बालविवाह गर्नेलाई एक महिना कैद र दश हजार जरिवाना
उज्यालो अनलाइनमा प्रकाशित,२२ फागुन, दैलेख ।
उमेर नपुगेकी बालिकासँग विवाह गरेको आरोपमा दैलेखमा एक जनालाई दैलेख जिल्ला अदालतले एक महिना कैद र दश हजार जरिवाना गरेको छ । नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका २६ वर्षीय हेमन्त थापालाई मंगलबार सजाय सुनाइएको अदालतका प्रवक्ता नायव सुब्बा विनोद आचार्यले जानकारी दिनुभयो ।
Read More