A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१७ वर्षीया किशोरीलाई बन्धक बनाएर राज्यमन्त्रीकै आर्थिक सल्लाहकारले गरे बलात्कार

१७ वर्षीया किशोरीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक सल्लाहकार अमृतकुमार घलेले बन्धक बनाएर बलात्कार गरेको खुलेको छ। किशोरीलाई आफ्नो कोठामा चार दिन बन्धक बनाएर बलात्कार गरेको भन्ने सूचना पाएपछि गत फागुन १ गते घलेलाई प्रहरीले पक्राउ गरेको हो। सिन्धुलीकी ती किशोरी काठमाडौंमा आफ्नी दिदीसँग बस्थिन्। कक्षा १२ मा अध्ययनरत ती किशोरी आफ्नो घर सिन्धुली गएकी थिइन्। तर घरबाट फर्कनेबेला बनेपाबाट ती किशोरीलाई अमेरिका लगिदिन्छु भन्दै त्यहाँबाट अमृतले आफ्नो मोटरसाईकलमा काठमाडौं ल्याए। पछि उनले टोखास्थित आफ्नो फ्ल्याटमा बन्धक बनाई बलात्कार गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। ‘सिन्धुलीबाट फर्कने क्रममा ती किशोरीलाई अमेरिका लगिदिन्छु भन्दै आफ्नो कोठामा ल्यायो,’ डिएसपी बोगटीले सेतोपाटीसँग भने, ‘चार दिन बन्धक बनाएर बलात्कार गरेको भन्ने किशोरीले बताएकी छिन्।’ती किशोरीले आफ्नो परिवारलाई गोप्य रुपमा बन्धक बनाएर बलात्कार भएको जानकारी गराएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। प्रहरीले खोज–तलास गरी ती किशोरीको उद्धार गर्दै ५२ वर्षीय सल्लाकार घलेलाई पक्राउ गरेको थियो।

२०७६ फागुन १४ गते २:०७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: