A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondjkg87978evi93i3hupcmvdv60lomtkm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

यार्सा टिप्न विद्यालय बन्द

यार्सा सिजन सुरु भएपछि मुगमकार्मारोङ गाउँपालिकाका सामुदायिक विद्यालय बन्द गरिएका छन् । अधिकांश विद्यार्थी यार्सा टिप्न पाटन गएपछि विद्यालय बन्द गरिएका हुन् । गाउँपालिकाको एक मात्र माध्यमिक विद्यालय बुद्ध माविमा एक महिना बिदा गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १० सम्मका सबै विद्यार्थी यार्सा टिप्न गएपछि विद्यालय बन्द गरिएको हो । निमित्त प्रधानाध्यापक डिलेन्द्रबहादुर शाहीले जेठ १२ देखि असार ९ सम्म विद्यालय बन्द गरिएको जानकारी दिए। ‘४ कक्षाभन्दा माथिल्लो तहका सबै विद्यार्थी पाटन गए,’ उनले भने, ‘साना कक्षाका विद्यार्थीमात्र आउने गरेपछि विद्यालय बन्द गर्ने निर्णय गरेका हौं ।’ उनका अनुसार बाहिरका शिक्षकसमेत घर गएका छन् ।विद्यालयको भवन निर्माण भइरहेकाले आफूमात्र विद्यालय आउने गरेको उनले जानकारी दिए । विद्यालयमा ५ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालय सञ्चालन गरेको तीन साता नपुग्दै विद्यालय बन्द गरिएको उनले सुनाए । स्थानीय कार्माछेवाङ लामाका अनुसार विद्यार्थीले पढाइभन्दा यार्सालाई महत्त्व दिएकाले विद्यालय बन्द गरिएका हुन् । उनका अनुसार गाउँपालिकाका अधिकांश विद्यार्थी अभिभावकसँगै पाटन पुगेका छन् । समुद्र सतहदेखि करिब ४५ सय मिटर उचाइका जिल्लाका विभिन्न पाटनमा यार्सा पाइन्छ । एक विद्यार्थीले यार्सा टिप्न गएबापत सिजनमा ४० देखि ५० हजार रुपैयाँ कमाएर ल्याउने गरेको उनले जानकारी दिए । गाउँपालिकाका माथिल्ला बस्ती मह, रिउस, सेरोक, डोल्फू, मुगु, किम्रीलगायत गाउँका ४ निमावि र १२ प्राथमिक विद्यालयको समेत पठनपाठन प्रभावित भएको छ । विद्यालयले यार्सा सिजनमा बिदा नै नदिए पनि विद्यार्थी नभएकाले पठनपाठन हुन नसकेको हो । अधिकांश विद्यालयमा १ देखि ३ सम्मका विद्यार्थी मात्र आउने गरेका छन् । साना कक्षाका विद्यार्थी मात्र आएपछि शिक्षकले पठनपाठन गर्न छाडेका छन् । गाउँपालिकामा एक महिना जाडो, करिब एक महिना चाडपर्व र एक महिना यार्सा सिजनको बिदा हुने गरेकाले कोर्ष पूरा नहुने समस्या रहेको लामाले जनाए । स्थानीयवासीले वर्षभरिको खर्चको जोहो यार्सा संकलनको रकमबाटै गर्ने भएकाले बालबालिकालाई पनि आफैसँग पाटन लैजाने गरेका हुन् । प्रौढ र वृद्धभन्दा बालबालिकाले धेरै यार्सा संकलन गर्ने भएकाले अभिभावकले उनीहरूको पढाइमा वास्ता गर्दैनन् । अन्न उत्पादन कम हुने भएकाले गाउँपालिकाका अधिकांश घरधुरी यार्साकै रकमले खर्च धान्न बाध्य छन् ।

२०७६ जेठ २३ गते ९:१५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: