A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बेवारिसे शिशुले पाइन् अभिभावक

बेवारिसे भेटिएकी शिशुले ‘अभिभावक’ पाएकी छिन् । फागुन ४ गते पनौती–४ स्थित टौखालमा रहेको इनारको छेउमा भेटिएको शिशुलाई एसओएस बालग्राम श्रीखण्डपुरले न्वारन गरिदिएर ‘तेजस्वी’ नाम राखिदिएको हो । २३ वर्षको उमेरसम्म उनी अब बालग्रामकै संरक्षणमा हुनेछिन् । ४ गते मर्निङवाक जाने क्रममा स्थानीयले सालनालसहितको शिशु देखिपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल उद्धार गरी बनेपास्थित शिर मेमोरियल अस्पतालमा भर्ना गरेको थियो । ११ दिन सम्मको उपचारपछि कुनै स्वास्थ्य समस्या नभएको यकिन गरेपछि बालग्रामको जिम्मा लगाइएको इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए । ‘स्थानीयले खबर गर्ना साथ उद्धार गरेर उपचार गरायौं,’ निरीक्षक तिमल्सिनाले भने, ‘कसले बेवारिसे बनायो भन्नेबारे छानबिन गर्दैछौं ।’नयाँ ‘छोरी’ आएको भन्दै बालग्राममा खुशीयाली छाएको छ । बालग्राम भित्र्याइएकी शिशुको निर्देशक सुरेन्द्र अम्गाई ‘कर्ता’ बनेर उनको नाम तेजस्वी राखियो । ‘नवजात शिशु त्यसरी भेटिएको ४ दिनपछि हामीलाई प्रहरीले खबर गर्‍यो संरक्षण गरिदिनको लागि, ११ दिनमा उपचार सकेर बालग्राम ल्याएर उनको न्वारन पनि गर्‍यौ,’ अम्गाईले भने, ‘२३ वर्षको उमेरसम्म उसको सम्पूर्ण जिम्मेवारी हामी लिन्छौं, जन्मदिने आमाबुबा सम्पर्कमा नआए बिहेवारी पनि हामी नै गरिदिन्छौं ।’ तेजस्वीलाई रेखदेख गर्ने जिम्मा बालग्रामकी ‘आमा’ निर्मला आचार्यले पाएकी छन् ।आमाबुबा गुमाएका र संरक्षण आवश्यक १ सय ३० बालबालिकालाई एसओएसले श्रीखण्डपुरस्थित बालग्राममा आश्रय दिएको छ । १४ वटा घर छन् । १० जनाका दरले ‘छोराछोरी’ ती घरमा बस्छन् । ‘पारिवारिक वातावरण छ, सबै बालबालिकालाई हामी छोराछोरी सम्बोधन गर्छौं, उनीहरु पनि हामीलाई आमा, बुबा भन्छन्,’ उनले भने, ‘एउटा अभिभावकले आफ्ना छोराछोरीको लागि गर्ने सबै कर्तव्य पूरा गर्छौं ।’बालबालिकाको लालनपालनका लागि प्रत्येक घरमा एकजना आमा र एक जना ‘अन्टी’ हुन्छन् । यसअघि दुई छोरीको बालग्राममा नै जन्ती भित्र्याएर विवाह गरिएको थियो । विवाह गरेका दम्पती दुल्हन फर्काउन बालग्राममा नै आउने गरेका पनि छन् ।

२०७६ फागुन १५ गते ११:५९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: