A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionh5q10h3nqaksrgrk7ddeb51sddbb7mdp): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

घरायसी कामले छुट्छ पढाई

साँफेबगर नगरपालिका–१४ पातलकोटकी सानु थापा १७ बर्षकी भईन् । विद्यालयमा भेटिनुपर्ने उनी हरेक दिन उनी घरायसी काममा ब्यस्त हुन्छिन् । कालिका माध्यामिक विद्यालयकी पूर्व छात्रा सानुले ६ कक्षा पढ्दा पढ्दै विद्यालय छोडिन् । भन्छिन्, ‘घरायसी काम र घासदाउराले गर्दा गृहकार्य गर्ने, पढ्ने समय नभएपछि विद्यालय जानै छोडे ।’ सानु जस्तै कौशी परियारले कक्षा ३ र शान्ति थापाले कक्षा सातमा पढ्दा पढ्दै वीचमै विद्यालय छोडे । सानु, कौशी र शान्ति जिल्लाका प्रतिनिधी छात्रा मात्रै हुन् ।घास, पात र अन्य घरायसी काममा व्यस्त हुने अधिकांश छात्रा विद्यालयतह पार हुनु अगावै पढाई छोड्ने गर्छन् । बिहान र बेलुका धान कुट्ने र दिउसो गाईबस्तुसँगै घास दाउरामा समय बित्ने भएपछि साँफेबगर नगरपालिका–९ बुढाकोटकी लाली बिकले पनि सरस्वती प्राविमा कक्षा ५मा पढ्दै गर्दा विद्यालय छोडिन् । उनी अहिले १५ बर्षकी भईन् ।अछामका अधिकांश ग्रामीण भेगका छात्राको अवस्था यस्तै रहेको त्रिपुरा सुन्दरी प्राविकी शिक्षिका मनिषा बोहराले बताईन् । उनले भनिन् ‘अझै पनि घरको सबै काम छोरीले गर्नुपर्छ भन्ने मान्यता गाउँघरमा छ ।’ घरायसी कामको बोझ, गरिबी र बालविबाहका कारणले पनि छात्राको संख्या विद्यालयमा घट्ने गरेका बोहरा बताउँछिन् ।

२०७६ माघ २७ गते ९:४५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: