समाचारमा बालबालिका

शहरकै बालबालिका खोपबाट बञ्चित

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ माघ, बागलुङ ।

बागलुङ सदरमुकामका बालबालिका खोपबाट वञ्चित भएका छन्। १० स्थानीय तह रहेको जिल्लाका ९ स्थानीय तहमा पूर्णखोप घोषणा तयारी भइरहँदा बागलुङ सदरमुकाममै रहेको बागलुङ नगरमै धेरै बालबालिका पूर्णखोप लाउनबाट वञ्चित देखिएका छन्। 

Read More

हिउँदमा मात्रै विद्यालय पुग्छन् विद्यार्थी

नागरिक न्युजमा प्रकाशित,२१ माघ, झापा ।

रतुवा नदी तरेपछि झापाबाट इलामको दक्षिणी गाउँ चुलाचुली पुगिन्छ । तर नदी तर्नासाथ झापाको एउटा गाउँ पर्छ, सिम्ले । सिम्ले कमल गाउँपालिका ५ मा पर्छ । चाजु र रतुना नदीले घरेको यो बस्तीमा दुई सय ५० घरधुरी छन् ।

Read More

दुर्घटनामा बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० माघ, महोत्तरी ।

महोत्तरीको बलवा नगरपालिका—७ बनौटमा ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ। बनौटाबाट टिकुलीया तर्फ आउँदै गरेको ज १ त ८४७३ नम्बरको ट्रयाक्टरको ठक्करबाट घाइते भएका १४ वर्षीय रंजित यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिए। बालक यादव पैदल हिडिरहेका बेला ट्रयाक्टरले ठक्कर दिएको थियो । 

Read More

बच्चा र आमा नै कुपोषणको सिकार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० माघ, सिरहा ।

सिरहा नगरपालिका माडरका राकेशकुमार दासकी १० महिने छोरी कृतिकुमारी दास कुपोषणले ग्रसित छिन्। गरिबीका कारण आमासँगै पोसिलो खाना खान नपाएका कारण कृति कडा कुपोषणको शिकार बनेकी हुन्। उनको उपचार माडरस्थित ओटीसी सेन्टरमा भइरहेको छ ।

Read More

बालविवाहले बिग्रँदै घरबार

कान्तिपुरमा प्रकाशित,२० माघ, बुटवल ।

रूपन्देही कम्हरियाकी पूजा चाईको बिहे भएको ९ वर्ष पुग्यो । १२ वर्षको उमेरमा बिहे भएर माइतमै बस्दै आएकी उनी केटापक्षले गौना लिन (साइत छोपेर) आउने दिन कुर्दाकुर्दै पतिले अर्को बिहे गर्दा अलपत्र परेकी छन् । 

Read More

बालिका बलात्कार प्रकरणः ‘बलात्कारी’ लाई जोगाउन धार्मिक अस्त्र प्रयोग पीडितका बाबु भन्छन-प्रभुले क्षमादान गर्नु भन्नु हुन्छ

अनलाइनखबरमा प्रकाशित,२० माघ, इटहरी ।

प्रहरी अधिकारीहरुकै मिलेमतोमा लुइएको बालिका बलात्कारको घटनामा आरोपीहरुविरुद्ध मुद्दा रोक्न धार्मिक अस्त्र प्रयोग भएको पाइएको छ । अंग्रेजी नयाँ बर्ष मनाउन इटहरीको रोयल रिसोर्ट पुगेकी एक बालिका बलात्कृत भएकी थिइन् । तर, प्रहरीको समेत मिलमतोमा घटना लामो समय लुकाइयो ।

 

Read More

अब १६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा प्रतिबन्ध

न्युज २४ मा प्रकाशित,१९ माघ, लाहान ।

अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ ।

Read More

चिसो भुँइमै कठ्याङ्ग्रिएर पढ्न बाध्य छन् धनुषाका विद्यार्थी

थाहा खबरमा प्रकाशित,१९ माघ, जनकपुरधाम ।

मध्य तराईका विद्यार्थीहरू शीतलहर तथा कठ्याङ्ग्रिँदो चिसोका कारण बढी प्रभावित भएका छन्। कक्षा कोठामा विद्यार्थीका लागि डेस्क र बेञ्च नहुँदा चिसो भुँइमै बसेर पढ्न बाध्य भएका कारण चिसोमा उनीहरू विद्यालय नै आउँदैनन् ।

Read More

किशोरको रहस्यमय हत्या, सोधपुछका लागि १४ जना नियन्त्रणमा

कान्तिपुरमा प्रकाशित,१८ माघ, गुलरिया ।

ठाकुरबाबा—२ बेतहनीका एक किशोरको रहस्मय ढङ्गले हत्या भएको छ । १७ वर्षीय बालकृष्ण आचार्य मृत अवस्थामा सोही ठाउँको पेरहनीस्थित तोरीवारीमा फेला परेको प्रहरीले जनाएको छ । 

Read More

बालिकामाथिको दुर्व्यवहार बढ्दै

कान्तिपुरमा प्रकाशित,१८ माघ, भक्तपुर ।

गत असार १६ मा मध्यपुर थिमि मनहरास्थित ७ वर्षीया बालिका बलात्कृत भइन् । बालिका मरणासन्न अवस्थामा पुगेपछि छाडिएको थियो । अभिभावकसँग राम्रो हिमचिम भएकै व्यक्तिले बालिकालाई बलात्कार गरेका थिए । 

Read More

बेपत्ता किशोर फेला - ७ दिनसम्म जंगलमै

कान्तिपुरमा प्रकाशित,१८ माघ, काठमाडौँ ।

ललितपुर– फुल्चोकीमा हिउँ खेल्न जाने क्रममा हराएका १७ वर्षीय जोन तामाङ ७ दिनपछि घनाजंगलभित्र अर्धचेत अवस्थामा फेला परेका छन् । ‘रेस्क्यु थ्री साउथ एसिया’ को टोलीले बुधबार अपराह्न साढे ४ बजे उनलाई भेट्टाएको थियो ।

 

Read More

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१८ माघ, दोलखा ।

बुधबार बिहानैदेखि चरीकोटको मौसम चिसो थियो । एकाबिहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केही बालबालिका देखा परे । ७- ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास चुलो, भाँडा र प्लास्टिकका गिलास निकाले अनि चुलो बाल्न सुरु गरे, भाँडामा पानी बसाले, चिनी, चियापत्ती हाले । चिया तयार भयो । उनीहरुकै साथीको अर्को समूहले ब्यानर टाँग्यो, जसमा लेखिएको थियो, ‘हामी हाम्रो साथी मदनलाई बचाउन चाहन्छौं ।

Read More

स्कुल जाँदैनन् बादी बालबालिका

कान्तिपुरमा प्रकाशित,१८ माघ, रुकुम ।

आठबीसकोट नगरपालिका ९, राडी बजार तथा ठूलीभेरी नदीकिनारमै बादी बस्ती छ । बस्तीकी १३ वर्षीया सुशीला बादीले अहिलेसम्म विद्यालय जान पाएकी छैनन् । आफ्नै उमेरका साथीभाइ ६/७ कक्षामा पढ्छन् । उनलाई पनि पढ्ने रहर छ । तर, आर्थिक अभावले चाहेर पनि पढ्न पाएकी छैनन् ।

Read More

६ दिन बित्यो, भेटिएनन् जोन

अनलाइनखबरमा प्रकाशित,१७ माघ, काठमाडौं ।

हाइकिङका लागि फूलचोकी गएका ललितपुरस्थित थसिखेलका १७ वर्षीय विद्यार्थी जोन तामाङ हराएको ६ दिन वितिसक्दा समेत भेटिएका छैनन् ।

Read More

कक्षा ८ को परीक्षामा डी प्लसभन्दा कम ल्याउने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने

उज्यालो अनलाइनमा प्रकाशित,१७ माघ, काठमाडौँ ।

शिक्षा मन्त्रालयले कक्षा ८ को परीक्षामा डी प्लस ग्रेडभन्दा कम ल्याउने विद्यार्थीलाई माथिल्लो कक्षामा पढ्नका लागि योग्य नमान्ने गरी पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ । 

Read More

फिदिमका दुइवटा विद्यालयमा शिक्षकद्वारा विद्यार्थी कुटिए, घटना गुमनाम

मेची पोस्ट्मा प्रकाशित,१७ माघ, फिदिम ।

फिदिमका नगपालिकाका दुइवटा विद्यालयमा शिक्षकद्वारा विद्यार्थी निर्घात कुटिएका छन् । पाँचथर सदरमुकामका रहेका २ वटा विद्यालय फिदिम नगरमालिका–१ को फिदिम मावि र फिदिम नगरपालिका–४ को गढीमाविका विद्यार्थी कुटिएका हुन् ।

Read More

फुलचोकीबाट हराएका जोन ६ दिनपछि भेटिए

नागरिक न्युजमा प्रकाशित,१७ माघ, काठमाडौं ।

स्कुलबाट फुलचोकी हाइकिङ जाँदा गत बिहीबारदेखि हराइरहेका १७ वर्षीय जोन तामाङ बुधबार फेला परेका छन्। उनलाई हाइकिङ गर्न गएकाले फेला पारेको प्रहरी वृत्त सातदोबाटोका डिएसपी विनोद सिलवालले जानकारी दिए।

Read More

विद्यार्थीको खाजा बजेट शिक्षकले बाँडेको आरोप

अनलाइनखबरमा प्रकाशित,१७ माघ, सिरहा ।

जिल्लाको एक विद्यालयका शिक्षकहरुबीच विद्यार्थीको लागि आएको खाजा बजेट बाँडफाँटमा विवाद हुँदा डेढ महिनादेखि पढाई प्रभावित भएको छ । सिरहाको मिर्चैया–१२ मा रहेको श्री मोजै जनता प्राथमिक विद्यालय, भरेवा सिक्रोनका शिक्षकबीच विद्यार्थीलाई आएको खाजा बजेट बाँडफाँटका क्रममा भएको विवादले डेढ महिनादेखि पठनपाठन ठप्प हुन पुगेको हो ।

Read More

‘बडका आदमी’ बन्न कटेरोमा अक्षर चिन्दै बालबालिका

अनलाइनखबरमा प्रकाशित,१६ माघ, सिमरा ।

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-१७ मा एक प्राथमिक विद्यालय छ । जहाँ ७० जना बालबालिका अध्ययनरत छन् ।

Read More

टाढा स्कुल जान गाह्रो, नजिक खोल्न गाह्रो

नागरिक न्युजमा प्रकाशित,१६ माघ, चितवन ।

मनबहादुर चेपाङ चितवनको पहाडी गाउँ सिद्धि रन्तेसस्थित राष्ट्रिय आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुन् । उनी १० वर्षका हुँदा कक्षा १ मा भर्ना भएका थिए । तीन कक्षा उत्तीर्ण गरेपछि उनको पढाइ छुट्यो । कक्षा ४ मा पढ्दा किताब किन्नुपथ्र्यो । ‘किताब किन्ने पैसा नहुँदा पढ्न पाइनँ’, मनबहादुरले भने।

Read More