A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

उदयपुरमा बलात्कार घटना बढ्दो, वर्षदिनमा ५३

उदयपुरमा बलात्कारका घट्ना भयावह बन्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पछिल्लो समय वर्षेनी महिलामाथि हुने बलात्कार र बलात्कारजन्य महिला हिंसाका घट्ना बढ्दै गएको देखिएको छ। प्रहरीका अनुसार २०७६ पुस मसान्तसम्मको १ वर्षे अवधिमा घटेका १ सय ३ वटा आपराधिक घटनामध्ये ५३ वटा बलात्कारसँग सम्बन्धित छन्। बलात्कार पनि सबैभन्दा बढी बालबालिकामाथि हुने गरेको तथ्यांकले देखाएको छ। वर्षदिनमा बालिकामाथिको बलात्कार संख्या ३० पुगेको प्रहरी अभिलेखमा उल्लेख छ। त्यस्तै महिला बलात्कार र बलात्कार प्रयासका घटना संख्या २३ रहेको प्रहरी अभिलेखले देखाएको छ।अन्य अपराधहरु गैरन्यायिक हत्या ११ वटा रहेका छन् भने बहुविवाह १७, नाता कायम १, बालविवाह तथा बाल बहुविवाह ३ वटा रहेको पाइएको छ। घरेलु हिंसाको संख्या वर्ष दिनमा १३ परगेको छ। बालबालिकामाथि कुटपिट घटना एक र मानव ओसारपसार एक तथा प्रतिबन्धित नेत्रविक्रम चन्द ९विप्लव० समूहले विष्फोटक पदार्थ राखेको घटना ४ वटा पुगेको छ।प्रहरीले अदालततर्फ पठाएर फैसला भएका मुद्दामध्ये बालबालिका बलात्कारका १३ मध्ये २ जनाले सफाई पाएका छन्। अदालतले फैसला गरेका १२ महिला बलात्कारका मुद्दामध्ये ७ जनाले सफाई पाएको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनका अनुसार घरेलु हिंसाका १३ मध्ये ३ वटा मिलापत्र भएको छ भने फैसला भएका बहुविवाहका ९ मुद्दामध्ये ३ वटामा सफाई तथा बालिका कुटपिट र नाताकायमका २ मुद्दा मिलापत्र भएको छ। एसपी मगर मानव अधिकार संरक्षण र सम्र्बद्धन गर्न प्रहरी संगठन सधै प्रतिबद्ध रहे पनि समाजमा घटना निमिट्यान्न पार्नै नसकिएको स्वीकार्छन्। सामाजिक अपराधका घटनालाई मानव अधिकारको मूल विषयवस्तु बनाउँदै अघि बढे पनि संभव तुल्याउन हम्मे नभईरहेको उनको बुझाई छ। बलात्कार र बलात्कार प्रयासजस्ता जघन्य अपराधको छिनोफानो न्यायालयमा हुनुपर्नेमा धेरैजसो गाउँघरमै मिलाउने प्रयास हुनु पनि प्रहरीका लागि चुनौतिको विषय भएको उनले बताए।

२०७६ माघ २६ गते १:०६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: