एसिड प्रहारबाट बालक सख्त घाइते
कान्तिपुरमा प्रकाशित,७ कार्तिक, सुनसरी ।
अज्ञात युवाहरुको एसिड प्रहारबाट १४ वर्षीय बालक घाइते भएका छन् । उनको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । घाइते बालकले आफ्नो नाम दिपेन परियार बताएका छन्। एसिड प्रहारबाट चिन्ताजनक अवस्थामा सोमबार राति ९ बजे दुहवीमा लडिरहेको फेला पारेपछि प्रहरीले उपचार गर्न प्रतिष्ठानमा ल्याएको हो।
Read More