन् । उनको करेसाबारीमा अहिले कोभी, भान्टा, आलु, चम्सुर, पालुंगो, मुला आदि लहलह छ।

Read More

एसईई : प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि, आजको परीक्षा रद्द

कान्तिपुरमा प्रकाशित,१५ चैत, प्रदेश २

एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएको छ । बिहीबार रातिदेखि नै सामाजिक सञ्जालमा प्रश्नपत्र भाइरल भएको थियो । सामाजिक सञ्जालमा भाइरल भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो।

Read More

नवजात शिशु वेवारिसे भेटियो

थाहा खबरमा प्रकाशित,१५ चैत, झापा।

भद्रपुरमा नवजात शिशु वेवारिसे अवस्थामा भेटिएको छ । भद्रपुर नगरपालिका ८ स्थित सगरमाथा चोकमा नवजात शिशु जिवितै अवस्थामा भेटिएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

Read More

सानैमा विवाह पछि पछुतो

कान्तिपुरमा प्रकाशित,१५ चैत, सिन्धुलीमाढी।

भनिन्छ, विवाहपछि नयाँ जीवन सुरु हुन्छ । तर सुनीता तामाङको हकमा भने विवाहपछि जीवन नै सकियो । भागी विवाह गरेकी सुनीता बिहे लगत्तै गर्भवती भइन् । २०७४ साल जेठ ९ गते दिउँसो उनले घरमै छोरी त जन्माइन् । तर आफू भने बाँच्न सकिनन्।

Read More

एसईई : प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द, चैत २२ गते पुनः परीक्षा

कान्तिपुरमा प्रकाशित,१४ चैत, प्रदेश २

प्रदेश २ मा बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सूचना पाएपछि रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए।

Read More

एसईई: ग्रुपच्याटबाट चिट

कान्तिपुरमा प्रकाशित,१४ चैत, सप्तरी।

एसईई परीक्षाअन्तर्गत सप्तरीमा अझै पनि चिट रोकिएको छैन । विभिन्न परीक्षा केन्द्रमा विद्यार्थीले फेसबुकमा ग्रुप बनाई च्याटका माध्यमबाट चिट चोराउने कार्यलाई अझै निरन्तरता दिइरहेको पाइएको छ।

Read More

प्रदेश २ मा दिनहुँ बलात्कारका घटना

उज्यालो अनलाइनमा प्रकाशित,१४ चैत, धनुषा।

प्रदेश २ मा दिनैपिच्छे बलात्कारको घटना हुन थालेको छ । छोरीहरुलाई बचाउन तथा पढाउन प्रदेश २ सरकारले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान थालेको छ । तर प्रदेश २ मा छोरीहरु भने झनै असुरक्षित हुँदै छन् । गएको तीन दिनयता प्रदेशका  विभिन्न जिल्लाहरुमा तीन जना बालिका बलात्कृत भएका छन्।

Read More

बालिका बलात्कारपछि हत्या गर्ने दुईलाई जन्मकैदको फैसला

सेतोपाटीमा प्रकाशित,१४ चैत, उदयपुर।

उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ।

Read More

१४ वर्षमै गर्भवती

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ चैत, सप्तरी।

१४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती भएकी छन्। पेटको तल्लो भागमा पीडा भएको बताएपछि आमाले उनलाई डाक्टरकहाँ पुर्‍याएकी थिइन्। भिडियो एक्सरे गर्दा गर्भ बसेको देखिएपछि उनको परिवार चिन्तामा परेको छ।

Read More

खाजाले नियमित भए विद्यार्थी

कान्तिपुरमा प्रकाशित,१३ चैत, सर्लाही।

कल्पना महतो कक्षा ५ की छात्रा हुन् । कविलासी नगरपालिका–७, गैरकाी उनी स्थानीय श्री माविमा भर्ना भए पनि विद्यालयमा नियमित आउने गरेकी थिइनन् । विद्यालयले दिवा खाजाको व्यवस्था गरेपछि अहिले कल्पना प्रत्येक दिन विद्यालय आउन थालेकी छिन्।

Read More

छाउपडी प्रथा : महिनावारीमा विद्यालय नै टेक्दैनन् छात्रा

कान्तिपुरमा प्रकाशित,१३ चैत, डोटी।

केआईसिंह गाउँपालिका ५ जमलकट्टेस्थित भूवनेश्वरी माविमा कक्षा ८ मा पढिरहेकी निर्मला भट्टले डेढ वर्षयता महिनामा ४ दिन आफू पढ्ने विद्यालयमा पाइलै टेकेकी छैनन् । विद्यालय जान वञ्चित भएपछि त्यस अवधिमा उनका पाइला मेलापात गर्न वनपाखातर्फ लम्किन्छन् । कारण हो ‘महिनावारी’।

Read More

दुई बालिकालाई जबरजस्ती गरेको आरोपमा ५३ वर्षीय पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ चैत, विराटनगर।

दुई बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा इटहरीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। इटहरी-३ निवासी ५३ वर्षीया देवीबहादुर लिम्बू ११ र ७ वर्षीया बालिका दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

Read More

बलात्कार घटना धमाधम प्रहरीमा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ चैत, बनेपा ।

गत चैत ३ गते मण्डनदेउपुर नगरपालिका–६ की १४ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार भइन्। इन्द्रावती बगरमा बालुवा चालेर घर फर्किने क्रममा टिपर चालकले बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो।

Read More