A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाह गराउन खोज्ने काका पक्राउ

आफ्नै भतिजलाई बालिका विवाह गराउन खोज्ने काकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हुम्लाको चंखेली गाँउपालिका वडा १ दार्मा गाँउका सिंहबहादुर नेपालीलाई मुग प्रहरीले पक्राउ गरेको हो। नेपाललीले मुगुको सोरु गाँउपालिका वडा नं ३ कि एक बालिकालाई भतिजोसंग विवाह गराउने प्रयास गरेका थिए। गत पुस २० गते बालिकाको गाँउमा मेला चलिरहेको बेला प्रतिवादी काकासहित १९ वर्षीय भतिजो श्रीलाल नेपाली, छिमेकीहरु कन्न नेपाली र कमल नेपाली मेला हेर्न गाँउमा आएका बेला राति बालिकालाई अपहरणको शैलीमा उठाएर केटाको गाँउ हुम्ला दार्मा लगेको प्रहरीले जनाएको छ।३ दिन काकाको घरमा राखेर पुन चौथो दिनमा अर्को छिमेकीको घरमा राखेको र त्यहाँ पनि २ दिन राखेपछि फेरि केटाको घरमा राखेका थिए। १ हप्तापछि बालिका भागेर हुम्लामै रहेकी दिदीको घरमा पुगिन्। पुनः केटाका काकासहित चारै जना बालिकालाई लिन जैर पुगेपछि त्यहाँबाट भागेर आफनै गाँउ नेरमा पुगेकी बालिकालाई लिन केटाका आफन्त नेरमा पनि पुगेपछि बालिका आफ्नै गाँउबाट रातारात भागेर जिल्ला सदरमुकाम गमगढीमा आएको प्रहरीले जनाएको छ।मुगु जिल्ला सदरमुकाममा समेत केटा पक्ष खोज्दै आएपछि बालिका सदरमुकाममा लुकेर बसेकी थिइन्। ३ दिनसम्म सदरमुकाम गमगढीमा बालिकालाई खोज्दा पनि नभेटेपछि काका बाहेक अरु सबैजना घर फर्केका थिए। सबै घर गएको भन्ने थाहा पाएपछि बालिका माघ १३ गते साँझ बजारमा निस्कदा काकाले देखेपछि समाएर घर तिर लिन लछारपछार गर्दा बालिका कराएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।बाल विवाह गर्न खोज्ने नेपालीसहित चारै जनाविरुद्घ प्रहरीले अपहरण शरीर बन्धक र जवरजस्ती करणीमा मुद्धा चलाएको छ। अन्य तीन जना भने फरार छन्। उनीहरुको खोजी भैरहेको प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।

२०७६ माघ २७ गते ३:४३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: