पौडी खेल्ने क्रममा डुबेर बाँकेमा दुई बालकको मृत्यु
रातोपाटीमा प्रकाशित,९ वैशाख, बाँके ।
पौडी खेल्ने क्रममा डुबेर बाँके जिल्लामा दुई बालकको मृत्यु भएको छ ।
Read MoreSeverity: Warning
Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionrpa5e2gus9n52gum21i2km7and7krt3v): failed to open stream: Disk quota exceeded
Filename: drivers/Session_files_driver.php
Line Number: 172
Backtrace:
File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct
File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once
रातोपाटीमा प्रकाशित,९ वैशाख, बाँके ।
पौडी खेल्ने क्रममा डुबेर बाँके जिल्लामा दुई बालकको मृत्यु भएको छ ।
Read Moreनयाँ पत्रिकामा प्रकाशित,९ वैशाख, बर्दिया ।
बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि बर्दियाको राजापुर क्षेत्रमा यातायात ठप्प पारिएको छ । काठमाण्डौको लागि शुक्रबार छुटेको ना। ७ ख ९०५ नम्बरको बसले राजापुर नगरपालिका वडा ८ धोबिनपुर निवासी ११ बर्षकी बबिता शाहीलार्इ ठक्कर दिएको मृतकका आफ्न्तले जनाएका छन् ।
Read More
रातोपाटीमा प्रकाशित,७ वैशाख, मेलम्ची ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– १३ फट्केश्वरमा क्रसरले बनाएको कुलोमा बिहीबार डुबेर एक बालकको मृत्यु भयो । स्थायी ठेगाना भोजपुर भएका र मामाघर मेलम्ची नपा–१२ गिरानचौर आएका ११ वर्षीय कर्साङ तामाङको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले बताए ।
Read More
कान्तिपुरमा प्रकाशित,७ वैशाख, सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिकाको भीमटार माझीगाउँको माथिल्लो टोलकी निलमाया माझीले छोरालाई पढ्न पठाउन थालेकी छन् । पढाइको महत्त्व बुझेपछि छोरालाई हालै विद्यालयमा भर्ना गरेको उनले बताइन् । त्यतिमात्र होइन, आफ्नो छोरालाई विद्यालयमा भर्ना गरेपछि माझीले गाउँलेलाई शिक्षाको महत्त्व र अभियानबारे समेत सम्झाउने गरेको बताइन् ।
Read Moreकान्तिपुरमा प्रकाशित,५ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गराइदिएका छन् । दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गरेका प्रधानमन्त्रीले कल्याणपुर– ११ स्थित रामदुलारी माविकी ५ वर्षीया रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक९डोम०लाई बुधबार विद्यालय भर्ना गरेका हुन्।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ वैशाख, महोत्तरी ।
बालक अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका दुईजनालाई महोत्तरी जिल्ला अदालतले मंगलबार ३१ वर्ष कैद सजाय सुनाएको छ।
Read Moreकान्तिपुरमा प्रकाशित,४ वैशाख, रुपन्देही ।
रुपन्देहीको ओमसतिया गाउँपालिका-६ नरेनापूरकी एक किशोरी मृत भेटिएकी छिन् । १४ वर्षे सरस्वती हरिजन घरबाट झण्डै एक किलोमिटर पर खेतमा मृत अवस्थामा भेटिएकी हुन् । हिजो राति करिब ९ बजे शौचालय जान भनेर घरबाहिर निस्केकी किशोरी हराएकी थिइन् ।
Read Moreरातोपाटीमा प्रकाशित,३ वैशाख, दार्चुला ।
विद्यालय उमेर समूहका दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका १ देखि ५ वर्ष विद्यालय भर्ना हुने उमेर समूहका बालबालिका अझै पनि विद्यालयबाहिर रहेको कार्यालयको तथ्यांकमा छ ।
Read Moreप्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत उच्च अधिकारीले शनिबार मुगुका १५ बालबालिकालाई विद्यालय भर्ना गराएर यस वर्षको भर्ना अभियान सुरु गरे । शिक्षा कार्यालय मुगुले १६ बालबालिका (नौ छात्र र सात छात्रा) लाई भर्ना गराउन राराताल किनारमा भेला पारेको थियो ।
Read Moreराजधानी दैनिका प्रकाशित,३ वैशाख, धनगढी ।
जिल्लामा पछिल्ला वर्षहरूमा बलात्कारका घटनामा वृद्धि भएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको पछिल्ला चार वर्षको तथ्यांकअनुसार जिल्लामा जबर्जस्ती करणी र करणी उद्योगका गरी १५७ वटा मुद्दा दर्ता भएका छन् ।
Read Moreकान्तिपुरमा प्रकाशित,२ वैशाख, जनकपुर ।
धनुषाका १५ प्रतिशत बालबालिका कुपोषित रहेको एक सर्वेक्षणले देखाएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गरी सञ्चालित शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत गरिएको जाँचमा यस्तो फेला परेको हो ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ वैशाख, नवलपरासी ।
गैंडाकोट नगरपालिका–२ बस्ने ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकामाथि बलात्कार गरेको अभियोगमा गैंडाकोट नगरपालिका–२ डेरा गरी बस्ने मकवानपुरको चैनपुर नगरपालिका–५ का २३ वर्षीय प्रकाश प्रजा पक्राउ परेका छन् ।
Read More
नागरिक न्युजमा प्रकाशित,२ वैशाख, पाल्पा ।
मोटरसाईकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। कालिगण्डकी करिडोर सडकखण्डकको रम्भा गाउँपालिका–१, हुँगीमा स्थानीय ८ वर्षीय बालिका सपना विकको मृत्यु भएको हो। उनलाई लु ३६ प ५६१६ नम्बरको मोटरसाईकलले नयाँ वर्षको दिन शनिबार दिउँसो ३स्३० बजे हुँगीको साठीमा ठक्कर दिएको थियो।
Read Moreकान्तिपुरमा प्रकाशित,१ वैशाख, काठमाडौं ।
टोखास्थित ग्राण्डी अस्पतालको छैटौं तलाबाट हाम्फालेर १६ वर्षीय बिरामी कृष्ण क्षेत्रीले आत्महत्या गरेका छन् । क्यान्सरपीडित कृष्ण गत फागुन २० गतेदेखि अस्पतालमा भर्ना भएर उपचार गराईरहेका थिए ।
Read Moreनागरिक न्युजमा प्रकाशित,१ वैशाख, सर्लाही ।
जिल्ला स्थित हरिवनबाट झण्डै एक महिना अघि वेपत्ता भएका ३ बाल एवं एक किशोर भारतमा फेला परेका छन्। चैत ३ गते दिउँसोबाट सम्पर्क विहिन भएका हरिवन नगरपालिका–११ निवासी पुष्पकुमार स्याङतानका छोरा १२ वर्षीय करुण स्याङतान, सन्तोष गौतमको छोरा ११ वर्षीय सुमित गौतम र सकल गोलेका छोरा ११ वर्षीय संसार गोले तथा १६ वर्षीय किशोर नवराज भन्ने कुमार लामा भारतमा फेला परेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
Read Moreनागरिक न्युजमा प्रकाशित,३० चैत्र, कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा बुबाले चलाएको ट्याकटरबाट खस्दा घाइते भएका छोराको शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।भीमदत्तनगरपालिका–१ का चालक टेक साउद खेत जोतिरहेका बेला ट्याकटरमा सवार ६ वर्षीय विकास साउद लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Read More
रातोपाटीमा प्रकाशित,३० चैत्र, बर्दिबास ।
महोत्तरीमा मोटरसाइकल दुर्घटनामा बिहीबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशला नगरपालिका—३ श्रीपूर घर भएकी ६ बर्षीया विडरी मण्डल रहेकी छिन् ।
Read Moreकान्तिपुरमा प्रकाशित,३० चैत्र, धनुषा ।
रात छिप्पिँदै थियो । बस्ती पनि सुनसान बन्यो । धनुषा, बिषरभोराकी १४ वर्षीया किशोरी सुतेको घरको ढोका लगातार ढकढक्याइयो । बुवा–आमा घरमा नरहेकाले ती किशोरीले ढोका खोल्न मन गरिनन् ।
Read Moreनागरिक न्युजमा प्रकाशित,३० चैत्र, मकवानपुर ।
सालीलाई बलात्कार गरेको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका १२ का ३६ वर्षीय रत्नबहादुर घलेलाई १५ वर्षीया सालीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
Read Moreरातोपाटीमा प्रकाशित,२९ चैत्र, काठमाडौं ।
राजधानी काठमाडौं र त्यस आसपासका जिल्लामा पछिल्लो समय बाल यौनदुराचारका घटना एकपछि अर्को गर्दै बढ्न थालेका छन् । २०७४ साल सुरु भएयता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी परिसर काठमाडौंले करिब १० जना बाल यौनदुराचारीलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याइसकेको छ ।
Read MoreSeverity: Warning
Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)
Filename: Unknown
Line Number: 0
Backtrace: