समाचारमा बालबालिका

करेन्ट लागेर एक किशोरको मृत्यु

बागलुङको पालामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। काठेखोला गाउँपालिका १ पालाका १६ वर्षीया स्वदेश थापाको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।  बागलुङ नगरपालिका ८ सिगानाको बारीमा आमासँग घाँस काट्नका लागि पुगेका थापाको ११ केभिए प्रसारण लाइनमा प्रवाह भएको विद्युतले ज्यान लिएको हो। बारी छेउमा रहेको प्रसारण लाइनको पोल अड्याउन लगाइएको तारबाट विद्युत चुहावट भई खानेपानीको फलामे पाइपमा जोडिएको (स्टे)तारका कारण उनको ज्यान गएको प्रहरीले जनाएको छ।  पोल अड्याउन लगाइएको तारमा कसरी विद्युत प्रवाह भएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। करेन्ट लागेपछि थापा बेहोस् भएका थिए। उनलाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक हेम केसीले बताए। घटनाका विषयमा जनप्रतिनिधिसहित घटनास्थल पुगेको प्रहरीले अनुसन्धान थालेको छ। अड्याउन लगाइएको तारमा कसरी विद्युत प्रवाह भयो। यो प्राविधिक विषय हो’ केसीले भने, ‘चुहावट भएर खानेपानीको पाइपमा पुगेको विद्युतका कारण दुर्घटना भएको हो।

२०७६ फागुन १७ गते प्रकाशित