A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8fgeora7r2ac2k58190ruagoqq8e87ho): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

महिना दिनदेखि १६ वर्षीया अञ्जु बेखबर

गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन्। गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन्। सुनार आमासँगै सदरमुकाम बसेर कालिका कन्या मन्दिर माविमा पढ्छिन्। आफन्तजनले सोमबार पत्रकार भेटघाट राखी बेपत्ता किशोरीको खोजीमा सघाउन सबैमा आग्रह गरेका छन्। ुपुस २९ गते साँझ ६स्३० सम्म छोरी हामीसँगै थिई, त्यसपछि कता गई, अहिलेसम्म सम्पर्कमा आएकी छैनु, आमा मनकुमारीले भनिन्। सोही दिन रातिदेखि नै परिवारजनले किशोरीको खोजी शुरु गरेका थिए। हराएको चार दिनपछि प्रहरीमा निवेदन दिएको आमा मनकुमारीले भनेकी छन्। प्रहरीले पनि खोजीकार्य तीव्र पारेको छ। अञ्जुले पढ्ने ९ कक्षाका विद्यार्थीसँग सोधपुछ गर्दा कक्षा ११ मा पढ्ने अनिल थापासँग उनको प्रेम सम्बन्ध रहेको पाइएको छ।बागलुङ नगरपालिका–११ रायडाँडाका थापा पनि करिब महिना दिनदेखि बेपत्ता छन्। उनको परिवारले पनि हराएको भनी प्रहरीमा निवेदन दिएको छ। दुवै परिवारले एकर्काप्रति आशङ्का गरेका छन्। दुवै जना सँगै रहेको या भागेर कतै गएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। दुवै परिवारको निवेदनका आधारमा खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

२०७६ माघ २८ गते ८:५० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: