चितुवाको आक्रमणबाट बालिकाको मृत्यु
चितुवाको आक्रमणबाट पोखरा– ३२ कोशेगाउँकी ९ वर्षीया पूजा विकको मृत्यु भएको छ । बिहीबार साँझ ६ बजेतिर साथीसँग खेलिरहेको अवस्थामा चितुवाले अशोक विकको घरको आँगनबाटै उनलाई लगेको स्थानीय नारायणप्रसाद पण्डितले बताए । सुरुमा अरु साथीसँग खेल्न गएको अनुमान अभिभावकले गरेका थिए। तर रातिसम्म नआएपछि खोज्ने क्रममा राति ९ बजेपछि घरदेखि ६० हात पर क्षतविक्षत अवस्थामा पूजाको शव भेटिएको पण्डितले बताए। कोशेगाउँ जंगलको बीचमा रहेको छ । दीपक विक र अप्सरा विककी छोरी पूजा स्थानीय चन्द्रज्योति आधारभूत विद्यालयमा ३ कक्षामा पढ्थिन्।
२०७६ माघ २४ गते ८:४८ मा प्रकाशित