https://annapurnapost.com/news/185465 १२ भदौ २०७८
वीरगन्ज : नेपाल प्रहरीले भारतको बिहारबाट ७ जना नेपाली युवतीको उद्धार गरेको छ। बेचबिखनको जोखिममा रहेका ७ जना युवतीलाई भारत बिहारको आदापुरमा बन्धक बनाएर राखिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको हो।
बिहारको पूर्वी चम्पारण जिल्ला छौडादानो नगर पञ्चायत–११ आदापुर बजारबाट ७ जना युवतीको उद्धार गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए। उद्धार गरिएकामा उदयपुर जिल्ला घर भएका १८ र २१ वर्षिया, पुर्व नवलपरासीकी २० वर्षिया, सुनसरीकी २३ वर्षिया, बाग्लुङकी १९ वर्षिया, कास्कीकी २० वर्षिया र पर्साकी १८ वर्षिया युवतीहरु रहेका छन्।
Read More