समाचारमा बालबालिका

छोरी बलात्कार गर्ने बाबु जेल चलान

छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई कारागार चलान गरिएको छ। माघ २० गते छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका गन्यापधुराका एक जनालाई जिल्ला अदालत डडेल्धुराले पुर्पक्षका लागि कारागार चलान गरिएको हो। आफ्नै १६ वर्षीया छोरीलाई डरधाक देखाइ पटक-पटक जबरजस्तीकरणी गरेको आरोपमा ती बाबुलाई जिल्ला अदालत डडल्धुराले पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले अन्‍नपूर्ण अनलाइनलाई बताए। विगत ६ महिनादेखि जबरजस्तीकरणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई प्रहरीले गत माघ २० गते पक्राउ गरेको थियो।

२०७६ फागुन १२ गते ३:०३ मा प्रकाशित