A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionah61iplvgd841bmchj06gf1vo258j8o6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

खाजाले बढे विद्यार्थी

यहाँको हिमाली आधारभूत विद्यालयका विद्यार्थी मुस्किलले पढ्न आउँथे । विद्यालय आएका पनि अधिकांश टिफिन समयमा घर भाग्थे । विद्यालयमा खाजा कार्यक्रम सुरु भएपछि विद्यार्थी नियमित हुन थालेको र भाग्ने क्रम रोकिएको विद्यालयले जनाएको छ । गुलरिया–७, चौगुर्जीको यस विद्यालयमा कक्षा १ देखि ५ सम्म पढाइ हुन्छ । विद्यालयमा बाल शिक्षा केन्द्रमा समेत गरी ३ सय ९१ विद्यार्थी अध्ययनरत छन् । चालु आर्थिक वर्षदेखि स्थानीय तहले विद्यालयमा खाजा कार्यक्रम लागू गरेपछि विद्यार्थी विद्यालय छाडेर भाग्ने क्रम रोकिएको प्रधानाध्यापक मोहनसिंह थापाले बताए । खाजा कार्यक्रम लागू हुनुपूर्व बीचमा विद्यार्थीलाई घर जानबाट रोक्न दिनहुँ शिक्षकले पहरा दिनुपर्ने र शिक्षकहरू अभिभावकका घर–घरमा गएर विद्यार्थी जम्मा गरी विद्यालयमा ल्याउनुपर्ने अवस्था थियो । ‘यस क्षेत्रमा कृषि मजदुरी र भारतमा गएर काम गर्ने बढी छन्,’ प्रधानाध्यापक थापाले भने, ‘खाजा कार्यक्रमले विद्यार्थी टिफिन समयमा विद्यालय छाड्ने क्रम घट्दै गएको छ ।’जिल्ला सदरमुकामकै भानुभक्त आधारभूत विद्यालयमा पनि खाजा कार्यक्रम लागू नहुँदा विद्यार्थी टिफिन समय हुनासाथ कक्षा छाडेर जाँदा शिक्षक निकै हैरान थिए । विद्यार्थी टिफिन समयमा घर नआएपछि अभिभावक पनि विद्यालय पुगेर धेरैबेर छोराछोरीलाई पढाएको भन्दै शिक्षकसँग रिसाउने गर्थे । विद्यार्थी विद्यालयबाट भागेर अन्यत्र बरालिने र समयमा घर नजाँदा अभिभावक पनि हैरान थिए । अहिले विद्यार्थी लिएर अभिभावक नै विद्यालय पुग्न थालेका छन् । विद्यालयमा खाजा कार्यक्रम लागू भएपछि विद्यार्थी नियमित आउन थालेको भानुभक्त आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश रेग्मीले बताए । यस भेगमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि बाख्रा चराउने र घरायशी काम गर्नुपर्ने बाध्यता रहेको गुलरिया–९ का वडाध्यक्ष हरिप्रसाद पासवानले सुनाए । ‘अनिवार्य शिक्षा लागू भएपछि विद्यार्थीले विद्यालयमा नाम लेखाए पनि उपस्थिति ज्यादै न्यून थियो,’ उनले भने, ‘अहिले विद्यालय नजाने र कक्षा छाड्ने क्रम खाजा कार्यक्रमले रोकेको छ ।’सदरमुकाम गुलरियामा ४७ सामुदायिक विद्यालय छन् । चालु शैक्षिक सत्रमा आधारभूतअन्तर्गत कक्षा १ देखि ५ सम्म ८ हजार ८ सय १७ विद्यार्थी विद्यालयमा भर्ना भएका छन् । तीमध्ये ४ हजार ४ सय ९३ छात्र रहेका छन् भने छात्राको संख्या ४ हजार ३ सय २४ रहेको छ ।

२०७६ माघ २७ गते ११:४० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: