A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

झारफुकको बहानामा किशोरीमाथि बलात्कार, १ जना पक्राउ

१४ वर्षीया किशोरी बलात्कारको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडबाट १ व्यक्ति पक्राउ परेका छन् । बिरामी युवतीलाई झारफुक गर्ने बहानामा युवती बलात्कार गरेको गरेको अभियोगमा घोडाघोडी नगरपालिका–१, हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार, आँखामा समस्या समाधानका लागि झारफुक गर्न गएको आफूलाई डगौराले मन्दिरमा नरिवल चढाउने बहानामा घोडाघोडी तालक्षेत्रको जंगलमा लगेर बलात्कार गरेको बताएकी छन् । माघ २१ गते किशोरी बलात्कृत भए पनि ढिलो गरी जानकारी आएकाले डगौरालाई शुक्रबार मात्रै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका डगौरालाई अहिले जिल्ला प्रहरी कार्यालय, कैलालीमा राखिएको छ । यसैबीच बलात्कारकै अभियोगमा १५ वर्षीय किशोर पनि पक्राउ परेका छन् । १४ वर्षीया किशोरी बलात्कारको आरोमा घोडाघोडी नगरपालिका ८ का किशोर पक्राउ परेको इलाका प्रहरी कार्यालय, सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले बताए । भट्का अनुसार किशोरमाथि लागको अभियोगबारे अनुसन्धान भइरहेको छ।

२०७६ माघ २५ गते १२:१६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: