A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session4unle733joejha8ct5emcfti40hkqist): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सय रुपैयाँ चोरी गर्दा बन्धक बनाएर कुटिए बालक

गाउँको एक किराना पसलबाट पैसा चोरी गरेको निहुँमा एक वडाध्यक्षले दुई बालकलाई ८ घण्टा बन्धक बनाएर निर्घात कुटपिट गरेको कुरा बाहिर आएको छ। वडाध्यक्षको कुटपिटबाट बालकको नाक, ढाड र छातीमा गम्भीर चोट लागेको छ। धनुषाको सबैला नगरपालिका ९ का वडाध्यक्ष सुशिलकुमार रायले किराना पसलबाट सय रुपैयाँ चोरेको निहुँमा स्थानीय अनाथ बालक सुरज महतो र बिल्टु मुखियालाई कुटपिट गरेको आरोप लागेको छ। बालकलाई कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालयमा वडाध्यक्ष रायविरुद्ध उजुरी दर्ता भएको छ। कुटिएका बालक भनिएका सबैला नगरपालिका ९ भठिहनका तेजवा मुखियाका १० वर्षीय छोरा बिल्टु मुखियाको स्वास्थ्य अवस्था खराब रहेकाले उपचार गराएर आउनु भनेको छु, निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक बिनोद अधिकारीले भने, मलाई त वडाध्यक्षले नभइ अर्कैले कुटेको भन्ने जानकारी थियो, वडाध्यक्षले कुटेको त बालकको परिवारले समेत भनेको छैन् । वडाध्यक्षको कुटाइबाट घाइते भएका  १३ वर्षीय सुरज महतो सामान्य रहेपनि १० वर्षीया बिल्टुको नाक र मुखबाट रगत आएकाले तीन दिनदेखि जनकपुरधामस्थित अस्पतालमा भर्ना भएका छन् । उपचारमा संलग्न चिकित्सकले बालकको नाक, टाउकोमा तथा शरीरको विभिन्न भागमा चोटपटक लागेको बताएका छन् ।यतावडा अध्यक्ष रायले भने किराना पसले शिवशंकर महतोले बाँधेर राखेको अवस्थामा दिउँसो करिब ४ बजे आफूलाई फोन गरेर छलफलको लागि बोलाएको प्रतिक्रिया दिएका छन् । उनले भने, मैले किराना पसले र बालकको अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफल पछि चोरिएको रकमवापतको रकम मुखियालाई तिर्न लगाएर दुवैलाई घर पठाएको हुँ।  बिल्टु सिरियस भएको सुनेर मैले नै अस्पताल पठाएको हुँ,ु उनले भने, मैले नै पिटेको भनेर हल्ला फैलाएको सुनेको छु। राजनीतिक प्रतिशोध साध्न  यस्तो आरोप लगाएको हुनसक्छ।

यसरी भयो घटना

गत बिहीबार बिहान ११ बजेतिर सुरज र बिल्टु खेल्दै पसलतिर गएका थिए । सोही क्रममा खुद्रा पसलमा कोही नदेखेपछि गल्लाबाट सय रुपैयाँ निकालेको बालक बिल्टु मुखियाले स्वीकार गरेका छन्। उनले भने, पैसा चोर्ने क्रममा हामीलाई पक्राउ गरियो।किराना पसले शिवशंकर महतो (मोटका)ले पैसा खोसेर लछारपछार गर्दै वडा कार्यालयमा (कचहरी)मा पुर्‍याएपछि वडाध्यक्ष र बीरेन्द्र रायले थप्पड र मुक्‍काले हाने। वडाध्यक्षले मेरो छोरालाई बाँधेर झाडुको बिँडले कुटपिट गरे, बिल्टुका बुवा तेजवा मुखियाले भने, डोरीले उल्टो बाँधेर छोरालाई नराम्री कुट्यो।वडाध्यक्षसहित ट्रयाक्टर चालक बीरेन्द्र रायले समेत कुटेपिट गरे। उनकाअनुसार दुवै बालकलाई बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म वडा कार्यालयमा बन्धक बनाएर राखेको रहेछ।राती नै अस्पताल लैजान रकम नभएपछि दोस्रो दिन बिहान मालिकबाट ऋण काढेर जनकपुरधामस्थित समर अस्पताल पुर्‍याएको तेजवा मुखियाले बताए।

२०७६ माघ २६ गते ४:५८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: