A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session83q368b3qotqnt6746aoto5jvakji1ic): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालयले फारम भराउँदैनन्, फारम भरेर छनोट भएका विद्यार्थीले पनि बैंक खाता नहुँदा छात्रवृत्ति पाउँदैनन्

विपन्नलक्षित छात्रवृत्तिका लागि विद्यालयले चासो नदेखाएपछि विपन्न विद्यार्थी मारमा परेका छन् । जिल्लाका ७२ सामुदायिक विद्यालयको कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने पाँच हजारभन्दा बढी लक्षित तथा विपन्न वर्गका विद्यार्थी वञ्चित भएका हुन् । धेरैजसो दलित विद्यार्थी छन् । छात्रवृत्ति सिफारिसका लागि पटक–पटक सूचित गरे पनि विद्यालयहरूले वेलैमा चासो नदिएको जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख उद्धिमराम पौडेलले बताए । ‘गत वर्ष जिल्लाका कुनै पनि विद्यालयले विपन्नलक्षित छात्रवृत्ति फारम भरेनन् । चालू शैक्षिक सत्रमा पनि अहिलेसम्म एक–दुई विद्यालय मात्रै फारम भर्न तम्सिएका छन्,’ पौडेलले भने । फारम भर्न वडाको सिफारिस, विद्यालयको सिफारिस, अभिभावक तथा विद्यार्थीको निवेदनलगायत कागजात आवश्यक पर्ने भएकाले झन्झट भएको कतिपयको गुनासो छ । गत वर्ष १५ जना दलित तथा विपन्न विद्यार्थीको छात्रवृत्तिका लागि फारम भरेर पठाए पनि स्वीकृत नभएको मोदी गाउँपालिका–१ भुकताङलेको नवज्योति थम माविकी प्रधानाध्यापक मीना गुरुङले बताइन् । ‘गत वर्ष फारम स्वीकृत नभएपछि यसपालि भर्ने जाँगर नै छैन,’ उनले भनिन् । तर, पर्वतका सबै सामुदायिक विद्यालयहरूमा आइसिटीको पूर्ण व्यवस्था भए पनि कतिपय विद्यालयले कम्प्युटर र इन्टरनेटको कारण देखाउँदै फारम भर्न नसकेको बताउने गरेको पौडेलले बताए । ‘पालिकाहरूले आफूमातहतका विद्यालयलाई ताकेता गर्ने हो भने असम्भव छैन,’ उनले भने, ‘यसपालि कुस्मा नगरपालिका–२ खुर्कोटको हिमालय माविबाट लक्षित तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति फारम भरेको खबर आएको छ, अन्यत्रको जानकारी छैन ।’ उनका अनुसार छात्रवृत्ति फारम भरे कक्षा ९ र १० का विद्यार्थीले वार्षिक ६ हजारका दरले रकम पाउँछन् । कक्षा ११ र १२ का विद्यार्थीले २० हजारदेखि २४ हजारसम्म पाउने व्यवस्था छ।

मकवानपुर

सीमान्तकृत र विपन्न परिवारका छोराछोरीको पढाइ सहज बनाउन दिइएको छात्रवृत्ति वितरणमा मकवानपुरमा व्यापक दुरुपयोग भएको छ । छात्रवृत्तिबारे थाहै नपाएर विपन्नले आवेदन नदिएको, तर सम्पन्नले छोराछोरी पढाउन नसक्ने कागज सरकारी निकायबाटै गराएर छात्रवृत्ति लिएको भेटिएको हो । जब कि उनीहरूको सहरमा दुईतले घर, रोजगार, विभिन्न व्यवसाय र कृषिबाट राम्रो आम्दानी छ । शिक्षा विकास समन्वय इकाइ मकवानपुरका अनुसार शैक्षिक सत्र ०७५ मा जिल्लाका ९३ मावि र ८४ निमाविमध्ये दुई माविले मात्रै छात्रवृत्तिका लागि आवेदन फारम भरेका थिए । हेटौँडा उपमहानगरपालिका–४ स्थित आधुनिक राष्ट्रिय माविबाट एक सय ६० र मकवानपुरगढी गाउँपालिकाको जनता माविबाट ५४ विद्यार्थीले आवेदन पेस गरेका थिए । आधुनिक राष्ट्रिय माविबाट फारम बुझाउनेमध्ये ११ जनाले छात्रवृत्ति लिएको समन्वय इकाइले जनाएको छ । तीमध्ये १० विद्यार्थी सम्पन्न परिवारका छन् । घरजग्गा, रोजगारी, खेतीपाती भएका परिवारले आफूलाई विपन्न दाबी गर्दैै छात्रवृत्तिका लागि आवेदन दिएपछि रकम पाएको विद्यालयले जनाएको छ । ग्रामीण क्षेत्र मकवानपुरगढी गाउँपालिकाको जनता माविबाट भने चार विद्यार्थीले मात्रै छात्रवृत्ति पाएका छन् । छात्रवृत्ति पाउनेहरू सबै विपन्न रहेको प्रधानाध्यापक होमबहादुर नेपालीले बताए । फारम भर्न बारम्बार ताकेता गरे पनि दुई विद्यालयले मात्रै र त्यसमा वास्तविक विपन्नले फारम नै नभरेको शिक्षा विकास समन्वय इकाइको जवाफ छ । सम्बन्धित गाउँपालिका, विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई पत्राचार, फोन र इमेलबाट बारम्बार ताकेता गर्दा पनि चासो नदेखाएको इकाइका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले बताए । ‘हामीले सबै विद्यालयलाई बारम्बार ताकेता गरेका हौँ,’ उनले भने, ‘तर, दुई विद्यालयले मात्र फारम भरे ।’ यस वर्ष भने म्याद थप गरेका कारण फारम भर्नेको संख्या धेरै हुने अपेक्षा उनको छ ।

पोखरा 

पोखरा महानगरपालिका–५ मालेपाटनमा कक्षा १० मा पढ्ने चार विद्यार्थीले गत वर्ष विपन्न छात्रवृत्तिमा नाम निकाले । जिल्ला शिक्षा समन्वय इकाइ कास्कीले चारमध्ये दुईजनालाई छात्रवृत्ति दिन सकिने भन्दै नाम माग्यो । बढी विपन्न र राम्रो पढाइका आधारमा विद्यालयले दहरीमाया गोतामे र सरिता अर्यालको नाम सिफारिस पनि गर्‍यो । तर, उनीहरूले अहिलेसम्म छात्रवृत्ति पाएका छैनन् । उनीहरू हाल ११ कक्षामा पढिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका उनीहरूलाई छात्रवृत्ति आउने भएपछि विद्यालयले एक पैसो पनि नलिने भन्दै पढाएको थियो । अहिले पैसा नपाउँदा समस्या भएको प्रधानाध्यापक शिवप्रसाद भण्डारीले बताए । ‘छात्रवृत्तिका लागि फारम भरियो, चारजाना विद्यार्थीले नाम निकालेका हुन् । त्यसमध्ये दुईजनालाई मात्र छात्रवृत्ति दिन सकिन्छ भनियो । दुईजनाको नाम पठायौँ, दुवैले ए ग्रेडमा पास गरे । पैसा तिर्नुपर्र्दैन आऊ भनेर पढाएका छौँ, तर अहिलेसम्म पैसा आएको छैन,’ उनले भने । हरिमायाका बुबा देवीदत्त छोरीले छात्रवृत्तिमा नाम निकाल्दा पनि पैसा नआउँदा दुःख लागेको बताउँछन् । ‘छोरीको नाममा आउनुपर्ने पैसा नआउँदा र विद्यालयले नपाउँदा खल्लो लागेको छ । अहिले कक्षा ११ मा पढ्दैछिन्, १२ कक्षामा के हुने भन्ने अन्योल छ,’ देवीदत्तले भने, ‘बरु आस नदेखाएको भए अरु विषय पढ्ने या नपढाउने विकल्प हुन्थ्यो होला । आउँछ भने, खुशी भइयो । छोरी पढेकी पनि छन् । तर, कताकता स्कुलले केही भन्नेहोला, छोरीले पनि नराम्रो मन्दैछिन् कि भन्ने हुँदो रहेछ ।’कुट्टोकोदालो गरेरै परिवार चलाएका सरिताका बुबा गुणराज अर्यालको पीडा पनि देवीदत्तकैजस्तो छ । ‘अरुहरूले फिस तिर्दा हाम्री छोरीलाई नमज्जा लाग्दो हो, त्यसैको पिर मानेजस्तो लाग्छ । भए पैसा दिन हुन्थ्यो तर, त्यो सामथ्र्य मसँग छैन,’ उनले भने । सरिताले पनि मासिक र परीक्षा शुल्क दिने बेला आफूलाई अप्ठ्यारो लाग्ने गरेको बताइन् । ‘जब फी तिर्ने वेला हुन्छ, तब हामीलाई समस्या हुन्छ,’ उनले भनिन्, ‘पैसा नभई फर्म भरिन्न भन्नुहुन्छ, हेडसरले कुरा बुझ्नुुहुन्छ, तर अरू सरले थर्काउनुहुन्छ ।’ शिक्षा समन्वय इकाइ प्रमुख नारायण सुवेदी भने पैसा डिपोजिट गर्न खाता नभएकाले नआएको हुन सक्ने बताए । सम्बन्धित विद्यार्थीको खाता खोल्नुपर्ने र त्यसमै केन्द्रले पैसा पठाउने उनले बताए । तर, शिक्षक, विद्यार्थी र अभिभावकलाई खाता खोल्नुपर्छ भन्ने जानकारी अहिलेसम्म पनि कसैले दिएको छैन। खाता खोल्नुपर्छ भन्ने कसैले जानकारी नगराएको विद्यार्थी र अभिभावकले बताए । विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिले प्रदान गर्ने विपन्न लक्षित छात्रवृत्तिबारे सहरकै सामुदायिक विद्यालयसमेत अनविज्ञ छन् । प्रदेश राजधानी पोखराको बरपाटनस्थित विन्ध्यवासिनी माविका प्रधानाध्यापक वसन्त पाण्डेले विपन्नलक्षित छात्रवृत्तिबारे केही थाहा नभएको बताए । अब जानकारी भएपछि अनलाइन फर्म भर्ने उनले बताए । शुक्रराज बलभद्र माविका प्रधानाध्यापक भोलानाथ पौडेल भने आफ्नो विद्यालयले अनलाइन फारम भरेपनि मापदण्डमा नपरेको बताए ।

बुटवल

रुपन्देहीमा विपन्न छात्रवृत्ति पाउने विद्यार्थीको संख्या आठ सय १९ छ । शिक्षा समन्वय इकाइ रुपन्देहीका शाखा अधिकृत जीवन खनाल अनलाइनमार्फत फारम भरेर विद्यार्थीले विपन्न छात्रवृत्तिको माग गर्न सक्ने र यसका लागि शिक्षकहरूले सहयोग गर्नुपर्ने बताए । विद्यार्थीको फारम उपलब्ध नगराउनेमा संस्थागत विद्यालय धेरै छन् । त्यस्तै, स्थानीय तहहरूले पनि आवश्यक समन्वय नगर्दा विद्यार्थी छात्रवृत्तिबाट वञ्चित बनेका छन् । अनलाइनमार्फत फारम भरेर पठाउनुपर्नेमा फारम नै नभर्दा छात्रवृत्तिको रकम आउन समस्या हुने गरेको देवदह नगरपालिकाका शिक्षा शाखाका प्रमुख टिकाराम शर्माले बताए । वितरित छात्रवृत्ति पनि विपन्नसम्म नपुगेको शिक्षा शाखा प्रमुखहरू बताउँछन्।

२०७६ फागुन १८ गते ६:४० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: