A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionvlpdje4qt8qe1pjbgkh5rmau4qreoc50): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाह न्यूनीकरण गर्न अभिभावकलाई शिक्षा

रातोपाटीमा प्रकाशित, ६ पुस, रोल्पा ।

जिल्लामा बालविवाहको मात्रा अत्यधिक रहेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् । लामो समयदेखि बालविवाह न्यूनीकरणका विभिन्न अभियान सञ्चालन भए पनि अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको भन्दै थप अभियान सञ्चालन भएका हुन् ।

Read More

भगवानको प्रसाद खाएर बेहोस बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, ६ पुस, भक्तपुर ।

भगवानलाई चढाएको लड्डु खाएर बेहोस भएकी बालिकाको उपचारको क्रममा ज्यान गएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका १० चित्तपोलस्थित इच्छेश्वर महादेव मन्दिरमा चढाइएको लड्डु खाएका स्थानीय सात वर्षीया समृद्धि ङाकुसीको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

Read More

एसइई परीक्षा आगामी चैत ८ गतेदेखि

कान्तिपुरमा प्रकाशित, ५ पुस, काठमाडौं ।

परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

 

 

Read More

छात्रा आफैँ बनाउँछन् महिनावारी हुँदा लगाउने प्याड

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, ५पुस, दमक ।

मोरङको उर्लाबारी चोकबाट तीन किलोमिटर उत्तर पूर्वमा रहेको नुनसरी आधारभूत विद्यालय कक्षा ६ देखी ८ सम्मका छात्रा खुलेर महिनावारीको विषयमा कुरा मात्र गर्दैनन्, महिनावारी हुँदा आफैँले बनाएको प्याड समेत प्रयोग गर्छन्।

Read More

प्यारालाइसिस संक्रमणको सहारामा रोल्पाका तीन बालबालिका

 न्युज २४ नेपालमा प्रकाशित, ५ पुस, रोल्पा ।

 उमेर भर्खर २२ वर्ष भए पनि विष्णुमाया वली हिँडडुल गर्न सक्दिनन् । पाँच वर्ष अघिदेखि प्यारालाइसिसको संक्रमणबाट पीडित उनका हातखुट्टा राम्रोसँग चल्दैनन् । आफैँ अपांग विष्णु तीनजना नाबालक भदैको सहारा बनेकी छिन् ।

Read More

फुट प्रिन्ट’ पछ्याउँदै शौचालय

कान्तिपुरमा प्रकाशित, ५ पुस, सुर्खेत ।

भेरीगंगा नगरपालिका ४ स्थित सूर्यज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक हेमन्तप्रकाश ओलीलाई सुरुसुरुमा बालबालिकालाई शौचालय पठाउनै मुस्किल पर्योय । घरमा शौचालय प्रयोग गर्ने बानी भएका बालबालिकासमेत स्कुलमा लजाउने समस्या देखियो । 

Read More

२० महिनामा ६५२ सडक बालबालिकाको उद्दार

रातोपाटीमा प्रकाशित, ४ पुस, काठमाडौं ।

काठमाडौ उपत्यकालाई सडक बालबालिकामुक्त बनाउने अभियान अन्तर्गत अहिलेसम्म ६ सय ५२ जना सडक बालबालिकाको उद्दार गरिएको बालबालिका खोजतलास केन्द्रले जनाएको छ ।

 

Read More

चिसो बढेसँगै विद्यार्थीको उपस्थित न्यून

नागरिक न्युजमा प्रकाशित, ४ पुस, उदयपुर ।

तराईका विभिन्न भागसँगै उदयपुर जिल्लामासमेत केही दिन यतादेखि चिसो र शीतलहर बढेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेको छ ।

Read More

चिसोले तराईको जनजीवन प्रभावित

कान्तिपुरमा प्रकाशित, ४ पुस, महोत्तरी ।

तराईमा चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । शुक्रबारदेखि यहाँ शीतलहरको प्रकोप छ । चिसो स्याँठ, बाक्लो कुहिरोले सडकमा चहलपहल घटेको छ । 

Read More

चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीले किशोरीमाथि बलात्कार गरेको आरोप

लोकान्तर डट कम मा प्रकाशित, ४ पुस, बाँके ।

चुनावी सुरक्षाका खटिएका म्यादी प्रहरीले एक किशोरीमाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा खटिएका पुरुष म्यादी प्रहरीले १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको ।

Read More

देउसीभैलोको पैसाले बालबालिकाले जेब्रा क्रसिङ बनाए

उज्यालो अनलाइनमा प्रकाशित, ४ पुस, नवलपरासी ।

देउसीभैलो खेलेर उठेको रकमबाट बालक्लबले जेब्रा क्रसिङ बनाएका छन् । नवलपरासीको देवचुली नगरपालिका –१७, को आदर्श बालक्लव देवचुलीमा  आवद्ध बालबालिकाले देउसीभैलो खेलेर जम्मा भएको केही रकमबाट देवचुली नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरेका हुन् ।

Read More

पढाइ खर्च जुटाउन बालुवा संकलन

कान्तिपुरमा प्रकाशित, ४ पुस, सल्यान ।

त्रिवेणी गाउँपालिका ३ गोरेज्युलाका १५ वर्षीय राजन बोहरा त्रिवेणी मावि सरिकोटमा कक्षा ७ मा अध्ययनरत छन् ।

 

Read More

विद्यार्थीलाई मरणासन्न हुनेगरी कुट्ने शिक्षक र विद्यायलविरुद्ध अभिभावकले दिए उजुरी

थाहा खबरमा प्रकाशित, ४ पुस, झापा ।

झापाको दमकमा रहेको गायत्री विद्या पीठमा अध्यनरत १४ वर्षीया छात्रामाथि विद्यालयका शिक्षकले अमानवीय ब्यवहार गरेको भन्दै छात्राका परिवारले प्रहरीमा उजुरी गरेका छन्। दमक पाँच निवासी छात्रा कुसुम निरौलालाई विद्यालयका कम्प्युटर पढाउने शिक्षक प्रणय दूधराजले मरणासन्न हुनेगरी पिटेपछि परिवारले विद्यालयविरुद्ध उजुरी जहेरी गरेका हुन्।

Read More

सन्तानलाई विद्यालय पठाउन डोम परिवारले बेच्यो सुँगुर

अनलाइनखबरमा प्रकाशित, ४ पुस, सप्तरी ।

तराईमा बसोबास गर्ने डोम समुदायको मुख्य पेशा बाँसका सामग्री बनाउने र सुँगुर पाल्ने हो । जसको घरमा सुँगुर हुँदैन, उनीहरु आफूलाई कमजोर ठान्छन् । सुँगुरकै कारण डोम समुदायका बालबालिका पढ्न समेत पाउँदैनन् ।

 

Read More

प्लाष्टिकको झोलामा नवजात शिशुको शव

उज्यालो अनलाईनमा प्रकाशित, ३ पुस, नुवाकोट ।

नुवाकोटको विदुर नगरपालिका–८ बगुवा खोला किनारमा प्लाष्टिकको झोलामा नवजात शिशु ९बालक० को शव भेट्टिएको छ । आइतबार दिउँसो खोला किनारमा प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव भेट्टिएको प्रहरीले जनाएको छ । 

 

Read More

मनाङका ६ स्कुलमा विद्यार्थी शून्य

नागरिक न्युजमा प्रकाशित, ३ पुस, मनाङ ।

हिमाल पारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिकाका छ वटा विद्यालय विद्यार्थीविहीन बनेका छन् । तिलिचो आधारभूत, टङ्की आधारभूत, भ्राका आधारभूत, ङावोल आधारभूत, ध्यारु आधारभूत, हुम्डे आधारभूत र पिसाङ आधारभूत विद्यालय विद्यार्थीविहीन बनेका छन् । 

Read More

यसरी हुँदैछ प्युठान वालविवाह मुक्त क्षेत्र

रातोपाटीमा प्रकाशित, ३ पुस, प्यूठान ।

प्युठान जिल्लामै वाल विवाहले विकराल रुप लिइरहंदा जिल्लाका विभिन्न क्षेत्रबाट भने यसको सकारात्मक कार्यहरु अघि बढेको देखिएको छ । वालविवाहको कारण सामाजिक समस्या देखिएको समय न्यूनिकरणमा सघाउ पुग्ने गरी केही क्षेत्रमा मुक्त क्षेत्र घोषणा हुन थालेको छ । 

Read More

शितलहरको कहरमा नाङ्गै खुट्टा विद्यालय जान्छन् बालबालिका

उज्यालो अनलाइनमा प्रकाशित, ३ पुस, महोत्तरी ।

महोत्तरी गौशाला नगरपालिका वडा नम्बर ५ की ७ वर्षकी अमृताकुमारी साह चप्पल बिना नै नियमित विद्यालय जान्छिन् । बाक्लो हुस्सु र शितलहरले कहर मच्चाएको समयमा अमृता पैदल १ किलोमिटर दूरी पार गरी गौशालामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा पढ्न पुग्छिन् ।

Read More

हराएको साढे ४ महिनापछि विद्यार्थीको कंकाल फेला

कान्तिपुरमा प्रकाशित, ३ पुस, लमजुङ ।

हराएको साढे ४ महिनापछि घना जंगलको बीचमा दुइ स्कुले विद्यार्थी (छात्रा) को कंकाल एकै ठाउँमा भेटिएको छ । सुन्दरबजार नगरपालिका ५, खहरेको विद्याज्योति मावि कक्षा ९ मा पढ्ने १६ बर्षीया प्रीति गुरुङ र १५ बर्षीया कृति गुरुङको शवका कंकाल भेटिएको हो । 

Read More

११ हजार बालबालिका कुपोषित

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, २ पुस, महोत्तरी ।

महोत्तरीका ११ हजार बालबालिका कुपोषणको मारमा परेका छन्। त्यसमध्ये एक हजार आठ सय ८८ बच्चामा शीघ्र कुपोषण समस्या देखिएको छ। 

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: