A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सेनिटरी प्याड मेसिन जडानपछि विद्यालयमा छात्राको उपस्थिति नियमित

विद्यालयमै सेनिटरी प्याड (भेन्डिङ) मेसिन जडान भएपछि बैतडीका सामुदायिक विद्यालयहरुमा छात्राको उपस्थिति नियमित हुन थालेको छ। महिनावारी भएका बेला विद्यालयमा अनुपस्थित हुने छात्राहरु मेसिन जडानपछि नियमित रुपमा उपस्थित हुन थालेका हुन्। डिलाशैनी गाउँपालिका–३ पङसेरास्थित महादेव माविमा भेन्डिङ मेसिन जडान महिनावारी भएको बेला अनुपस्थित हुने छात्राहरु नियमित रुपमा विद्यालय आउन थालेको विद्यालयकी शिक्षिका कौशिला भट्टले बताइन्। विद्यालयमा सेनिटरी प्याडको व्यवस्था नहुँदा छात्रा मात्रै नभएर शिक्षिकाहरुलाई समेत समस्या हुने गरेको थियो। गत मंसिरमा गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको संयुक्त लगानीमा मेसिन जडान भएपछि सजिलो भएको हो। सेनिटरी प्याडको व्यवस्था र शौचालयको राम्रो व्यवस्था नहुँदा छात्राहरु महिनावारी भएको बेला अनुपस्थित हुने गरेकामा मेसिन जडानपछि नियमित हुन थालेको प्रधानाध्यापक हेमराज कपाडीले बताए। महिनावारी हुने उमेरका छात्राहरुलाई स्मार्ट कार्ड उपलब्ध गराइएको र आवश्यक परेको बेला मेसिनबाट सेनिटरी प्याड झिक्ने व्यवस्था रहेको कपाडीले बताए। विद्यालयमा सेनिटरी प्याड मेसिन सञ्चालनमा आएपछि आफूहरुलाई सजिलो भएको कक्षा १० की छात्रा नीरा ओडले बताइन्। उनले भनिन्, ‘पहिला पहिला महिनावारी भएका बेला विद्यालयमा अनुपस्थित हुनुपर्ने अवस्था रहे पनि पछिल्लो समयमा त्यो बाध्यताको अन्त्य भएको छ।’ गाउँपालिका उपाध्यक्ष्ँ पार्वती राना भण्डारीका अनुसारे चालु आर्थिक वर्षभित्रै अन्य दुई माविमा पनि मेसिन जडान गर्ने योजना रहेको बताइन्। सरकारले सबै विद्यालयमा निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने घोषणा गरेसँगै यस क्षेत्रका विद्यालयमा मेसिन जडान सुरु गरिएको हो।  सो विद्यालयमा करीब १ लाख १५ हजारको लगानीमा मेसिन जडान गरिएको छ। १४ लाख रुपैयाँको लागतमा सेनिटरी प्याड व्यवस्थापन गर्ने सुविधासहितको शौचालय निर्माण भएको हो।

२०७६ फागुन १८ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: