समाचारमा बालबालिका

जाजरकोटमा पहिरोले घर पुरिँदा आमासहित २ छोरीको मृत्यु

कान्तिपुरमा प्रकाशित,१५ भदौ, जाजरकोट ।

भेरी नगरपालिका २ तिमिले गाउँमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान स्थानीय दलबहादुर ओलीको घर पुरिँदा उनकी श्रीमती ३२ वर्षीया पार्वती ओली, छोरीहरु ९ वर्षीया मोतिकला र ३ वर्षीया धनसरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

बलात्कारको आरोपमा एक जना पक्राउ

नागरिक न्युजमा प्रकाशित, १४ भदौ, सप्तरी।

राजविराज बजारमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालाई प्रहरीले पक्राउ गरेको हो। पैदल घर फर्किरहेका बेला विहीबार राति ७ बजे राजविराजको मुख्य बजारबाटै अपरहणमा परेकी बालिका बलात्कृत भएकी थिइन्।

Read More

ट्याक्टरको ठक्करबाट सर्लाहीमा एक बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,१३ भदौ, सर्लाही।

ट्याक्टरको ठक्करबाट सर्लाहीमा एक बालकको मृत्यु भएको छ। बागमती नगरपालिका ४ ब्रह्मस्थानमा ट्याक्टरले ठक्कर दिँदा बालकको घटना स्थलमै मृत्यु भएको हो।

Read More

नेपाली सैनिक र प्रहरीबाट बालकलाई यातना : क्षतिपूर्ति दिन राष्ट्रसंघको निर्देशन

अनलाइनखबरमा प्रकाशित,११ भदौ, काठमाडौं ।

एक दशक अगाडि नेपाली सेनाका अधिकारीबाट श्रम शोषणमा परेका र प्रहरीबाट यातना पाएका एक बालकलाई क्षतिपूर्ति दिन संयुक्त राष्ट्र संघले नेपाल सरकारलाई निर्देशन दिएको छ।

Read More

सँगै पढ्ने साथीको मृत्युको खबरले १० जना बिरामी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ भदौ, पाल्पा ।

रम्भा गाउँपालिका-५ ताहु रम्भा माध्यमिक विद्यालयमा अध्यनरत १ जना विद्यार्थीको बेहोस भएर मृत्यु भएको छ। पूर्वखोला गाउँपालिका- ६ हेकलाङकी कक्षा १० की छात्रा १५ वर्षीया कमला फालको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी बेहोस भएको खबर सुनेवित्तिकै सँगै पढ्ने अरु १० जना विद्यार्थी बिरामी परेका छन्।

Read More

अरिंगालको टोकाइबाट बालकको ज्यान गयो

नागरिक न्युजमा प्रकाशित,१० भदौ, अर्घाखाँची ।

जिल्लाको सन्धिखर्क–५, वाङ्गलामा अरिंगालको टोकाइबाट एक जनाको ज्यान गएको छ।  सन्धिखर्क नगरपालिका वडा नम्बर– ५, वाङ्गलाको बलेबाङ्गका १५ वर्षीय नन्दबहादुर कुमालको अरिंगालको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश बिष्टले जानकारी दिए।

Read More

बढ्दै किशोरी आमा : आमा र शिशु बचाउन शल्यक्रिया

कान्तिपुरमा प्रकाशित,१० भदौ, दैलेख ।

३ साताअघि सुत्केरी व्यथाले च्यापेपछि महाबु गाउँपालिका ४, की १७ वर्षीया सिर्जना शाही रानीवन स्वास्थ्यचौकीमा भर्ना भइन् । ३ दिनसम्म व्यथा लागेपछि बच्चा उल्टो भएको भन्दै स्वास्थ्यचौकीले जिल्ला अस्पताल रिफर गर्योु । जिल्ला अस्पतालले समेत प्रदेश अस्पताल रिफर गरेपछि उनको ज्यान त जसोतसो बाँच्यो तर, शिशु बचाउन सकिनन्।

Read More

ब्ल्याकमेलिङु गर्दै दलित किशोरीको बलात्कार, पीडित परिवारलाई घर छाड्न वडा कार्यालयको उर्दी

कान्तिपुरमा प्रकाशित,१० भदौ, धुलावारी।

बलात्कारको शिकार एक किशोरीको परिवारलाई घर छाड्न झापा मेचीनगर–९ को वडा कार्यालयले उर्दी जारी गरेको छ । डोम समुदायकी १७ वर्षीया किशोरीलाई तीन महिना अघि स्थानीय ६० वर्षका विष्णु खड्काले ललाइफकाइ गरी पटकपटक बलात्कार गर्दै आएका थिए।

Read More

विद्यालयबाट फर्किदै गरेका बालक बाढीले बगाएर बेपत्ता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० भदौ, नुवाकोट।

नुवाकोटको पश्चिमी भेगमा रहेको भाल्चेमा बाढीसहितको खोलाले बगाउँदा एकजना स्कुले बालक वेपत्ता भएका छन्। किस्पाङ गाउँपालिका-१ भाल्चेस्थित सामरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय १० वर्षीय सरोज घले वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

Read More

विद्यालयमा हडताल गरे पचास हजार जरिवाना

नागरिक न्युजमा प्रकाशित,१० भदौ, काठमाडौँ ।

कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब पचास हजार रुपैयाँसम्म जरिवाना हुनेभएको छ। बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ। ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा बन्द हडताल भएपनि हालसम्म कुनै उजुरी नपरेकाले कारवाही हुन सकेको छैन।

Read More

वीचैमा पढाइ छाड्ने विद्यार्थीको समस्या विकराल

अनलाइन खबरमा प्रकाशित, भदौ १०, काठमाडौं ।

प्रधानमन्त्री र मन्त्रीहरु नै लागेर सरकारले देशव्यापीरुपमा विद्यार्थी भर्ना अभियान चलाए पनि वीचैमा पढाइ छाड्ने विद्यार्थीहरुबारे न सरकारले ध्यान दिएको छ, न त अन्य सरोकारवालाहरुले नै।

Read More

स्मार्ट कार्डबाट सेनेटरी प्याड

कान्तिपुरमा प्रकाशित,१० भदौ, नवलपुर।

पुर्वी नवलपरासीको देवचुलीका किशोरीले स्मार्ट कार्ड प्रयोग गरेर सेनेटरी प्याड पाउने भएका छन् । विद्यालयमा नै प्रविधीयुक्त मेसीन राखेपछि निःशुल्करुपमा प्याड प्राप्त गर्ने भएका हुन्।

Read More

करेन्ट लागेर किशोरीको मृत्यु

थाहा खबरमा प्रकाशित,९ भदौ, संखुवासभा ।

पाँचखपन नगरपालिकामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्बर ३ की १४ वर्षीया एलिना राई रहेको प्रहरीले जनाएको छ।

Read More

कर्णाली नदीको जोखिम मोलेर स्कुल यात्रा

नागरिक न्युजमा प्रकाशित,९ भदौ, सुर्खेत।

कैलालीको मोहन्याल गाउँपालिका–३ रांगाका जगत भुल सुर्खेतको चौकुने गाउँपालिकास्थित जगन्नाथ माविमा कक्षा १० मा पढ्छन्। कैलालीबाट कर्णालीको जोखिमपूर्ण यात्रा गरेर सुर्खेतमा पढ्न आउनु उनको रहर होइन, बाध्यता हो। गाउँमा प्राथमिक विद्यालयमात्र छ। माथिल्लो कक्षा अध्ययनका लागि दैनिक जोखिमपूर्ण यात्रा गर्नुपर्छ। कैलाली र सुर्खेतलाई छुट्याउने कर्णाली नदीमाथि पुल छैन।

Read More

भालुको आक्रमणबाट किशोर गम्भीर

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,८ भदौ, नुवाकोट ।

भालुको आक्रमणबाट नुवाकोटमा एक किशोर गम्भीर घाइते भएका छन्  । भालुको आक्रमणबाट बेलकोटगढी नगरपालिकाका–११ का १६ वर्षीय प्रकाश तामाङ रहेको वेलकोटगढी–११ का वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिएका छन्।

Read More

ललितपुरमा १६ वर्षीया किशोरी र ८ वर्षीया बालिकामाथि दाजु–भाइद्वारा यौनशोषण

रातोपाटीमा प्रकाशित,८ भदौ, ललितपुर ।

ललितपुर महानगरपालिका–१४ बुढाथोकीगाउँ स्थित साढे २ तले घरमा तीन परिवार विगत ५ वर्षदेखि भाडामा बस्दै आएका थिए ।४ वर्षदेखि पेन्टरको काम गर्दै आएका ३५ वर्षीय भारतीय नागरिक पनि सोही घरको भुइँ तल्लामा एक कोठा भाडामा लिएर बस्थे।

Read More

सात वर्षीया बालिका बलात्कृत, एक पक्राउ

नागरिक न्युजमा प्रकाशित,८ भदौ, ओखलढुंगा ।

ओखलढुंगामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। उनलाई बलात्कार गरेको ओरोपमा एक १८ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ। नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा मोलुङ गाउँपालिका–६ का कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

Read More

चट्याङ्ग लागेर बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ भदौ, बाजुरा ।

बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १० बदेडामा चट्याङ्ग लागेर एक बालिकाको मृत्यु भएको छ। गएराति १ बजे चट्याङ्गको आवाजले बेहोस भएकी लली सार्कीकी २ वर्षिया छोरी सिरियाको मृत्यु भएको स्थानीय रमेश सार्कीले जानकारी दिए।

Read More

चाउचाउ खाएर सुतेकी बालिका मृत अवस्थामा फेला, आमा छोरा सिकिस्त

कान्तिपुरमा प्रकाशित,७ भदौ, धनुषा ।

धनुषाधाम नगरपालिकामा चाउचाउ खाएर सुतेको बालिकाको मृत अवस्थामा फेला परेकी छन् । शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी धनुषाधाम नगरपालिका–३ तेजनगरकी ६ वर्षीया काजल साह बिहान मृत फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले बताए।

Read More

आफ्नै विवाह रोक्दै बालिका

कान्तिपुरमा प्रकाशित,६ भदौ, बुटवल।

किशोर उमेर स्वतन्त्र रूपमा पढ्ने, खेल्ने र सिक्ने बेला हो । मधेसका धेरै छोरीलाई भने यस्तो अवसर छैन । किशोरी हुन लाग्यो कि बाबुआमाको ध्याउन्न विवाह गरिदिने हुन्छ । त्यसपछि पढाइ र स्वतन्त्रता दुवै गुम्छ।

Read More