A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionacg1cn45s4tpsj15psksung32bcej2mh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

शिक्षक अभावमा तीन विषय पढाइ भएन

वार्षिक परीक्षा आउन महिना दिन बाँकी भए पनि सिरहाको लहान नगरपालिका ११ स्थित आधारभूत विद्यालय पिडरबोनीमा तीनवटा विषयको पठनपाठन नै भएको छैन । शिक्षक अभावमा पठनपाठन नभएको हो । कक्षा १ देखि ८ सम्म पढाइ हुने विद्यालयमा चार जना शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् । ती सबै प्रावि दरबन्दीका हुन् । विद्यालयमा दुई सय विद्यार्थी अध्ययनरत छन् । तीमध्ये दलित राम, पासवान, डोम समुदायका १ सय ३४ बालबालिका छन् । जिल्लाका सामुदायिक विद्यालयमा चैत १६ देखि वार्षिक परीक्षा तालिका तोकिएको छ । ‘परीक्षा आइसके पनि विद्यालयमा नैतिक शिक्षा विषयको पठनपाठन भएको छैन,’ कक्षा ७ का श्रवणकुमार रामले भने, ‘पढाइ नै नभएको विषयको परीक्षा कसरी दिनु, केही जानेका छैनौं ।’ उनका अनुसार नैतिक विषयमात्र होइन, परीक्षा नजिकिए पनि पेसा र स्वास्थ्य विषयको समेत दुई वटा पाठ मात्र अहिलेसम्म पढाइ भएको छ । ‘तीन वटा विषय पढ्न पाएका छैनौं,’ उनले भने, ‘कसरी परीक्षामा उत्तीर्ण हुने भन्ने चिन्ता छ ।’ कक्षा ८ का पुजाकुमारी चौधरीले तीन वटा विषयको पठनपाठन नहुँदा आफूहरू पढाइमा कमजोर भएको दुस्खेसो पोखिन् । ‘शिक्षकले ती विषयको पाठ पढाएकै छैनन्,’ उनले भनिन्, ‘ती विषयमा फेल हुने पिर लागेको छ ।’सरकारले गुणस्तरीय शिक्षाको नारा लगाए पनि आफूहरू सामान्य शिक्षाको पढाइबाट समेत वञ्चित हुनुपरेको विद्यार्थीको दुस्खेसो छ । विद्यालयका प्रधानाध्यापक बिलट चौधरीले ०६८ देखि शिक्षा कार्यालयले ६, ७ र ८ कक्षा पठनपाठनको स्वीकृति दिए पनि त्यसअनुसार शिक्षक दरबन्दी नथप्दा विद्यालयको पठनपाठन प्रभावित भएको बताए । ‘वार्षिक परीक्षा नजिकिए पनि शिक्षक अभावमा कक्षा ६ देखि ८ सम्मको केही विषयको पढाइ सुरु गर्न सकेनौं,’ उनले भने, ‘कक्षागत शिक्षक भए पनि पढाइ सुचारु हुन्थ्यो, त्यो समेत हुन सकेन ।’ उनले आफूहरूले पटक पटक शिक्षक थप गर्न माग गरे पनि कुनै सुनुवाइ नभएको बताए ।‘प्रावि दरबन्दीका चार जना शिक्षकले आलोपालो कक्षा धानेका छौं,’ उनले भने, ‘यसैकारण पनि सबै विषय पढाउन भ्याएनौं ।’ दिनमा आठ घण्टी पढाइ हुने भए पनि एकै शिक्षकले दुई वटा कक्षा भ्याउनुपर्ने बाध्यता रहेको शिक्षक जीवछ महतोले सुनाए । ‘कक्षागत शिक्षक अपुग छ,’ उनले भने ‘हामी प्रावि दरबन्दीका शिक्षकले कक्षा ६, ७ र ८ का पाठ्यपुस्तक पढाउनुपरेको छ ।’विषयगत शिक्षक नभएसम्म गुणस्तरीय शिक्षाको कल्पना गर्न पनि नसकिने उनले बताए । विद्यालय व्यवस्थापन समितिका सदस्य सूर्यनारायण रामले ६७ प्रतिशत दलित बालबालिका अध्ययनरत विद्यालयलाई नगरपालिकाले समेत बेवास्ता गरेको आरोप लगाए । ‘सरकारले शिक्षामा ठूलो रकम लगानी गरेको छ,’ उनले भने, ‘तर हाम्रो विद्यालयमा बढी दलित बालबालिका पढ्ने भएकाले थप शिक्षक दरबन्दीमा सम्बन्धित निकायले बेवास्ता गरे, हाम्रा बालबालिकाको भविष्यमाथि खेलबाड भएको छ ।पीडरबोनीस्थित आधारभूत विद्यालयजस्तै जिल्लामै पुरानो र ठूलो लहान नगरपालिका क्षेत्रभित्र ५९ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा दरबन्दीअनुसार शिक्षक छैनन्। जसका कारण नगरपालिकाले गुणस्तरीय शिक्षाको नारा पूरा गर्न त परै जाओस्, बालबालिकालाई सामान्य शिक्षा दिनसमेत सकस छ । लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसाल नगर क्षेत्रका सामुदायिक विद्यालयको अवस्था नाजुक भएको बताउँछन् ।‘कक्षा १ देखि ५ सम्मका विद्यालयमा दरबन्दी अनुसार शिक्षक भए पनि ६ देखि मावि तहका विद्यालयमा शिक्षक अपुग रहेकाले गुणस्तरीय शिक्षा हुन सकेको छैन,’ उनले भने, ‘नयाँ शैक्षिक सत्रदेखि शिक्षक थप गर्ने तयारी गरेका छौं ।

२०७६ फागुन १८ गते १२:१३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: