समाचारमा बालबालिका

गम्भीर घाइते बालकको हेलिकप्टरबाट उद्धार

बाजुराको बडी मालिका नगरपालिका-८ मार्तडीमा घरको छतबाट खसेर गम्भीर घाइते भएका एक बालकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हिमाली गाउँपालिका-६ रुगिन घर भएका २ वर्षीय बालक कृष्टन पाण्डे मामाको घरमा आएको बेला छतबाट खसेर गम्भीर घाइते भएका थिए । सामान्य उपचारको लागि जिल्ला अस्पताल बाजुरामा लगिएपछि त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नेपालीको सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा पुर्‍याइएको हो । गम्भीर घाइते बालकको सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा उद्धार गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहका स्वकीय सचिव जङ्ग बिकले जानकारी दिए ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुर्घटनामा गम्भीर अवस्थाका घाइतेहरूलाई हवाई सेवामार्फत उद्धार गर्दै आइरहेको छ ।दुर्गमका स्थानीयहरूलाई लक्षित गरी ल्याएको उक्त नीति अन्तर्गत हालसम्ममा ७ जना बढी घाइतेको उद्धार गरिसकेको स्वकीय सचिव बिकले जानकारी दिए ।

२०७६ माघ २७ गते ६:४५ मा प्रकाशित