A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiontptqj4rbvnrf654omim841ce7rrn8c2t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालयको दिवा खाजामा कोदो, पिँडालु र सिस्नुको साग

बैतडीका स्थानीय तहले विद्यालयको दिवा खाजामा स्थानीय उत्पादनलाई जोड दिएर विद्यार्थीलाई अर्ग्यानिक दिवा खाजा खुवाउन थालेका छन् ।बैतडीका १० वटै स्थानीय तहले विद्यालयमा दिवा खाजाका रुपमा दैनिक सूची नै तयार गरेर कोदो, घिउ, हरियो साग, सिस्नोको साग, उसिनेको आलु, पीँडालु, अण्डा, दाल र गेडागुडी र फलफुल खुवाउन थालेका छन् ।जिल्लाको दोगडाकेदार गाउँपालिकाले आइतबार अण्डा, हरियो साग, घिउ र चामल, सोमबार पुरी, आलुको तरकारी र हरियो साग, मंगलबार भिजाएको भट्मास र हरियो साग, बुधबार उसिनेको आलु वा पीँडालु र गेडागुडी, बिहीबार उसिनेको मकैं, तरकारी र हरियो साग, शुक्रबार स्थानीय फलफुल र गेडागुडीको सूची तयार गरेर दिवा खाजा खुवाउन थालेको छ ।दोगडाकेदारको चनै आधारभूत विद्यालयको दिवा खाजामा एक दिन सिस्नुको झानेको साग र मकैको ढिडो खुवाईरहेको विद्यालयका प्रधानाध्यापक दमयन्ति जोशीले बताउनुभयो । सिस्नोको झानेको साग बनाउने विधिका बारेमा सहायक प्रधानाध्यापक भूवनेश्वरी भट्ट तालिम लिएपछि विद्यालयको दिवा खाजामा सिस्नोलाई प्राथमिकता दिईएको छ । सहायक सहायक प्रधानाध्यापक भूवनेश्वरी भट्ट भन्नुहुन्छ–“ दुई चम्चा सिस्नोको सागमा एक किलो मासु बराबरको क्यालेरी प्राप्त हुने कुरा मैले तालिम लिएपछि थाहा पाए । सिस्नो निकै पौष्टिक आहारा रहेछ ।”विद्यालयमा आर्गनिक दिवा खाजा खुवाउँदा विद्यार्थीको स्वास्थ्य र स्थानीय उत्पादन दुबैलाई फाईदा पुग्ने भएकोले विद्यालयमा स्थानीय उत्पादनको सूची तयार गरेर दिवा खाजा खुवाउन थालिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले गोरखापत्र अनलाइनलाई बताउनुभयो । शिवनाथ गाउँपालिकाले पनि आईतबारदेखि शुक्रबारसम्मको दिवा खाजाको सूची नै बनाएर विद्यार्थीलाई गाउँमै उत्पादन भएको स्थानीय कोदो, हरियो सागपात र गेडागुडीलाई प्राथमिकता दिएको छ ।शिवनाथ गाउँपालिकामा कोदो बढी फल्ने भएकोले अन्य खानासँगै कोदोलाई बढी प्राथमिकता दिईएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले गोरखापत्रलाई जानकारी दिनुभयो ।दिवा खाजाको रुपमा स्थानीय उत्पादन जे छ त्यसैलाई दिवा खाजाका रुपमा समेटिएको दशरथ चन्द नगरपालिकाका उप प्रमुख मीना चन्दले बताउनुभयो । बैतडीमा छ गाउँपालिका र चार नगरपालिका गरि १० स्थानीय तह रहेका छन् । दशरथ चन्द नगरपालिका, पुरचौडी नगरपालिका, मेलौली नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिका रहेका छन् ।विद्यालयमा पत्रु खाना ९ जङ्क फुड० बाहेक गाउँमा जे फल्छ त्यसैलाई समाबेस गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर बिष्टले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।प्रति विद्यार्थी दैनिक १५ रुपियाँ बराबरको दिवा खाजा खुवाउनु पर्ने भएकोले केही दुर्गम गाउँका विद्यालयमा रकम अपुग भएको गुनासो आउने गरेको अध्यक्ष बिष्टले बताउनुभयो । विद्यालयका गुनासो सुन्न र दिवा खाजालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विद्यालयमै पुगेर अनुगमन गर्ने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।

२०७६ फागुन १४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: