A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session3mlc7221kmgos09oplhfgpnkh1a2qo93): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बिहेको निम्तोमा जन्ममिति अनिवार्य

अचेल उदयपुरमा विवाहको निम्तो कार्डमा बेहुला बेहुरलीको उमेर लेख्ने गरिएको छ । उमेर नपुगी विवाह गर्ने चलन रोक्न यस्तो गरिएको हो । सबैलाई उमेरबारे थाहा होस् भनेर विवाह कार्डमा जन्ममिति लेख्न अनिवार्य गरिएको छ । बालविवाहलाई दण्डनीय अपराधका हुने भएकाले ‘बिहेवारी २० वर्षपारि’ भन्ने अभियान चलाइएको छ । यसो गर्दा पनि बालविवाहका घटना हुने गरेको पाइएपछि जन्ममिति अनिवार्य राख्नुपर्ने नियम बनाइएको हो । उदयपुर प्रहरीको सक्रियतामा यस्तो नियम लगाइएको हो । सदरमुकाम गाईघाटमा केही दिनयता छापिएका विवाहका कार्डमा बेहुला बेहुलीको जन्ममिति उल्लेख गरिएको पाइन्छ । विवाहको कार्ड छाप्दा छापाखानाले विवाह हुने युवारयुवतीको जन्मदर्ता वा नागरिकता हेरेर जन्ममिति खुलाउन थालेका हुन् । प्रहरीको सक्रियतामा छापाखानाहरूलाई कार्डमा उमेर खुलाउन अभियन्ताहरूले पत्राचार गरेका छन् । ‘निम्तो कार्डमै जन्नमिति वा उमेर खुलाइँदा बालविवाह कम गर्न पुग्ने विश्वास लिइएको छ,’ प्रहरी उपरीक्षक वीरबाहदुर बुढामागरले भने, ‘कानुनले बालविवाहमा सहभागी हुने बेहुलाबेहुली, अभिभावक र आफन्त जन्ती सबै कारबाहीको भागीदार हुन्छन् ।’ तर निम्तो दिएर आउने आफन्त, जन्तीलाई नै बेहुलाबेहुलीको उमेर थाहा नभएर अनावश्यक दुःख पाउने भएकाले सार्वजनिक रूपमा निम्तो कार्डमै जन्ममिति वा उमेर खुलाउन आह्वान गरेको उनले बताए । मंसिर २५ गते जिल्ला प्रहरीले बालविवाह भइरहेको अवस्थामा बेहुलाबेहली, आफन्त र जन्तीलाई पक्राउ गरी ल्याएको थियो । त्यस क्रममा जन्तीले विवाहको निम्तो मान्न जाँदा उमेर सोधेर आउने कुरा भएन भन्ने तर्क गरेका थिए । उक्त घटनापछि जिल्ला प्रहरीले कार्डमै उमेर खुलाउने काममा सक्रियता देखाएको छ । सरकार र अभियन्ताले बालविवाह रोक्न लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । कार्डमा उमेर राख्ने व्यवस्थाले बालविवाहलाई निरुत्साहित तथा नियन्त्रण गर्न सहयोग गर्ने अभियन्ताले विश्वास लिएका छन् । ‘निम्तो कार्ड छाप्दै जन्ममिति उल्लेख गर्दा बालविवाह हो र होइन छुट्याउन सजिलो हुन्छ,’ बालविवाह न्यूनीकरणका अभियान्तासमेत रहेका गैरसरकारी संस्थामा महासंघ उदयपुरका सचिव सीएम गुरागाईंले भने, ‘यसले बालविवाह न्यूनीकरणमा सहयोग पुग्नेछ ।’बालविवाह गरे वा उक्त कार्यमा संलग्न भएको पाइए तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । उमेर नपुगी विवाह गर्दा शिक्षा र स्वास्थ्यमा असर पर्ने मात्र नभई पछिल्लो समय सम्बन्धविच्छेदका घटना पनि बढेको प्रहरीको ठम्याइ छ । ‘कर्मचारी मिलन केन्द्र, कार्यालय प्रमुखहरूको बैठकरभेलामा विवाहको निम्तो कार्डमा बेहुलारबेहुलीको उमेर खुलेको प्रमाण भए मात्रै विवाहमा सहभागी हुने भन्ने कुरा उठेको हो,’ प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भने, ‘बालविवाह न्यूनीकरणका लागि उप्रेरित गर्नका लागि कर्मचारीले विवाहमा सहभागी हुँदा उमेर खुलेको आधारमा मात्रै सहभागी हुने कुरा भएको थियो ।’ तर कार्डमै मिति उल्लेख गर्नुपर्ने अनिवार्य व्यवस्था भने नगरिएको उनले बताए । त्रियुगा नगरपालिकाका भूपध्वज कार्की र वर्ष १९ की लेखाकुमारी थापासहित अभिभावक पक्राउ परेका थिए । बालविवाह भइरहेको उजुरी आएपछि प्रहरीले विवाहमण्डपबाटै बेहुलाबेहुली र उनीहरूका अभिभावकलाई पक्राउ गरेको थियो । प्रहरीले बेहुला २४ वर्षीय कार्की, उनका बाबु पदमबहादुर कार्की, बेहुली लेखाकुमारी र उनकी आमालाई नियन्त्रणमा लिएको हो । बरबधु र अभिभावकलाई नियन्त्रणमा लिएलगत्तै स्थानीय बाल क्लब, स्थानीय जनप्रतिनिधि र प्रहरीसमेतको रोहबरमा बधुको उमेर २० वर्ष पुगेपछि बिहे गरिदिने सहमति गरेर बेहुलाबेहुलीलाई अभिभावकको जिम्मा लगाइएको हो । मुलुकी संहिताले विवाह गर्न युवतीको उमेर २० वर्ष पुग्नुपर्ने व्यवस्था गरे पनि उमेर नपुग्दै विवाह गर्ने चलन धेरै भएकाले कतिपय बरबधु विवाह गरिरहेका बेला कोही मण्डपबाटै र कोही जन्ती जाने क्रममा पक्राउ पर्ने गरेका थिए ।

२०७६ माघ २८ गते ९:४८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: