A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionjpndr99bgo6asccoq105g79clkvdae8e): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ठमेलका डान्सबारबाट ३५ बालबालिकाको उद्धार, तीन संहचालक पक्राउ

थाहा खबरमा प्रकाशित,२८ कार्तिक, काठमाडौं ।

महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत उनीहरुको उद्दार गरिएको हो।

Read More

नहरमा डुबेर बालिकाको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,२८ कार्तिक, कञ्चनपुर ।

नहरमा डुबेर कञ्चनपुरमा बालिकाको मृत्यु भएको छ । बुधबार महाकाली सिँचाई प्रथम चरणको नहरमा डुबेर भीमदत्त नगरपालिका–१६ मझगाउँकी दुई वर्षीय सिडिया शाहीको मृत्यु भएको हो।

Read More

बलात्कारपछि १३ वर्षीया बालिकाको हत्या : पक्राउ परेका ६ जनामध्ये ४ जना छुटे

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ कार्तिक, गाईघाट ।

उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका ६ जनामध्ये प्रहरीले ४ जनालाई छाडेको छ।

Read More

मामाघर आएका किशोरको पर्सामा शंकास्पद मृत्यु

अनलाइनखबरमा प्रकाशित,२८ कार्तिक, पर्सा ।

मामाघर आएका एक किशोरको पर्सामा शंकास्पद मृत्यु भएको छ ।पर्सागढी नगरपालिका–३, बढनिहार बजारमा रहेको मामाघरमा आएका १३ वर्षीय आर्यन तामाङको मंगलबार बिहान मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक तामाङको निधारमा चोट लागेको छ।

Read More

चिसो बढेसँगै हुम्लामा निमोनियाका बिरामी बढे

थाहा खबरमा प्रकाशित,२७ कार्तिक, हुम्ला ।

चिसो बढेसँगै हुम्लाका बालबालिकामा निमोनिया देखा परेको छ। मंसिर महिना लाग्न नपाउँदै जिल्लाको तापक्रम माइनस ८ डिग्री सेन्टीग्रेटमा झरेका कारण बालबालिका तथा वृद्धवृद्धामा निमोनियालगायत समस्या देखिएको जिल्ला अस्पताल हुम्लाका डा. टसी लामाले बताए ।

Read More

छठ मनाउन हिडेँकी बालिकाको दुर्घटनामा मृत्यु

कान्तिपुरमा प्रकाशित,२७ कार्तिक, दमक ।

परिवारसँग छठ पूजा गर्न नदीतर्फ जाँदै गर्दा मंगलबार बेलुका झापाको भद्रपुरमा ट्रयाक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ पोखरीटोलका धिरज यादवकी ६ वर्षीया छोरी राशी रहेकी छन् ।

Read More

११ वर्षीया नेपाली बालिका भारतीय नागरिकबाट सामूहिक बलात्कृत, दुर्इजना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,२६ कार्तिक, बर्दिया ।

भारतीय नागरिकले ११ वर्षीया बालिकालाई भारतीय नागरिकले सामूहिक बलात्कार गरेका छन् । बर्दियाको बढैयाताल गाउँपालिकामा भारतीय नागरिकले सामूहिक रुपमा बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुरमा भ्यानले किचेर ५ वर्षीया बालिकाको मृत्यु

रातोपाटीमा प्रकाशित,२६ कार्तिक, कञ्चनपुर ।

म्याजिक भ्यानले किचेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरका पाँच वर्षीया निशा जोशीको आज मृत्यु भएको छ । झलारी बजारबाट शान्तिपुर जाँदै गरेको से१ज ९०२ नंको भ्यानले झण्डाबोझ चोकमा किचेर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

Read More

छोरी बलात्कारको आरोपमा युवक पक्राउ

अनलाइनखबरमा प्रकाशित,२६ कार्तिक, मोरङ ।

कानेपोखरी गाउँपालिकामा छोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । १४ बर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कानेपोखरी गाउँपालिका –५ का ३९ बर्षका युवक पक्राउ परेका हुन्।

Read More

नालामा डुबेर चार वर्षीया बालिकाको मृत्यु

थाहा खबरमा प्रकाशित,२६ कार्तिक, झापा ।

झापाको दमकमा चार वर्षीया बालिकाको नालामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका ९ घर भई हाल सोही नगरपालिका ५ स्थित कामाक्षी होटल छेउमा डेरा गरी बस्ने शनि साहकी चार वर्षीया छोरी शञ्चलाकुमारी साह रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

Read More

पूजा गर्न गएकी किशोरी दश दिनपछि मृत भेटिइन्

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ कार्तिक, स्याङ्जा ।

स्याङ्जा र पर्वतको संगमस्थल सेतीवेणीस्थित शिलामा पूजा गर्न गएकी १६ वर्षीय किशोरीको शव १० दिनपछि फेला परेको छ । कात्तिक १७ गते पूजा गर्न गएकी गल्याङ नगरपालिका–५ सालबुट्टाकी निशा भुसालको शव सोमबार फेला परेको हो ।

Read More

बलात्कारपछि १३ वर्षीया बालिकाको हत्या : चार युवा पक्राउ परे

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ कार्तिक, गाईघाट ।

उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले सोमबार चारजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 

Read More

घाँस काट्न जाँदा भीरबाट खसेर किशोरीको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित,२५ कार्तिक, अछाम ।

भीरबाट खसेर एकजना १६ वर्षीया किशोरीको ज्यान गएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर किशोरीको ज्यान गएको हो ।

Read More

सिरहामा ७ जना युवकद्वारा १५ वर्षकी बालिकाको सामुहिक बलात्कार

थाहा खबरमा प्रकाशित,२५ कार्तिक, सिरहा ।

सिरहाको लहान नगरपालिका ११ भोटिया टोलमा जन्मदिन पार्टीको बाहानामा बोलाइएकी १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ।

Read More

नुवाकोटबाट हराएका पाँच किशोरीको सुर्खेतबाट उद्धार

थाहा खबरमा प्रकाशित,२४ कार्तिक, सुर्खेत ।

नुवाकोटबाट हराएका पाँचजना किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्धार गरेको छ। गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले उद्धार गरी कारवाहीका लागि शनिबार नुवाकोट पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।

Read More

दुई बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,२२ कार्तिक, सर्लाही ।

सर्लाहीको मलङ्गवमा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ। त्यस्तै ब्रह्मपुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ। दिपावलीका लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा मलंगवा–१० का सात वर्षीय निसान्त साहको करेण्ट लागेर मृत्यु भएको हो।

Read More

एक विद्यालय एक नर्स, यस्तो हुनेछ नर्सको जिम्मेवारी

थाहा खबरमा प्रकाशित,२१ कार्तिक, सिन्धुपाल्चोक ।

प्रदेश ३ सरकारले सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्सु कार्यक्रम सुरु गरेको छ। जसअनुसार पहिलो चरणमा विद्यालय छनोट गरी नर्स छनोट प्रक्रिया सुरु भएको छ।

Read More

मूलपानी क्रिकेट मैदानमा दिउँसै बालिका बलात्कृत

अनलाइनखबरमा प्रकाशित,२१ कार्तिक, काठमाडौं ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा बुधबार दिउँसै बालिका बलात्कृत भएकी छन् । दिउँसो १२ बजेतिर क्रिकेट मैदानको कम्पाउन्ड पर्खाल  लगाउने मजदुरहरुले मैदान नजिकै बस्ने १२ वर्षकी बालिका बलात्कार गरेका प्रहरीले बताएको छ ।

Read More

विद्यालयमा बगैंचा अनिवार्य

कान्तिपुरमा प्रकाशित,२१ कार्तिक, काठमाडौं ।

देशभरका विद्यालयले फलफूललगायत बोटबिरुवा रोपेर आफ्नो परिसरलाई हरियाली बनाउनुपर्ने भएको छ । शिक्षा मन्त्रालयले ‘हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५’ जारी गरेर ‘एक विद्यालय एक बगैंचा कार्यक्रम’ अघि सारेको छ ।

Read More

पाँच वर्षमा २४ बालबालिकामाथि चितुवा आक्रमण, १८ को मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० कार्तिक, अर्घाखाँची ।

पछिल्लो पाँच वर्षमा यहाँ २४ जना बालबालिकामाथि चितुवाले आक्रमण गरिसकेको छ । आक्रमणमा परी १८ जनाको ज्यान गएको छ । चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाँडा, अर्घा, खाँचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीय बासिन्दा त्रसित छन् ।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: