A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मुगुबाट हुम्ला पुर्‍याएर किशोरीमाथि बलात्कार प्रयास, चिच्याएको सुनेपछि प्रहरीले उद्दार गर्‍यो

मुगुकी १५ बर्षीया एक किशोरीलाई जबर्जस्ती विवाह गराउने प्रयासमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणकै शैलीमा गाउँबाट उठाएर मुगुकी ती किशोरीलाई हुम्ला पुर्‍याएपछि त्यहाँबाट भागेकी किशोरीले माइतीमा समेत सुरक्षा पाउन नसकेको विदारक घटना सार्वजनिक भएको हो। आफ्नो १९ बर्षीय भतिजो श्रीलाल नेपालीका लागि भन्दै मुगु जिल्लाकी किशोरीलाई अपहरणको शैलीमा जबर्जस्ती नियन्त्रणमा लिएर गएका हुम्ला चंखेली गाउँपालिका वडा नं १ दार्माका सिंह बहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। नेपालीले मुगुको सोरु गाउँपालिका ३ की एक किशोरीलाई आफ्नो भतिजोसँग जबर्जस्ती विवाह गराउने प्रयास गरेका थिए। 

यस्तो छ घटनाक्रम 

 पक्राउ परेका सिंहबहादुर नेपालीसहित १९ बर्षीय भतिजो श्रीलाल नेपाली, छिमेकीहरु कन्न नेपाली र कमल नेपाली गत पुस २० गते मुगुको सोरु गाउँपालिका ३ मा मेला हेर्न पुगेका थिए। मेला चलेकै रात उनीहरुले  किशोरीलाई अपहरणको शैलीमा उठाएर केटाको गाउँ हुम्ला दार्मा पुर्‍याएका थिए। हुम्ला पुर्‍याइएकी ती किशोरीलाई तीन दिनसम्म केटाको काकाको घरमा राखेर चौथो दिन फेरि अर्का छिमेकीको घरमा राखे।  सो घरमा दुई दिन राखेपछि ती किशोरीलाई फेरि केटा श्रीलाल नेपालीको घरमा लगिएको थियो। केटाले अस्वाभाविक क्रियाकलाप प्रयास गरेपछि ती किशोरी  रातको समयमा भागेर हुम्ला जिल्लाकै जैरगाउँमा रहेकी आफ्नी दिदीको घरमा पुगेकी थिइन्‌।  जबर्जस्ती उठाएर ल्याइएकी किशोरी घरबाट भागेपछि केटाका काकासहित चारैजना व्यक्तिहरु फेरि किशोरीलाई लिन जैरगाउँ नै पुगे। आफूलाई फेरि उठाउन आएको थाहा पाएपछि ती किशोरी त्यहाँबाट पनि भागेर रातारात मुगु जिल्लाको सदरमुकाम गमगढी आई लुकेर बसेकी थिइन्‌। किशोरीले प्रहरीलाई दिएको बयान र घटनाक्रम हेर्दा केटाका आफन्तहरू किशोरीलाई खोज्दै मुगु सदरमुकाम गमगढीसम्मै आइपुगेका थिए। तीन दिनसम्म उनीहरुले किशोरीलाई खोजेको र नभेटेपछि केटाको काका सिंहबहादुर नेपाली बाहेक अरू तीनजना हुम्ला फर्केका थिए। आफूलाई लिन आएका सबै हुम्ला फर्किएको जानकारी पाएपछि किशोरी माघ १३ गते साँझ बजारमा निस्किएकी थिइन्‌। तर गमगढीमै बसेका केटाका काकाले  किशोरीलाई देखेपछि लछारपछार गर्दै हुम्ला लैजान खोजेका थिए। किशोरी चिच्याएको आवाज सुनेपछि गस्तीमा गएका प्रहरीले तत्काल उनलाई उद्दार गरी केटाका काका सिंहबहादुरलाई पक्राउ गर्‍यो। 

चारै जनाविरूद्ध मुद्दा

अपहरण शैलीमा किशोरी उठाएर हुम्ला पुर्‍याइ जबर्जस्ती गर्न खोज्‍ने १९ बर्षीय श्रीलाल नेपालीसहित यो घटनामा संलग्‍न चारै जनाविरुद्ध प्रहरीले अपहरण, शरीर बन्धक र जबर्जस्ती करणीमा मुद्दा चलाएको छ।  प्रतिवादी ३ जनालाई पक्राउ गर्न मुगु सोरुकोटबाट दुई दिनको दुरीमा रहेको हुम्ला दार्मा गाउँमा प्रहरी पुगिसकेका छन्‌। तर प्रतिवादीहरु फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिउको छ। फरार रहेकाहरुलाई पक्रन अहिले हुम्ला र मुगु प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए। सबै प्रमाणहरु जुटीसकेको छ,ुप्रनाउ साहले भने, एक त किशोरी, त्यसमाथि पनि अपहरणको शैलीमा उठाएर लगेको र त्यहाँबााट भागेपछि ठाउँठाउँमा  खोज्दै हिँडेको पाइयो, अभियुक्तहरूमाथि बालविवाह, अपहरण र जबर्जस्ती करणी अभियोगमा मुद्दा चलाइएको छ।

२०७६ माघ २८ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: