समाचारमा बालबालिका

सिराहामा तीन दिनभित्र चार बालविवाह रोकियो

सिरहामा २० वर्ष भन्दा कम उमेरमा हुन लागेका चारजनाको विवाह रोकिएको छ । बुधबार मिर्चैया नगरपालिका १ का १८ बर्षका युवकको विवाह प्रहरीको सक्रियतामा रोकिएको छ । योसँगै पछिल्लो तीन दिन यता प्रहरीले हुन लागेको चार वटा बालविवाह रोकेको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले २० वर्ष नपुगेको भन्दै १८ वर्षीय युवकको विवाह रोक्न आग्रह गरेको थियो । प्रहरीको आग्रहमा परिवारले सहमति जनाएको थियो । यसअघि माघ २७ गते एकै दिन प्रहरीले तीनवटा बालविवाह रोकेको थियो । स्थानीय भद्र भलादमी, बुद्धिजीवि तथा जनप्रतिनिधिको रोवहरमा प्रहरीले तीन जना बालिकाको विवाह रोकिएको थियो ।कर्जन्हा नगरपालिका ६, मिर्चैया नगरपालिका १ र कल्याणपुर नगरपालिका १ कि ३ किशोरीको विवाह रोकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

२०७६ माघ २९ गते ७:३० मा प्रकाशित